गौचन हत्याकाण्डका मुख्य आरोपी समिरमान बस्नेत पक्राउ

107 0

मंसिर १७, २०७४-निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका मुख्य योजनाकार समीरमान बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान (सीआईबी)ले पक्राउ गरी अहिले २ बजे सार्वजनिक गर्न लागेको छ ।

ब्यूरोका प्रमुख डीआईजी पुष्कार कार्कीले मुख्य योजनाकार बस्नेत पक्राउ परेको पुष्टी गर्दै थप जानकारी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने बताए ।

यसअघि नेपाल प्रहरीले मुख्य सुटरसहित ५ जनालाई हत्याकाण्डको ३७ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको थियो । असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडी भित्रै गोली हानेका थिए । आपराधिक समूहले सबै निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन दिएको धम्कीयुक्त आदेश नमानेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीले मुख्य सुटर नुवाकोट पञ्चकन्या गाउँपालिका १ घर भएका २१ वर्षीय राजीव स्याङतान, हतियार र मोटरसाइकलको व्यवस्थापन गर्ने पर्सा कालिकामाई गाउँपालिका १ घर भएका शिवजी महतो, हतियार व्यवस्थापन गर्ने काममा खटिएका विहार भारतका मुकेशकुमार पाण्डे, मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरी गाउँपालिका ५ का सन्तोष गुरुङ र सहयोगी भूमिका निर्वाह गरेका काठमाडौं नागार्जुन नगरपालिका ४ का प्रकाश बुढाथोकीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार भारतका विभिन्न स्थानमा बसेर नेपालमा फिरौती असुलीको धन्दा चलाइरहेका समीरमान बस्नेतको योजनामा गौचनको हत्या गरिएको हो । प्रहरीले बस्नेतसहित रूपन्देहीका युवासंघ अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका मनोज पुन, गत चैतमा गौरीघाटमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार गर्ने लोप्साङ लामा, बोका भनेर चिनिने गंगा लिङदेन, नेपाली सेनाका भगौडा काले दाइ भनिने अम्बरबहादुर लामा, सेनाकै अर्का भगौडा श्यामबहादुर गुम्बे, घटनाका मुख्य योजनाकार समीरका भान्जा पर्ने रोशन बुढाथोकी र अजय थापालाई फरार अभियुक्तका रूपमा लिएको थियो।

 

प्रतिक्रिया

Related Post

दिमाग फ्रिजमा राखेर मरेको मानिस बचाउन सकिने ! मरेपछि बाँच्न नाम दर्ता गराउनेको भीड !!

Posted by - November 21, 2017 0
अमेरिका र रुसमा हिजोआज तीनसय व्यक्ति सधैंका लागि गुमनाम हुँदैछन् । उनीहरुलाई यसबेला निकै चिसो वातावरणमा राखिएको छ । यस्तो…

सफल बन्न के गर्नुपर्छ ? जान्नुहोस

Posted by - January 16, 2018 0
जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका…

इन्जिनियरको सुझावः बलियो घर बनाउन यसरी छान्नुहोस उपयुक्त जग्गा

Posted by - November 8, 2017 0
घर बनाउनुपुर्वको पहिलो शर्त हो जग्गा। जग्गाको प्रकृति तथा अवस्थितिले घरको डिजाइनमा निकै ठूलो प्रभाव पार्ने गर्छ। साथै जग्गाले धेरै…
%d bloggers like this: