गुप्तचर रिपोर्टको दाबी, एमालेको सय सिट, कांग्रेस सय सिट नजिक, राप्रपा मासिने

220 0

पहिलो चरणको निर्वाचनअगावै राष्ट्रिय अनुसन्धान विभागले प्रक्षेपण गरेको एक निर्वाचनसम्बन्धी प्रतिवेदन बाहिरिएको छ । रिपोटर्स नेपालका अनुसार रिपोर्टमा एमाले सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपण गरिएको छ । कांग्रेस दोस्रो दल बन्ने गुप्तचरको रिपोर्टमा उल्लेख छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले बहुमत ल्याउने दाबी गरिरहेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले २ तिहाई बहुमत ल्याउने दाबी गर्दै आएका छन् ।

तर विभागको रिपोर्टले एमाले सबैभन्दा ठूलो दल बन्ने अनुमान गरेको छ भने कुनै पनि दलले दुई तिहाई बहुमत नल्याउने देखाएको छ ।

गुप्तचरको रिपोर्टमा एमालेले प्रत्यक्षमा ५० देखि ७० सीट जित्ने र समानुपातिकमा ३१ देखि ४१ सीटसम्म जित्न सक्ने देखाइएको छ । यसका आधार जोड्दा एमालेले कुल ८१ सीटदेखि १११ सीटको वीचमा परिणाम ल्याउने गुप्तचरको रिपोर्ट छ ।

त्यसैगरी कांग्रेसले प्रत्यक्षमा एमालेको भन्दा १० सिट कम ल्याउने गुप्तचरको आँकलन छ । समानुपातिकमा भने कांग्रेसले एमालेभन्दा १ सिटमात्रै कम ल्याउने आँकलन गरिएको छ । यसरी हेर्दा कांग्रेसले जित्ने कुल सिट ७० देखि १०० सम्म हुन सक्ने गुप्तचरको विश्लेषण छ ।

रिपोर्टमा माओवादीले प्रत्यक्षतर्फ ३०–३५ सीटको हाराहारीमा जित्ने र समानुपातिक समेत जोड्दा करिब ५०–६० सीट पुग्ने देखाइएको छ ।

एमाले र माओवादीको कुल सिट जोड्दा बहुमत ९१३८ सीट० सहजै कट्ने गुप्तचरको रिपोर्ट छ ।

अनुसन्धान विभागले यो रिपोर्ट तयार पार्दा कांग्रेस र लोकतान्त्रिक फोरमवीच पार्टी एकता भएकै थिएन । तर, रिपोर्टमा लोकतान्त्रिक फोरमले प्रत्यक्ष र समानुपातिकतर्फ गरी बढीमा ८ र घटीमा ३ सीट जित्ने देखाइएको छ, जसलाई जोड्दा पनि एमालेको भन्दा बढी हुँदैन । र, यस आधारमा पनि एमाले नै ठूलो दल हुने गुप्तचरको रिपोर्टको निश्कर्ष छ ।

रिपोर्टमा राजपा र फोरमले कुल २३ सिटको हाराहारीमा जित्ने अनुमान गरिएको छ । कमल थापाको पार्टी ९रापं्रपा० को स्थिति भने राप्रपा प्रजातान्त्रिकको भन्दा कमजोर हुने दाबी गरिएको छ ।

प्रतिक्रिया

Related Post

परीक्षाफल प्रकाशित

Posted by - November 27, 2017 0
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल जेठ र असारमा सञ्चालित विज्ञानतर्फ (चार वर्षे तर्फको) बि एस्सी तेस्रो वर्षको…

‘राष्ट्रिय सभा निर्वाचन र सत्ता हस्तान्तरण ढिलो नगर’

Posted by - January 4, 2018 0
काठमाडौं : वाम गठबन्धनले अबिलम्ब सत्ता हस्तान्तरण गर्न र राष्ट्रिय सभाको निर्वाचन माघ १० गतेभित्र गर्न प्रधानमन्त्रीलाई दवाब दिएको छ। बिहीबार…

कैदीबन्दीलाई छैन मताधिकार

Posted by - November 16, 2017 0
गुल्मी : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गएपनि जिल्ला कारागार गुल्मीका कैदीबन्दी भने भोट हाल्न पाउने नपाउनेमै अन्योलमा छन् । निर्वाचन…

डा. केसीको रिहाई र प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन

Posted by - January 10, 2018 0
काठमाडौँ — अदालतको अवहेलनामा मुद्दा खेपी रहेका नागरिक अभियन्ता डा. गोविन्द केसीको रिहाई र प्रधानन्यायाधी गोपाल पराजुलीको राजीनामा माग गर्दै…
%d bloggers like this: