खगेन्द्र संग्रौलाको ओली माथि यस्तो प्रहार ‘मदन भण्डारी जिवित भएको भए केपी ओली वडाध्यक्षको चुनाव लड्दै हुन्थे’

121 0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले आफ्नै अभिव्यक्तिले विवादमा छन् । पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले के बोल्ने ने नबोल्ने कुराको ख्याल नगर्दा विवादमा तानिएका हुन् । पछिल्लो समय ओलीले कांग्रेसका संस्थापक नेतादेखि अहिलेका सभापति शेरबहादुर देउवा र देउवापत्नी आरजुमाथि असोभनिय टिप्पणी गर्दै हिडेका छन् । जसका कारण उनी आफै आलोचित बन्न पुगेका छन् ।

ओलीले कांग्रेसका संस्थापक नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र विपी कोइराला जिवित भएको भए एमाले प्रवेश गरिसक्थे भन्दै हिडेका हुन् । शुक्रबार मात्रै पोखरामा आयोजित चुनावी सभामा कांग्रेसको कडा आलोचना गर्दै विपी भएको भए एमाले प्रवेश गरिसक्थे भन्ने अभिव्यक्ति चर्चामा छ ।

उनको यो अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ । स्वयं विपी पुत्र शशांक कोइरालाले विपी भएको भए केपी ओली कांग्रेसमा हुन्थे भनी जवाफ दिइसकेका छन् ।

अब यो सूचीमा थपिएका छन, वामपन्थी विश्लेषक खगेन्द्र संग्रौला । संग्रौलाले ओलीललाई व्यंग्य गर्दै वडाध्यक्षसँग तुलना गरेका छन् । ‘मदन भण्डारी जीवित भएको भए केपी ओली अहिले वडा अध्यक्षको चुनाब लड्दै हुन्थे !’ संग्रौलाले जवाफ दिएका छन् ।

प्रतिक्रिया

Related Post

कैलाली ५ मा कांग्रेस, वाम र विवेकशील साझाको भीडन्त, को बलियो ?

Posted by - November 20, 2017 0
कैलाली, मंसिर ४ । सात नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला…

कांग्रेसलाई ओलीको सुझावः जनताले पत्याउने आरोप लगाऊ

Posted by - November 16, 2017 0
३० कात्तिक, स्याङजा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ वर्षअघि एमालेले सरकार बनाए बुढाबुढीलाई मार्छ भन्ने कांग्रेसले अहिले…

प्रकाशलाई श्रद्धाञ्जली दिन देउवा र ओली लाजिम्पाट पुगे

Posted by - November 20, 2017 0
काठमाडौँ ।हृदयघातबाट आईतबार निधन भएका प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लाजिम्पाट…

जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार

Posted by - November 10, 2017 0
बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी अज्ञात…

बिना अन्तरघात हारेका छैनन् यी नेता, कसले गर्यो अन्तरघात ?

Posted by - December 11, 2017 0
वाम गठबन्धनले करिब दुईतिहाइ बहुमत जित्ने संकेत देखिएका वेला एमाले उपाध्यक्ष वामदेव गौतम भने पराजित भएका छन् । निर्वाचन परिणामलगत्तै…
%d bloggers like this: