आज राति अत्याधिक मिथुन उल्का वर्षा हुने

359 0

मंसिर २८, २०७४-आज राति मिथुन उल्का वर्षा अत्याधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । उल्का वर्षा हेर्न चाहने सर्बसधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण काम भएको स्थानबाट अवलोकन गर्न सक्नेछन । आज राति चन्द्रोदय ३:५६ बजे र भोलि बिहान सुर्योदय ६:४६ बजे हुने भएकोले अवलोकनको लागि राति ८:४५  बजे देखि ३:५६ बजेसम्मको समय अनुकुल हुनेछ ।

मंसिर १८ देखि पुष १ गते सम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति भने अत्यधिक सक्रिय हुनेछ । अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १२० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

‘यो वर्ष देखिने उल्का वर्षा क्षुऽग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर उल्का वर्षा देखिँदै छ,’ उनले भने, ‘यो वर्ष क्षुद्रग्रह ३२०० फेथन आफैं पृथ्वीको नजिक रहनेछ । उल्का वर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामंकरण गरिएको हो ।’

उल्का वर्षा हेर्नलाई कुनै दुरबिनको आवस्यकता पर्दैन । उल्का वर्षालाई अवलोकन गर्न र आफ्नो आफ्नो क्यामेरामा कैद गर्ने प्रयासको लागि काठमाडौंमा रहेको सोसाइटीका सदस्य तथा इच्छुक व्यक्तिहरुको एउटा टोली आज सााझ नगरकोट जान लागेको पनि उनले बताए ।

 

प्रतिक्रिया

Related Post

ने.वि.संघ पृ.ना.क्याम्पस स्नातक तह प्रथम वर्ष द्वार भेटघाट,चियापन एवंम अन्तर्क्रीयात्मक कार्यक्रम सम्पन्न ।।

Posted by - February 23, 2018 0
फाल्गुन ११ सुक्रवार,०७४ पृथ्वीनारायण क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्यान्नरत ने.वि.संघ कक्षा प्रतिनिधि विधार्थीहरुको आज एकाआपस विच अन्तर्क्रीयात्मक भेटघाट एवंम…

यसो भन्छन्, विमानस्थलभित्र गाडी चलाउने सिजन बयम्बु

Posted by - March 15, 2018 0
सिजन बयम्बु, प्रत्यक्षदर्शी म विमानस्थलमा ‘लाइट’ गाडी चलाउँछु । सोमबार दिनको २ बजेतिर डोमेस्टिक एभियसनतर्फको मूलगेटमै थिएँ । माथिबाट चट्याङ…

पोखरा बिश्वबिध्यालयको स्व बि यु निर्बाचनमा बाम बिधयार्थीको पवोर र्संग ट्याकल गर्दै ने,बि संघ का यी हस्तीहरु

Posted by - March 27, 2018 0
येही चैत्रको २१ गते पोखरा बिश्वबिध्यालयमा पहिलो पटक हुन गैरहेको स्वतन्त्र बिधार्थी युनियनको निर्बाचन मा नेपाल बिधार्थी संघको तर्फ बाट…

कतार एअरवेजको जहाज डेढ घण्टादेखि आकाशमै होल्ड

Posted by - February 12, 2018 0
काठमाडौं : कतारको दोहाबाट नेपालका लागि उडेको कतार एअरवेजको विमान मौसम खराबीका कारण आकाशमै होल्ड भएको छ। बिहान साढे ११ मा…
Donald Trump

डीभी चिठ्ठा प्रणाली नै रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

Posted by - November 2, 2017 0
काठमाडौं, कात्तिक १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा प्रणालीबाट अमेरिकामा आतंकवादी भित्रिएको दाबी गर्दै अब…
%d bloggers like this: