कोरिया जाने कामदारको सीप परीक्षण एक वर्ष पछि धकेलियो

527 0

कोरिया जाने कामदारको सीप परीक्षण एक वर्ष पछि धकेलियो
2020 देखिका परीक्षार्थीहरु का लागि –

काठमाडौं । दक्षिण कोरिया जाने नेपाली कामदारका लागि सीपमा आधारित परीक्षा प्रणाली लागू गर्न एक वर्ष ढिलाई हुने भएको छ ।
कोरियाले सन् २०१९ देखि नेपालबाट कामदार लैजाँदा सीप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको छ । तर, नेपालको कमजोर तयारीले थप एक वर्ष ढिलो हुने अवस्था आएको हो । नेपालले प्राविधिक तयारी गर्न अप्ठ्यारो हुने भन्दै सन् २०२० बाट मात्रै सीपमा आधारित भाषा परीक्षा सुरु गर्ने योजना बनाएको छ ।

यसअनुसार रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण गरी रोजगारीका लागि कोरिया जाने क्रम २०१९ सम्म मात्रै चल्नेछ । त्यसपछि हातमा सीप नभएका युवालाई कोरियाले ‘अयोग्य’ ठहर्‍याउने छ । यो पद्धति लागू भएपछि कोरिया जानेहरुले भाषा परीक्षा पनि कम्प्युटरमार्फत नै दिनुपर्ने छ ।

भवन तयार गरिँदै

कोरियाले यसअघि नै सन् २०१९ देखि नेपाली युवको सीप क्षमता पनि परीक्षण गरेर लैजाने घोषणा गरिसकेको थियो ।

त्यसका लागि अहिले ललितपुरको भैँसेपाटीमा नेपाल सरकारले ‘सिभीटी बिल्डिङ’ निर्माण गर्न लागेको छ । यो भवन नबनेसम्म सीप र कम्प्युटरमा आधारित भाषा परीक्षा गर्न नसकिने भएकाले नेपाल सरकारले सन् २०२० बाट मात्रै कोरियाको प्रस्तावअनुसार नयाँ परीक्षा प्रणाली लागु गर्न सकिने बताएको छ ।

यो भवनको शिलान्यास आउँदो साउन २५ गते गर्ने र भदौबाट निर्माण थाल्ने तयारी छ । ६ तलको यो भवन झण्डै ११ करोड रुपैयाँको लागतमा नेपाल सरकार आफैंले बनाउनेछ । भवनका प्रत्येक तलामा कोरियाले ३५÷३५ वटा कम्प्यटर राख्नेछ । सीपमा आधारित परीक्षा सुरु भएपछि यही सीभीटी हलमा नेपाली युवाले जाँच दिनेछन् । यो भवन वि. सं. २०७६ को भदौसम्म तयार गरिसक्ने लक्ष्य छ । त्यसमा फर्निसिङ र प्राविधिक तयारी गर्न थप ६ महिना लाग्ने भएकाले सन् २०१९ बाटै सीपमा आधारित परीक्षा गर्न गाह्रो पर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

शाखाका एक अधिकारी प्राविधिक रुपमा २०१९ बाट सीप जाँचेर कोरिया पठाउन गाह्रो भएको स्वीकार्छन् ।

कोरियाले नयाँ प्रणाली लागू भएपछि भाषासँगै कामदारको सीप र शारीरिक स्वरुपको पनि परीक्षण गर्नेछ । भाषामा पास भएकाहरुले कोरिया जान अन्तवार्ता पनि अनिवार्य उत्तीर्ण गर्नुपर्ने छ ।

कोरियाको मानव संशाधन विभागले अब कामदार छनोट प्रणालीमा अंक पद्धति लगाउने घोषणा गरिसकेको छ ।

के हो सीप परीक्षण ?

सीपमा आधारित परीक्षा प्रणाली लागू भएपछि अहिलेको २ सय पूर्णांकको सुनावाई र लेखाइको परीक्षा प्रणालीलाई पूर्ण रुपमा परिमार्जन गरेर नयाँ स्वरुप दिइनेछ । अब उसले दाबी गरेको सीप परीक्षण गरेर मात्रै कामदारलाई विदेश लगिनेछ ।

जस्तो उत्पादनमुलक समूहको स्टिल फिक्सङ समूहमा जाने गरी आवेदन गरेका कामदारले भाषा पास भएपछि सीपको परीक्षा दिनुपर्नेछ । कोरियाले नयाँ अंक प्रणालीमा अब भाषा परीक्षामा सय र सीप परीक्षणमा पनि सयकै पूर्णांक कायम गर्ने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभारक भण्डारीले जानकारी दिए ।

नयाँ प्रणालीले कामदारको शारीरिक अवस्था, बनोट र तन्दुरुस्तीलाई पनि परीक्षण गर्नेछ । साथै कामदारको सीपको लेभल र कार्य अनुभवका आधारमा पनि अंक दिइनेछ ।

कम्प्युटर प्रणालीबाट परीक्षा

अहिलेसम्मको तयारीअनुसार सन् २०२० देखि ईपीएसमा कागजी परीक्षा प्रणालीसमेत हट्नेछ । पूर्ण रुपमा कम्प्युटरमा आधारित परीक्षा हुनेछ । जसलाई कम्प्युटर चलाउन जानेकाहरुले मात्रै दिन सक्छन् । नेपालसहित १६ देशबाट कामदार ल्याइरहेको कोरियाले अन्य देशमा यस किसिमको प्रणाली यसअघि नै लागू गरिसकेको छ ।

काठमाडौं । ईपीएस प्रणाली मार्फत वैदेशिक रोजगारीमा जाने दक्षिण कोरीयामा स्वदेशी तथा आप्रवासी कामदारहरुले बृद्धि भएको तलब पाउने भएका छन् । कोरिया सरकारले तलब वृद्धिपछि साना कम्पनीलाई आर्थिक भार पर्ने भन्दै २.७ बिलियन डलरको अनुदान दिएपछि कामदारहरुले बढेको तलब पाउने सुनिश्चित भएको मजदुर यूनियनहरुले बताएका छन् ।

कोरिया सरकारले आगामी सन् २०१८ का लागि गत जुलाईमा कामदार तलब १६.४५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको थियोे । त्यसपछि साना तथा मझौला कम्पनी मारमा पर्ने भन्दै रोजगारदाता अर्थात कम्पनीले विरोध जनाएका थिए । नेपालबाट जाने कामदार यस्तै साना तथा मझौला उद्योगमा काम गरिरहेका छन् ।

कोरिया सरकारले आगामी २०२० सम्म कामदारको तलब प्रति घण्टा १० हजार वोन पु¥याउने प्रतिबद्वता व्यक्त गरेको छ । घोषणा गरेको अनुदान रकम ३० जना भन्दा कम कामदार रहेका कम्पनीलाई मात्र दिइने रोजगार तथा श्रम मन्त्रालयले जनाएको छ । जस अनुसार प्रतिकामदार एक लाख तीस हजार वोन अनुदान कम्पनीले पाउने छन् । अनुदान पछि साना कम्पनीलाई आर्थिक भार कम हुने विश्वास मन्त्रालयले लिएको छ ।

आगामी जनवरीबाट लागू हुने १६.४ प्रतिशत तलब वृद्धिले त्यहाँ कार्यरत स्वदेशी र विदेशी कामदार प्रत्यक्ष लाभान्वित हुने छन् । जस अनुसार कामदारले प्रतिघण्टा ७ हजार ५ सय ३० वोन र मासिक न्युनतम १५ लाख ७० हजार वोन तलब पाउनेछन् । तर तलब वृद्धि पछि खाद्यान्न लगायतमा मूल्य वृद्धि हुने र कम्पनीले आवास र खानाको पनि शुल्क वृद्धि गर्न सक्ने डरले कामदार भने त्रसित देखिएका छन् । मध्यान्हबाट

काठमाडौँ – कोरियामा रोजगारीका लागि आउने प्रवासी मजदुरले आफुले रोजगारदाता बाट भोगेका(पाएका) मानवअधिकार हनन, सोषण, गाली- गलौच ,अभद्र बेवहार जस्ता घटना को बरेमा कसलाई भन्ने त्यस्को बिस्वासिलो व्यक्ती को हो भनेर भरौसा गर्न सकेका हु

औपचारिक रुप मा सम्बन्धित निकाय मा रिपोर्ट दायर गर्ने साहस बोकेका न्युन प्रवासी मजदुर ले पनि उचित न्याय न पाउँदा निरास हुने गर्दछ्न। कानुन ले सबै अधिकार रोजगार दाता लाई मात्र प्रदान गरेको भएर न्याय पाउनु भनेको आकास को तारा टीप्नु जस्तै गाह्रो छ। प्रवासी मजदुर लाई धेरै जसो ३ बर्ष मा थप्नु पर्ने सम्झौता पत्र नथपी दिने डर देखाएर गाली गलौच , दुव्र्यवहार गरेर दवाब दिइ दास जस्तो वातावरणमा काम गर्नु पर्ने बाध्यता छ ।

कोरिया मा मानवअधिकार आयोग ले गरेको सर्बेक्षण अनुसार ५८% रोजगारदाता ले सम्झौता मा उल्लेख गरेको काम गर्ने समय बाहेक तथा बिदा को दिन मा जवर्जस्ती काम लगाउने गर्छ। ७६% भन्दा बढिले गाली गलौच बेज्जत गर्ने,रिलिज न दिने ४७% ले भाग्यो भनेर रिपोर्ट गरेर गैरकानुनी बनाइ दिने,स्वदेश फिर्ता गरिदिने धम्की दिने १६% ले आईडी कार्ड राखी दिने १५% ले कुट पिट गरेको भेटिए को छ। त्यस्तै कृषि तिर को हक मा त ८४% ले तलव समय मा न दिने तोकिए को काम भन्दा अरुनै काम मा लगाएर अन्याय पुर्ण वेबहार गर्ने गरेको छ।

कोरिया मा रोजगारदाताले साधारणतया ठोस कारण नभएता पनि प्रवासी मजदुर सित को सम्झौता खारेज गरिदिने तथा सम्झौता लाई नवीकरण गर्न अस्विकार गर्ने गरेको छ र गरे पनि ५० लाख वन सम्म लिने गरेको देखिन्छ।यस्तै अवस्था छ कार्यस्थल फेर्न खोज्ने को हकमा पनि आफुखुशी कार्य स्थल फेर्न पाउनु भनेको नसुति सपना देखिछ भन्ने कुरा मा बिश्वास गरे जस्तै हुन्छ । के गरि काम सर्न सक्ने लेटर मा सहि पाए को खन्ड मा उक्त प्रवासी मजदुर ले ३ महिना भित्र नया काम गर्ने कम्पनी खोजी सक्नु पर्ने छ।

नत्र भने स्वदेश फिर्ता हुनु पर्ने छ । ३ महिना को अवधिमा नया कम्पनी पाएता पनि सर्वप्रथम कोरिया आउदा पहिलो ३ बर्षे सम्झौता पूरा भएपछी लगातार काम गर्न सक्ने योग्यता खतरा मा पर्छ। १ बर्ष १० महिना को अवधी थप्न को लागि अनिवार्य रुप मा रोजगारदाता को सहयोग चाहिन्छ। रोजगार सेन्टर मा तलव नपाएको कुनै नराम्रो बेवहार गरेको सम्बन्धि रिपोट गरेको मजदुर को साहुले भिषा नथपी दिने गरेका कयौ उदाहरण हरु छ्न। इपियस पद्धति मा सबै अधिकार रोजगार दाता मा निर्हित भएको र मजदुर ले रोजगारदाता ले आफू माथी गरेको सम्झौता उल्लंघन तथा अन्यायपुर्ण वेवहार लाई पनि प्रमाणित गर्न सक्नु भनेको रात लाई दिन हो भन्ने कुरा लाई बिस्वास गर्नु जस्तो छ ।

कृषि क्षेत्रमा काम कार्यरत मजदुर को हक मा साधारणतया दिनमा १० घण्टा भन्दा ज्यादा र महिना मा २८ दिन भन्दा ज्यादा यानी कि श्रम सम्झौता भन्दा ५०/६० घण्टा बढी काम गराएको देखिन्छ। यसरी ज्यादा काम गराउने ९९% ले त थप काम गरे बाफत को रकम पनि दिने गरेको छैन। तलब पनि नदिने गरेको र दिएपनी किस्ता बन्दी मा दिने रोजगार प्रवर्द्धन केन्द्र मा रिपोट गरेमा उक्त रोजगार केन्द्र को कर्मचारीले साहुलाई कुनै कारबाही गर्नु को साटो साहुलाई फोन गरेर साहुको कुरा लाई मात्र मानेर दिने वाचा गरेछ भन्दै फर्किनु पर्ने बाध्यता र फेरि साहुको को बेवहारमा कुनै पनि परिवर्तन आउनु को साटो अबउपरान्त रिपोर्ट गर्न गएको खण्ड मा ३ बर्षे भिसा न थपेर ईलिगल बस्न बाध्य गराई दिने यात आफ्नो देश जान बाध्य गराई दिने जस्ता धम्की दिने गरेको छ ।

प्रवासी मजदुर ले भोगी आएका पीडा हरु मध्ये मा कार्यस्थल परिवर्तन गर्न न दिने, तलव न दिने, तलव किस्ता बन्दीमा दिने, जवर्जस्ती बढी काम मा लगाउने, धम्की तथा गाली गलौच गर्ने, सम्झौता पत्र मा जाल साझी गर्ने, हिंसा तथा दुर्व्यवहार गर्ने ,कुट पिट गर्ने मुख्य हुन । प्रवासी मजदुर को समस्या लाई कोरियन सरकार ले बेवास्ता गरेर सम्पूर्ण अधिकार रोजगारदाता लाई दिएकै कारण समस्या उत्पन्न भएको हो । जसका लागि हामी ले रोजगारदाता का कारण समस्या उत्पन्न हुने भन्दा पनि इपियसमा भएका खराव नीतिका कारण समस्या उत्पन्न हुन्छ भनेर बुझ्न जरुरि छ ।

प्रवासी मजदुर ले प्रवेश गरेको रास्ट्रमा भिसा को अवधी सकिए पनि मजदुर को नाता ले मजदुर संगठन को सदस्य बन्ने र तलव नपाए मा वा अन्याय भए मा इन्साफ पाउने अधिकार भएकोले प्रवासी मजदुर संगठनमा आवद्ध भएर आफ्नो हक अधिकार को लागि दाबी गर्न सकिन्छ । कोरियामा रोजगारदाता ले कानुन को उल्लंघन गरेको हेर्ने बिभाग भए पनि दुर्भाग्यवश रोजगारदाता ले गर्ने अन्याय पुर्ण वेबहार लाई बेवास्ता गरेको तथा अनुसन्धान गर्नमा चासो नै नलिईदिने गरेको देखिन्छ ।

धेरै जसो रोजगारदाता ले काम गरेको समय नलेखी थप कामगरेको रकम जवर्जस्थि तलव मा नदिइ शोषण गर्ने गरेका छ्न । मजदुर ले आपत्ति जनाए मा उल्टो प्रमाण देखा भनेर पन्छिन खोजेको देखिन्छ र भनेको नमानेमा स्वदेश फिर्ता गरिदिन्छु भनेर प्राय जसो धम्की दिने गरेको छ । प्रहरी लाई बोलाएर झुटो आरोप लगाउने पनि छ्न( यस्तो अवस्था मा आफुले यदि हिंसा,चोरी आदि अपराध गरेको छैन भने डराउनु पर्दैन रोजगारदाताले नेपाल पठाउन मिल्दैन)। कोरियाको अर्थतन्त्रलाई माथी पुर्‍याउन प्रवासी मजदुर को ठूलो हात रहेपनी प्रवासी मजदुर लाई एक मजदुर ले पाउने हक अधिकार बाट बन्चित गरिएको छ।

 

२ वर्षको भिषा भैहाल्छ । त्यसपछि त्यहाँको नागरिकताको लागि आवेदन दिन पाइन्छ । तपाइ त्यहिँको नागरिक भएपछि जे गरेपनि हुन्छ । यदि तपाइलाई ऊ (विवाह गर्न लागेको पुरुष) सँग बस्न मन नलागे कोरिया पुग्ने वित्तिकै भागेपनि हुन्छ ।’

म्यारिज ब्युरोका दलालबाट बारम्बार यस्ता कुरा सुनेपछि उनको मन लोभियो । र होकी जस्तो पनि लाग्यो । अनि देख्न थालिन ठूलठूला सपना, आशा र आकांक्षा । र ती कोरियन पुरुषसंग विवाह गर्न तत्पर भइन् । विहे पनि गरिन् । लगत्तै कोरिया आइन् ।

एक दुइदिन उनी सफा र सुन्दर ठाँउ, अग्लाअग्ला महल, चिल्ला सडक, चिटिक्क परेका सफा पहिरनका मान्छेहरुको आसपास बसिन् । त्यो देख्दा उनी छक्क परिन् । र आफूलाई संसारकै एक भाग्यमानी महिला ठानिन् र त्यो दलाललाई मनमनै धन्यबाद दिइन् ।

‘पछि थाहा भयो । त्यो त धेरै टाढाको शहर रहेछ । म त कति टाढा गाउँको एकान्तमा आइपुगेछु । न शहरको रमझम, न चिल्ला सडक गाडी, न मान्छेको भिड, न त आँफूले बोलेको बुझ्ने संगी ।’

उनि एकोहोरो भन्दै गइन् । ‘मत एकोहोरो बौलाही जस्तै लाटि भएकी थिए । न भाषा बुझ्न सक्छु । न त यहाँको खानाको परिकार बनाउन सक्छु । न खाना जान्दछु न त यहाँको सस्कार । तैपनि, दिनहरु बित्दै वित्दै गए । पाल्तु जनावर जस्तै भएकी मेरो एक छोरा भयो ।’

‘सुरुका दिनमा भाषा र रहनसहन चाल नपाउँदा सम्बन्ध ठिकैठिकै भएपनि जब अलिअलि भाषा र चालचलन बुझ्दै जान थालें तब पारिवारीक सम्बन्धमा उतारचढाब आउन थाल्यो ।’

भाषा, रहन सहन, संस्कृति नमिलेपछि श्रीमान सँग हुने साना तिना झगडामा उनि आफुलाई दवाउदै सहेर वस्ने गरेको सुनाइन् । र कतिपटक मर्नेप्रयास समेत गरेको बताइन् ।

‘श्रीमानको हेपाई, तिरस्कार कुटपिटले मैले आफ्नो जिन्दगी नरकिय भएको ठाँने ।’ बास्तविकतामा मैले सोचेको कोरिया र भोगेको कोरियामा धेरै फरक रहेछ । अनि त जिन्दगी देखि नै घृणा लागेर आउन थाल्यो । ’
केही वर्षपछि श्रीमानलाई छाडेर उनी छुट्टै बस्न थालिन । र एक मझौला कम्पनीमा काम गर्न थालिन् । आफुले काम गर्ने कम्पनीको एक कोरियन नागरिकसँगको आउजाउ बढन् थाल्यो। अन्ततस् उनीहरुको सम्बन्ध प्रेमीप्रेमीकामा परिणत भयो ।

उनी सम्झन्छिन् । ‘ऊ विवाहित रहेछ । आफ्नो स्वार्थपुरागरेपछि मलाई छोडिदियो । मैले त्यो बुढो श्रीमान्लाई छोडिदिए । उसले मलाई छोडिदियो ।’

उनीहरुको सम्बन्धमा बीचबीचमा मनमुटाब भइरहन्थ्यो । झगडाको रिसमा त्यो पुरुषले अध्यागमनमा उजुरी दिइ पक्राउ गर्न लगायो । केही वर्ष अगाडि कोरिया आएर केही महिना अगाडिदेखि अवैधानिक भएकी उनी अन्तत ः अवैधानिकको हैसियतमा केहि दिन अवैधानिक आप्रवाशी बन्दीगृहमा बसि गत जुलाईमा नेपाल फर्किइन् ।

‘कुनैपनि लोभ, लालच र प्रलोभनमा परी विदेशी पुरुषसंग कोही नेपाली महिलाहरुले अन्जानमै विवाह नगर्नुहोला । यदि गर्नुनै छ भने–विवाह गर्ने पुरुषको इनकम, काम, घरबार, बानीव्यहोरा र उक्त देशको भाषा, रहनसहन, संस्कार, कानुन बुझ्नुहोला ।’ जादाँजादै उनले भनिन् ।

पहिलाको श्रीमानले उनलाई घरबाट निकालिदिएको र आफूखुशी डिभोर्स पेपर पनि बनाएर दिएको दिएको रहेछ । भिषा भइन्जेल त केहि समस्या भएन । त्यसपछि कता के गर्ने उनलाई केहि जानकारी नभएकाले उनि अवैधानिक बन्न पुगिन ।

सामाजिक सञ्जालमा देखिने खिचिएका तस्विर, अनि आर्कषक कमाइको कुराले मध्ययमवर्गिय नेपालीलाई कोरिया मोहले लोभ्याउछ । त्यहि लोभ्याइमा परेर म्यारिज ब्युरो मार्फत लाखौं रुपैयाँ तिरेर अन्जान विदेशी पुरुषसँग अधिकासं नेपाली महिलाहरु फस्छन् ।

तर विवाह गरी आएका महिलाहरु सबैले भने उनले जस्तै दुख पाएका छैनन् । कतिपयको राम्रो भएको पनि पाइएको छ ।

त्यसरीनै फसेर नांगै फुत्किएकी छन् ती महिला । जो विना भाषा, रहन–सहन, सस्कृति कुनै कुरामा मेल नखाने त्यहीमाथि उमेर ढल्केको कोरियन वृद्ध पुरुषसँग विवाह गरी आएकी थिइन् ।
गत डिसेम्वरमा उनको भिषा समाप्त भएको रहेछ । भिषा नभएपछि उनलाई कोरिया बस्न कानुनले दिएन अनि आफ्नो बच्चा छाडेर नेपाल फर्किनुप¥यो ।

‘कोरियामा बच्चा भएको विदेशी महिलाले यहाँको नागरिकता नपाएपनि भिषा पाउछन् । महिनाको १,२ पटक बच्चा हेर्न पाउने महिलाको अधिकार हुन्छ ।’ केहि वर्षदेखि भाषा अनुवादका रुपमा काम गर्दै आएका मुक्त गुरुङले भने ।

उनि अवैधानिक भएकै कारण २ वर्षसम्म कोरिया आउन नपाउने तर बच्चाको कारणले २ वर्ष पछि भने आउन पाउने गरि सोहि अनुसारको ब्यवस्था मिलाइ कागजपत्र बनाएर पठाएको गुरुङले बताए ।
हाल नेपाल सरकारले वैवाहिक भिषा मार्फत कोरिया जाने नेपालीहरुको लागि कडाइ गरेपनि नेपाली चेलीहरु कोरिया आउने क्रम भने रोकिएको छैन । ति नेपाली चेलीहरु भारतको बाटो हुदै बैवाहिक भिषामा कोरिया आउने गर्छन् ।

प्रतिक्रिया

Related Post

प्रदेशमा तत्काल पाँच हजार कर्मचारी, यस्ता छन् प्रदेशमा रहने ७ मन्त्रालय

Posted by - November 23, 2017 0
मंसिर ७, २०७४ काठमाडौं : प्रदेशसभा निर्वाचन सम्पन्न भएर मुख्यमन्त्री, मन्त्री तथा सांसद चुनिएर आउने दिन नजिकिँदै गर्दा सरकारले प्रदेश कार्यपालिकाको…

चुनाव बिथोल्न खोज्‍नेलाई जेल हाल्न प्रधानमन्त्रीको निर्देशन

Posted by - November 20, 2017 0
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न निर्देशन दिएका छन्। गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर…

डीभी चिट्ठाले रुवायो, जेलको हावा खुवायो !

Posted by - November 22, 2017 0
अमेरिकी डाइभरसिटी भिसा अर्थात डीभी पर्दा नरमाउने नेपाली कमै होलान् । एउटा समृद्ध देशमा जान पाइने, पैसा कमाउन पाइने, गुणस्तरीय…

वाम गठबन्धनको चुनावी सभा नजिकै बिष्फोट

Posted by - November 16, 2017 0
बाम गठबन्धनको चुनावी सभाका लागि शिर्ष नेताहरु आउने कार्यक्रममा बम बिष्फोट भएको छ । गलकोट नगरपालिका ३ स्थित गलकोट बहुमुखी…

प्रधानन्यायाधीश पराजुलीका चार वटा जन्म मिति

Posted by - February 9, 2018 0
वर्ष दिनयता प्रधानन्यायाधीश गोपाल पराजुली जन्म मितिको विवादमा छन्। उनीसँग दुई वटा नागारिकता रहेको र ती दुबैमा उनको उमेर फरक…
%d bloggers like this: