यी हुन् आगामी संसदलाइ अपरिहार्य तर हार निश्चित भएका महत्वपूर्ण उम्मेद्वारहरु

589 0

पहिलो चरणअन्तर्गत आज हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको चर्चा जताततै चलिरहेको छ । त्यति मात्र होइन यस चरणमा विभिन्न दलका शीर्ष नेताहरुबीच तीब्र प्रतिष्पर्धा भइरहेको छ । जसमा पूर्वप्रधानमन्त्री देखि भावी प्रधानमन्त्रीका उम्मेद्वार समेत चुनावी दौडमा सहभागि भइरहेका छन् । कुनै ठाउँमा त यस्ता व्यक्तिहरुबीच प्रतिष्पर्धा हुदैछ जसको भूमिका आगामी संसदमा पनि अपरिहार्य हुनेछ तर दुर्भाग्य दुइ उम्मेद्वारमध्ये एकजनाले हार्नैपर्छ । आज भइरहेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केही यस्ता प्रतिस्पर्धा छन्, जहाँ उम्मेदवारी घोषणा भएसँगै चर्चा चुलिएको छ ।
घोषित रुपमा नै गठबन्धनको अभ्यासमा पहिलो पटक हुन लागेको निर्वाचनमा केही क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको हो । गठबन्धनको मत, उम्मेदवारको व्यक्तित्व र केही टकरावका कारण पनि ती क्षेत्रको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।
सबैभन्दा बढि चर्चा भएको निर्वाचन क्षेत्र गोरखा २ हो । जहाँ वाम गठबन्धनबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ र कांग्रेसको समर्थनमा बाबुराम भट्टराई प्रतिस्पर्धामा छन् ।
चुनाव प्रचराका क्रममा एक अर्काप्रति भएका तीखा टिप्पणीका कारण समेत यो क्षेत्र चर्चामा छ । यस्तै, बाहलवाला सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र पूर्व सञ्चारमन्त्री अग्नि सापकोटाको चुनावी क्षेत्र सिन्धुपाल्चोक १ को प्रतिस्पर्धा पनि रोमाञ्चक हुने आँकलन गरिएको छ। प्रचारका दौरान दुई उम्मेदवारले एक अर्कालाई लगाएका आरोप पनि निकै चर्चामा छन् ।

काठमाडौँ ६ मा दुई पटकको पराजयपछि एमाले सचिव योगेश भट्टराई योपटक ताप्लेजुङबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् । हारमा ब्रेक लगाउने योगेशको दौडमा कांग्रेस उम्मेदवार केशव दाहालले कडा चुनौती दिने विश्लेषण हुने गरेको छ । भट्टराई र दाहालको चुनावी प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

नुवाकोट १ बाट कांग्रेसका रामशरण महत र वाम गठबन्धनका हितबहादुर तामाङ तेस्रो पटक प्रतिस्पर्धा गर्दैछन् । दुई पटक महतसँग हार व्यहोरेका तामाङ बदला लिने दौडमा छन् । भने, महत आफ्नो विरासत जोगाउने अभियानमा छन् ।

नुवाकोट २ मा कांग्रेसकै अर्जुननरसिंह केसी र एमालेका नारायण खतिवडा प्रतिस्पर्धामा छन्। दुईको चुनावी भिडन्तलाई पनि रोचक हुने आँकलन गरिएको छ ।

जाजरकोटमा शक्ति बस्नेत र राजीवविक्रम शाह, गोरखामा हरि अधिकारी र चिनकाजी श्रेष्ठको चुनावी प्रतिस्पर्धालाई पनि चासोका साथ हेरिएको छ ।
चर्को प्रतिस्पर्धा हुने भनि माथि उल्लेख गरिएको कतिपय उम्मेदवार ससंदमा आवश्यक मानिने पनि छन् । तर जनताको हितमा काम गर्न सक्ने अपेक्षा गरिएको केही उम्मेदवार एकै ठाउँबाट प्रतिस्पर्धा गर्दा एकजना हार्ने निश्चित छ ।

यस्तै सिन्धुपाल्चोक २ मा वाम उम्मेदवार शेरबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा (प्रजातान्त्रिक) का पशुपति शमशेर राणाबीचको प्रतिस्पर्धालाई पनि रोचक मानिएको छ । संविधानसभा सदस्यमा दुई पटक सोही क्षेत्रबाट पराजित राणा जितको खोजीमा छन् । तामाङ सो क्षेत्रमा लगातार दोस्रो जितको खोजीमा छन् ।

ओखलढुङ्गाको प्रतिस्पर्धा पनि चर्चामा छ । संविधानसभा सदस्यका रुपमा संसदमा खेलेको भूमिकाका कारण उम्मेदवारद्वय रामहरि खतिवडा र यज्ञराज सुनुवार दुबै संसदीय राजनीतिमा चर्चित छन् । प्रदेश नम्बर १ मा कांग्रेसको बलियो क्षेत्रका रुपमा रहेको ओखलढुङ्गामा वाम गठबन्धनपछि तीव्र प्रतिस्पर्धाको आँकलन गरिएको छ ।

यसले संसदमा भोलीका दिनमा हुने काम कारबाहीमा अभाव पक्कै पनि खड्किने छ ।

प्रतिक्रिया

Related Post

वाम गठवन्धनको आरोपः कांग्रेस दलाल, राजपा आत्मसमर्पणवादी, राप्रपा सामन्तवादी

Posted by - November 3, 2017 0
१७ कात्तिक, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनताविरोधी रहेको टिप्पणी गरेका छन्…

स‌ंविधान संशोधन नभए आन्दोलनको आँधीबेहरी ल्याउछौंः अध्यक्ष महतो

Posted by - April 9, 2018 0
जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको सम्बोधन नभए पुनः आन्दोलनकोआँधीबेहरी ल्याउने बताएका छन्। महतोले संविधान…

कांग्रेस खराब पार्टी हो, अरु दुई पार्टी झनै खराब छन्- प्रदीप गिरी

Posted by - December 3, 2017 0
१७ मंसिर, लहान (सिरहा)। प्रदीप गिरीको लहान नगरपालिका १४ स्थित अस्थायी निवासमा पुग्दा उनको कोठा अस्तव्यस्त थियो । गिरी सहयोगीहरुलाई…

कास्की कसको किल्ला ?

Posted by - December 1, 2017 0
मंसिर १५, २०७४-दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावी प्रचार अभियान तीव्र भएको छ । दलहरूले पूर्वनिर्धारित…

nobel.gif चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

Posted by - November 14, 2017 0
नेपालगन्ज –  निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु…
%d bloggers like this: