नेपालका ६ महान नारीहरु

262 0

‘महिला र पुरुष एक रथका दुई पांग्रा’ त्यसै भनिएको होइन । जब अबसर पाउछ तव दुबैले उतिक्कै प्रगति गर्न सक्छन । तर नेपालमा अझै पनि पुरातन सोच र ब्यबहार हावी छ जसले गर्दा महिलाहरु जहिले पनि पुरुषको नियन्त्रणमा छन् । पछिल्लो समय सहरी क्षेत्रमा केही मात्रमा महिला अधिकारका कुरा ब्यबहारमा लागु भए ता पनि ग्रामिण क्षेत्रको अबस्था एकदमै नाजुक छ ।

असक्षम, बोक्सी, दाइजो लगायत बिबिध निहुमा महिला आमा, दिदीबहिनीहरु दिनहु प्रताडित भैरहेका छन् । अबसर पाएमा महिलाहरुले पुरुषहरुले भन्दा पनि उत्कृष्ट काम गर्न सक्छन भन्ने केही उदाहरणहरु आज हामी प्रस्तुत गर्दै छौ । यी ६ नारी मध्ये केहीले नेपालको नाम बिश्वमा चिनाए भने केहिले नेपालको सस्कृतिलाई जगेर्ना गर्दै बिकासमा टेवा पुर्याए ।

१. अरुणा लामा


नेपाली गायन क्षेत्रको एक सुप्रसिद्ध गायिका अरुणा लामालाई ‘स्वर किन्नरी’का रूपमा लिइन्छ । वि.सं. २००२ भाद्र २४ को दिन पिता सूर्यबहादुर लामा र माता सानमाया लामाबाट दार्जिलिङको घूम पहाडमा जन्मिएकी अरुणा लामाको पहिलो गीत ‘ए कान्छा मलाई सुनको तारा खसाईदेउ न’ थियो भने ‘किन यौवन उदास उदास छ मेरो’ भन्ने गीतबाट उनको गीति यात्रा अघि बढेको थियो।

वेदना, पीडा र व्यथाका गीतहरूको साम्राज्ञी लामाको पहिलो गीत वि.सं. २०१२ देखि रेडियोमा बज्न सुरु गरेको थियो। उनले आफ्नो गायन कलाको लागि नेपाल र भारत दुवै देशबाट अनेकौँ पुरस्कारहरू पाएकी थिइन्। उनले सङ्गीत पुरस्कार, सुर श्रृङ्गार सम्मेलन पुरस्कार, मित्रसेन पुरस्कार, दिशारी पुरस्कार (कोलकता), भानु एकेडेमी पुरस्कार (दार्जिलिङ), नेपाली चलचित्र पुरस्कार (माइतीघर गीतको लागि), छिन्नलता गीत पुरस्कार, उर्वशीरङ्ग पुरस्कार, गोरखादक्षिण बाहु पुरस्कार, साधना पुरस्कार जस्ता थुप्रै पुरस्कारहरू पाएकी थिइन् ।

लामाको वि.सं. २०५४ माघ २२ गते बुधबारको दिन दुखद निधन भयो ।

२. अनुराधा कोइराला 


भारतीय कोठीहरूमा बेचिएका नेपाली चेलीबेटीहरूको उद्धार र पुनर्स्थापनामा सक्रिय ‘माइती नेपाल’की संस्थापक अध्यक्ष हुन्- अनुराधा कोइराला । वि.सं. २००६ वैशाख २ गते ओखलढुङ्गाको रुम्जाटारमा जन्मेका कोइरालाले वि.सं. २०६६ सालमा सीएनएन हिरो (CNN Hero) को उपाधि पनि जितेकी थिइन् । साथै उनले वि.सं. २०७० सालमा ‘मदर टेरेसा’ सम्मान पनि पाइन् ।

३. पासाङ ल्हामु शेर्पा


बि.सं. २०१७ साल मङ्सिर २५ गते सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के-४ मा जन्मिएकी पासाङ ल्हामु शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन् । उनले बि.सं. २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

पासाङ ल्यामुको साहसको सम्मान गर्दै नेपाल सरकारले बि.सं. २०५९ साल वैशाख १० गते उनलाई नेपालको राष्ट्रिय विभूती घोषित गरेको थियो। नेपाल सरकारले उनलाई ‘नेपाल तारा अलंकार’ले पनि पुरष्कृत गरेको थियो। यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भएको थियो ।

पासाङ ल्हामुले सगरमाथ चढ्नुभन्दा पहिले ‘मोन्ट ब्लाङ्क’, ‘चो यू’ तथा अन्य हिमालहरू चढिसकेकी थिइन् । उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिइन् भने शिखरबाट श्रीमान सोनाम छिरिङसँग फर्कँदै गर्दा बि.सं. २०५० वैशाख १० गते ३२ वर्षको उमेरमा उनको मृत्यु भएको थियो।

४. झमक घिमिरे


वि.सं. २०३७ साल असार २१ गते धनकुराको कचिडेमा जन्मिएकी झमक कुमारी घिमिरे प्रतिभावान नेपाली महिला स्रष्टा हुन्। ‘सेरिब्रल पल्सी’ (Cerebral Palsy) मस्तिष्क रोगबाट पीडित घिमिरे जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने समस्याबाट पिडित छिन ।

खुट्टाको ३ औँला मात्र चल्ने उनले तिनै ३ औँलाको सहयोगले धेरै रचनाहरू प्रकाशित गरिसकेकी छिन्। औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले घरमा भाइ र बहिनीले पढेको र लेखेको देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकी हुन्। वि.सं. २०५३ साल देखि उनको लेखन विधामा रुचि बढेको हो।

उनले आफ्नो ‘जीवन काँडा की फूल’ नामक आत्मकथाबाट नेपाली साहित्यको क्षेत्रमा सबैभन्दा सम्मानित ‘मदन पुरस्कार’ पनि पाएकी छिन् भने प्रबल गोरखा दक्षिण बाहुर लगायत दर्जनौँ पुरस्कार एवम सम्मान प्राप्त गरेकी छिन् । कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन् ।

५. पुष्पा बस्नेत


‘प्रारम्भिक बाल विकास केन्द्र’ र ‘पुतली घर’ नामक गैरसरकारी संस्थाकी संस्थापक अध्यक्ष हुन्- पुष्पा बस्नेत । उनी विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काममा क्रियाशील छिन । पुष्पाले २०१२ का लागि सीएनएन हिरोको उपाधि जितेकी थिइन् ।

६. तारा देवी


वि.सं. २००२ साल माघ २ गते जन्मिएकी प्रसिद्ध नेपाली गायिका हुन्- तारादेवी । उनले आफ्नो जीवनकालमा ४ हजार भन्दा बढी नेपाली गीतहरू गाएकी छिन् ।

४ दशकदेखिको अथक साधनाद्वारा गायनकलामा उत्कृष्टता हासिल गरी नेपाली भाषालाई स्वदेशभित्र र बाहिरसमेत सङ्गीतको मधुरिमा द्वारा लोकप्रिय बनाई नेपाली वाङमयको श्रीवृद्धि गर्नमा उल्लेखनीय योगदान गरेकोले उनलाई राष्ट्रिय देनको कदर स्वरूप वि.सं. २०५० सालमा ‘जगदम्बाश्री पुरस्कार’ले सम्मान गरियो ।

उनले ‘इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार’, ‘छिन्नलता पुरस्कार’, ‘मैना पुरस्कार’ र ‘नई सुर सम्मान’ पाइन् । उनी सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु प्रथम बाट पनि विभूषीत भइन् । उनले महेन्द्ररत्न आभूषण, गद्दी आरोहण रजतपदक, विरेन्द्र ऐश्वर्य सेवापदकका अतिरिक्त स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक, पुरस्कार, सम्मान र अभिन्नदनहरू पनि पाएकी थिइन् । उनको वि.सं. २०६२ सालमा दुःखद निधन भयो ।

प्रतिक्रिया

Related Post

जनप्रतिनिधिका कमाउ धन्दा : आफैं ठेकेदार बनेर सडक निर्माण

Posted by - January 24, 2018 0
  जाजरकोट : नलगाड नगरपालिका-३ का वडाध्यक्ष प्रचण्ड वलीले छेप्का-डाँडागाउँ-कैना जोड्ने मोटरबाटो भाडामा डोजर लिएर आफैंले खन्न लगाए। १० लाख रुपैयाँ…

यी सुन्दरी पाइलट पेमा जो ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी छन् ! उनि भन्छिन ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।

Posted by - April 9, 2018 0
केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन?’ पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान…

पोखरा बिश्वबिध्यालयको स्व बि यु निर्बाचनमा बाम बिधयार्थीको पवोर र्संग ट्याकल गर्दै ने,बि संघ का यी हस्तीहरु

Posted by - March 27, 2018 0
येही चैत्रको २१ गते पोखरा बिश्वबिध्यालयमा पहिलो पटक हुन गैरहेको स्वतन्त्र बिधार्थी युनियनको निर्बाचन मा नेपाल बिधार्थी संघको तर्फ बाट…

भ्रष्टाचारको पैसा वैधानिक बनाउने ओलीको चाहना, स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने

Posted by - January 29, 2018 0
१५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने संकेत गरेका छन् ।…
%d bloggers like this: