कक्षा ११ को नतिजा सोमबार

154 0

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा ११ को आँशिक तर्फको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको ६ महिना सम्म पनि कक्षा ११ को नतिजा सार्वजनिक गर्न नसकेको भनेर आलोचना भईरहेका बेला बोर्डले आँशिकको नतिजा सार्वजनिक गरेर अपजस मेटाउने कोशिस गरेको हो ।

नियमित तर्फको नतिजा भने चुनाव पछि मात्रै सार्वजनिक हुने श्रोतको दावी छ । विद्यार्थी स्नातक पढ्नबाट बञ्चित हुने खतरा बढ्दै गए पछि बोर्डले कक्षा ११ आँशिकको मात्रै भएपनि नतिजा सार्वजनिक गर्न लागेको उक्त श्रोतले जनाएको छ ।

‘हामी परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारीमा छौं, चाँडै नै सार्वजनिक गर्छौ’ बोर्डका परीक्षा नियन्त्रक डम्बर कुमार बतासले भने ।

उक्त परीक्षा दिन करिव एक लाख १ हजार ५ सय विद्यार्थीले फारम भरेका थिए ।

कक्षा ११ को नतिजा सार्वजनिक गर्न नसक्दा केको छैन । यसले गर्दा कक्षा १२ उत्तिर्ण भएर कक्षा ११ को आँशिक परीक्षा दिएका विद्यार्थी स्नातक पढ्नबाट बञ्चित हुने खतरा बढ्दै गएको छ ।

यति मात्रै हैन परीक्षाफल प्रकाशित हुन जति ढिलो हुन्छ विद्यार्थीलाई उति दवाव पर्छ । पुसमा परीक्षाफल प्रकाशित भएको एक महिना पछि मौका परीक्षा, त्यस पछि कक्षा १२ को परीक्षा, शिक्षा शास्त्र पढ्नेहरुको त्यही  विचमा पर्ने एक महिने टिचिङ् प्राक्टिस आदीले गर्दा विद्यार्थीलाई थप बोझ हुने छ । तर विद्यार्थीको यो दवाव प्रति बोर्ड संवेदनशील नदेखिएको भन्दै आलोचना भईरहेको छ ।

परीक्षामा कार्यरत कर्मचारीलाई समेत चुनावमा खटाएपछि नतिजा सार्वजनिक गर्ने काममा प्रभाव परेको हो ।

प्रतिक्रिया

Related Post

प्रहरी र विद्यार्थी झडप- अखिल उपाध्यक्ष र महासचिव घाइते

Posted by - January 2, 2018 0
काठमाडौँ  । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी…

पोखराको लेकसाइडमा शिवरात्रीको अवसरमा साँगीतिक कार्यक्रमको हुने

Posted by - February 12, 2018 0
‘महाशिवरात्री साँगीतिक कार्यक्रम’ तयारी पूरा भएको छ। शिवरात्रीको अवसरमा लेकसाइड हल्लनचोकमा फागुन १ साँझ ६ बजेदेखि प्रस्तुति रहने सत्याकृत व्याण्डका…

मेयरका उम्मेदवार नै गाँजा कारोबारमा संलग्‍न

Posted by - November 10, 2017 0
जनकपुरधाम :  स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएकी एक महिला आफ्नो छोरा सहित गाँजा व्यापारमा संलग्न रहेको आरोपमा पक्राउ…

नयाँ सवारीचालक अनुमतिपत्र वितरण कार्य बन्द

Posted by - November 23, 2017 0
काठमाडौंँ, मङ्सिर ७ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य बन्द गरिएको छ ।…
%d bloggers like this: