कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् ः ओली

124 0

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् भन्ने प्रमाणित गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ ।

जिल्लाको माडीमा आज संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले देश बनाउने संकल्प गरेको बताउनुभयो ।

उहाँले दुई पार्टी मिल्दा दुई चार हजार मतले होइन, भारी मतले यहाँबाट दाहाललाई जिताउनुपर्छ भन्नुभयो । अब पार्टी एउटै बन्ने बताउँदै भन्दै उहाँले भन्नुभयो – “राष्ट्र निर्माणको महान् अभियानमा सामेल भइरहेका छौं । यसलाई सफल पार्न म खटिइरहेको छु, तपाइँहरू पनि खट्नुहोस् ।”

उहाँले भन्नुभयो – “आज माडी जागेको छ, चितवन जागेको छ र देश नै जागेको छ ।” माओवादी अध्यक्ष दाहालले माडीलाई मणि बनाउने उद्घोष गरेको भन्दै उहाँले यसमा आफ्नो साथ रहने वाचा गर्नुभयो ।

नेपाली काँग्रेसले चितवन क्षेत्र नं ३ मा राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेलाई समर्थन गरेकोप्रति इङ्गित गर्दै उहाँले कांग्रेसले रुख काटेर हलो बनाएको टिप्पणी गर्नुभयो । ओलीले थप्नुभयो – “कार्यकर्ताको मनमा पीडा छ । नआत्तिनुहोस्, कांग्रेसले खोजेको राष्ट्रियता हामी दिन्छौं ।”

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटना द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार्नुभयो ।

बाँदरमुढे घटनाका पीडित परिवारसँग आज सम्झौता गरेको जानकारी दिँदै उहाँले त्यसको पालना गर्ने प्रतिबद्धता जनाउनुभयो ।
माडीसहितको चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका दाहालले सो क्षेत्रमा आफ्ना प्रतिस्पर्धीले मतदातालाई प्रलोभनमा पारेको आरोप लगाउनुभयो ।

हालै राप्रपा (प्रजातान्त्रिक) को कारबाहीमा परेका सो पार्टीका महामन्त्री रेशम लामाले नेपाली जनताको शान्ति, राष्ट्रियता र राजनीतिक स्थिरताका लागि वाम गठबन्धनमा मत दिन आग्रह गर्नुभयो ।

सभा हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र बाँदरमुढे घटनाका केही पीडितबीच तीनबुँदे सम्झौता भएको थियो । घटनापछि गठित बाँदरमुढे पीडित संघर्ष समितिका व्यक्तिहरु भने सम्झौतामा हस्ताक्षर हुँदा उपस्थित थिएनन्

प्रतिक्रिया

Related Post

प्रकाशलाई श्रद्धाञ्जली दिन देउवा र ओली लाजिम्पाट पुगे

Posted by - November 20, 2017 0
काठमाडौँ ।हृदयघातबाट आईतबार निधन भएका प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लाजिम्पाट…

कम्युनिस्टहरूले ५० वर्ष शासन चलाउँछौ भनेपछि कांग्रेसलाई तनाव

Posted by - November 23, 2017 0
काठमाडौँ । नेपाली कांग्रेसले वाम गठबन्धनले बहुमत ल्याएर मुलुकमा ५० वर्षसम्म निर्वाचन हुनै नदिने आरोप लगाएको छ । नेपाली कांग्रेसका नेता…

चितवनका जनताले ऐतिहासिक निर्णय गर्नेछन् : दाहाल

Posted by - October 30, 2017 0
चितवन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताएका छन्। चितवनमा आयोजित पत्रकार सम्मेलनमा…

बाबुराम र नारायणकाजीलाई वैद्यका उम्मेदवारको चुनौती

Posted by - November 9, 2017 0
गोरखा, २३ कात्तिक – गोरखा–२ भन्नेबित्तिकै डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीचको चुनावी प्रतिस्पर्धा दिमागमा आइहाल्छ । तर गोरखा–२ मा…
%d bloggers like this: