कठिन घुम्तीमा कांग्रेस, कांग्रेसले मनन गर्नैपर्ने कुरा

302 0

अदक्ष ड्राईवरले सवारी हाँक्दा दुर्घटनामा परिन्छ। नेपाली कांग्रेसको सवालमा मात्र नभएर नेपाली राजनितिमा स्थापित राजनैतिक दलरुपी जम्वो सवारीका लगभग पहिलो र दोस्रो पुस्ताका सवै ड्राईवर अदक्ष नै हुन। दक्ष कि त ओझेलमा पारिएको छ, कि त कुनै त्रासमा बाँच्न अभिशप्त छन। अदक्ष र अदूरदर्शीले अझैसम्म पनि पार्टी र देश हाँकिरहेका छन। यो शिलशिला आजवाट चलेको भने होईन, बरु आजकल राजनितिमा झनै अदक्ष र अराजकहरुको झुण्ड बढेको मात्र हो।

लाटा देशका गाँढा तन्नेरी भनेझैं यसै झुण्डका सवै गाँढा तन्नेरीसिवाय अर्थोक कोहि हुन त फगत पेण्डुलम मात्र। देशलाई सहि मार्गचित्रमा डोर्याउने विवेक भएको भए पो यिनलाई दक्ष भन्ने, अराजकै अराजक माझ हालीमुहाली गरिरहेकालाई अराजक झुण्डसिवाए अर्थोक केहि उपमा दिन गाह्रो छ।

जसले गर्दा भर्खरै दूई चरणमा गरेर सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कतिपय मूख्य हस्तीले नै हावा खानुपर्यो भने तिनै अदक्ष ड्राईवरको कारण नै पार्टिका तेस्रो पुस्ताका कतिपय योग्यवान एवं जुझारु नेताले समेत नराम्रोसंग पराजय बेहोर्नुपर्यो। यि अदक्ष ड्राईवरका कारण आफूमात्र दुर्घटनामा परेनन, सिंगो पार्टिलाई नै तहसनहस हुनेगरि नै भड्खालोमा पारेको कुरा चाहिं सत्य हो।

एकातर्फ देशका कार्यकारी प्रधानमन्त्री एवं पार्टिको सभापति जस्तो जिम्मेवार ब्याक्तिले ज्योतिषले भनेको छ( ूम सातपटकसम्म प्रधान्मन्त्री हुन्छुू, भनेर सार्वजनिक समराहोमा आफ्नै स्वार्थकेन्द्रीत चुनावी अभिब्यक्ति दिईरहेका हुन्छन भने अर्कोतर्फ ूकम्युनिष्ट शाषन आए मुलुकमा अधिनायकवाद आऊँछ,मूलूक बर्वाद हुन्छू भन्नेजस्ता अत्यन्तै सतही एवं हास्यास्पद तर्क दिएर चुनावको मुखैमा आफ्नै वजन दिनप्रतिदिन घटाईरहेका थिए। योवाहेक कांग्रेसवृत्तमा कुनै सिर्जनशिल एवं रचनात्मक चुनावी एजेण्डा कांग्रेसले आमसमुदायमा पुर्याऊनै सकेन या चाहेन।

कांग्रेस नेतृत्वले हेक्का राख्नुपर्ने थियो दशकौं पहिलाका मिति गुज्रिएका सस्ता चुनावी मसलाले बदलिंदो समाजमा कुनैपनि स्वाद दिन सक्तैन भनेर। तर, कांग्रेसवृत्तले यतातर्फ सोंच्नै सकेन, कारण पुरानो पुस्तासंगै खिईंदै गएको वैचारिक सामर्थ्यका कारण। ज्योतिषीको भरमा पर्ने प्रम देऊवाले आफ्नो कर्ममा किन विश्वास गर्न नसकेका हुनरु आश्चर्यलाग्दो विषय छ। यो देश ज्योतिषीको आशिर्वादले चल्नेगर्दछ या नेताको स्वविवेकका कारण अंघाढि बढ्नेगर्दछ देऊवाले प्रष्ट पार्नैपर्दछ।

तिरस्कार १ राजनैतिक आदर्श, सिद्धान्त, मार्गदर्शन अनि विधि र शाषनलाई तिलस्मी दिंदै सत्ताको चास्नीमा चुस्स डुव्न पाए वैतरणी नै पार होईन्छ भन्ने क्षुद्र मानशिकता बोकेका नेताबाट पनि कहिल्ल्यै देश र समग्र पार्टि उँभो लाग्लारु अनि हामी नागरिक के र के का लागि झोला र झण्डामा हल्ला गर्दैछौं तरु आजसम्म राजनितिले हामीलाई के सिकायो, के सिक्यौं, कति पायौं र कति गुमायौं अनि देशलाई कतातिर डोर्‍याउँदैछ वर्तमान राजनितिले यसवारेमा गम्भीर भएर सोंच्ने कि नसोंच्नेरु के हरेक राष्ट्रिय एवं राजनैतिक मूद्दाहरु समाधानको एकमात्र विकल्प सत्ता नै हो तरु सत्ताको मत्तामा डुविसकेपछि के ती सवैखाले मुद्दाहरु राष्ट्रहितअनुरुप हुन्छन अनि सत्ताको स्वादबाट विमुख हुनुपरेपछी भने ती सवै मुद्दाहरु राष्ट्रघाती हुन्छनरु यहिं नै हो हाम्रो राजनैतिक धर्म भनेको रु कांग्रेस नेतृत्वले जवाफ दिनैपर्दछ।देश के हो, देशको आवश्यकता के हो, अनि जनताको चाहना के छ र देश र जनतालाई प्रत्यक्ष अनुभूति हुनेखालको राजनैतिक पद्धती कसरी स्थापित गर्नेतर्फ चिन्तन भए पो देश र जनतासंगै आफ्नो पनि हित हुनेथियो। राजनैतिक शक्तिको आडमा सत्तास्वार्थसंगै राष्ट्रवादलाई पनि लम्पसारवादको झोलसंग चाख्न खोजपछि निस्किने परिणाम हो |

जे गरेपनि हुन्छ, जसो बोलेपनि हुन्छ र जसरी गएपनि हुन्छ भन्ने मानशिकताले नै कुरा विग्रीएको हो। ब्याक्तिको चरित्रदेखी लिएर देश विकाश र स्तरोन्नतिको सवालमा यि र यस्तै कुराहरु वाधक रहंदै आएका छन। देश निर्माणको अहम अभिभारा लिएर राज्य र राजनैतिक दलमा पकड जमाएर बसेका ब्याक्तिहरुले स्वेच्छाचारीता एवं हदैसम्मको गैरजिम्मेवारीता प्रदर्शन गर्दा आज देश र जनताको दुरावस्था जस्ताको तस्तै छ।

हरेक अवसर होस या आपतलाई आफ्नो स्वार्थअनुरुप कमाईखाने धन्दाको रुपमा मात्र नेतृत्वले बुझिदिनाले कुनैपनि समस्या यदासमयमै निरुपण हुन सकेका छैनन। यसको ज्वलन्त उदाहरण पछिल्लो समयमा नेपालले भोग्नुपरेको महाविपतकारी भूकम्पलाई पनि लिन सकिन्छ। भूकम्प र भूकम्पपिडितको नाममा आजसम्म जे जति हुंदैआएको छ त्यो सव उनीहरुमाथी कठोर राजनिती मात्रै हुंदै आईरहेको छ भने अर्कातर्फ भूकम्प पिडितका नाममा चरम भ्रष्टाचार पनि भैआएको छ। देशले यत्रो आपत ब्यहोर्दा एवं जनताले यतिविघ्न सास्ती भोगिरहँदा पनि यसैको नाममा राजनिती र भ्रष्टाचार गर्ने नेतृत्वलाई कुन रुपमा चरित्रवान नेतृत्व भनेर भन्ने हामिलेरु नेतृत्वले भूकम्पका नाममा भ्रष्टाचार र राजनिती मात्र गरेको छैन भूकम्पले गर्दा घरवार र आफन्ती गुमाएको पिडामाथी अझ लात हान्ने काम गरेको छ नेतृत्वले।

जब नेतृत्वले जनतासामु अनर्गल प्रचार र झुठको खेती गर्दै हिंड्छन, जनता पनि आसमन्जस्यमा पर्दछन। तर, बेलाबखत यस्तै अवसरमा हो जनताले पनि आफ्नो विवेक प्रयोग गर्ने । कांग्रेस नेतृत्वमा संविधान जारी भयो र कांग्रेसकै नेतृत्वमा प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भयो। यद्यपि स्थानिय तह र प्रतिनिधी तथा प्रदेशसभाको निर्वाचन माओवादी नेतृत्वको सरकारलाई नै गराऊन दिएको भएपनि कांग्रेसको लागी कुनै आकाश खस्ने थिएन। माओवादी नेतृत्वको सरकारले सवैखाले चुनाव सम्पन्न गराऊंथ्यो भने यसविचमा कांग्रेसले आफ्नो चुनावी अभियानलाई देशैभरि प्रभावकारी रुपमा सम्पन्न गरेको भए यतिविघ्न निराशलाग्दो नतिजा बेहोर्नुपर्थेन होला सायद। र, अर्कोतर्फ सत्ताको तिव्र आकांक्षा र सत्ता अनि शक्तिको आडमा गरिएका कतिपय नाजायज हर्कतहरुको कारणले गर्दा पनि नेपाली कांग्रेस बदनाम भएको हो।

जसको परिणाम चुनावी सन्देशले स्पष्ट पारिदिएको छ। नेतृत्व परिपक्वताको मापन फुलेको केश र चाउरिएको अनुहार मात्र होईन, राष्ट्रप्रतिको दायित्वबोध पनि उत्तिकै वहन गरेको हुनुपर्दछ र निष्ठाको राजनितिलाई अवलम्बन गरेको हुनुपर्दछ। लोकतन्त्रमा जनता नै सर्वोपरी हुन भने जनतालाई आन्तरिक एवं बाह्य जटिलताउपर किन साक्षात्कार नगराउनेरु किन सधै जनतालाई गुमराहमा राखेर झुठको खेती गर्दै जानेरु आखिर झुठ किन र कसको लागि बोलिंदैछ त ? जनतासामु सदैव झुठ बोल्नुपर्ने के छ त्यस्तो बाध्यतारु कुन त्यस्तो तत्व छ जसले साँचो कुरा जनतासामु ओकेल्न प्रतिवन्ध लगाएको छरु अथवा स्वाभिमान आफै पो बन्धकी राखेर जुनीभर झुठको साहारा लिनुपर्ने बाध्यता पो आईपर्यो किरु हामी यी सवै प्रश्नहरुको जवाफ जान्न चाहन्छौं नेतृत्वबाट। किनकी राज्यमाथीको जटिलता लुकाएर होईन, डराएर होईन, जनस्तरसम्म व्यापक संचार गरेमात्र राज्यमाथी आईपरेका जटिलताहरुको समाधान गर्न सहज पनि हुनेछ र समर्थन पनि हासिल हुनेछ।

कांग्रेसले मनन गर्नैपर्ने कुरा

आन्तरिक लोकतन्त्र सवैभन्दा दह्रीलो खम्वा हो। कुनैपनि पार्टिलाई सबल एवं सक्षम बनाउनुमा आन्तरिक लोकतन्त्रको अभ्यास अनिवार्य शर्त हो। यस्तोमा पार्टी नेतृत्वदेखि लिएर गाउँस्तरसम्मका कार्यकर्तालाई एकढिक्का बनाउँदै पार्टी अनुशासनमा बाँधिरहनु जरुरी छ भने पार्टिभित्रका सवै संगठनलाई चुस्त राख्दै त्यस्ता सांगठनिक सदस्यहरुलाई समान ब्यवहारको लागि व्यवहारिक शिक्षा प्रदान गर्नु जरुरी छ। पार्टी नेतृत्वले ब्यवहारिक एवं नैतिकरुपमा ईमानदारिताको प्रदर्शन गर्न सक्षम रहन्छ भने निश्चयपनि सिंगो पार्टी पंक्ति नै उक्त लाईनमा हिंडिरहेको हुन्छ। यसवाट फाईदा हुने भनेको आम कार्यकर्तादेखी लिएर नेतृत्ववर्ग हुँदै सिंगो देशलाई नै हो।

भ्रष्टाचार र गुटवन्दीले पार्टिलाई धरासायी बनाउँदछ। तसर्थ पार्टिभित्रका भ्रष्टाचारी अनुहारलाई प्रोत्साहन नगरेकै राम्रो हुन्छ। विगतमा भ्रष्टाचारको आरोप लागेका अनुहारलाई पार्टिले प्रोत्साहन एवं संरक्षण गरेका कतिपय उदाहरणले गर्दा पार्टिको छविमा गम्भीर दाग लागेकै हो भने पार्टिका कतिपय नेताहरुको गलत प्रवृतिका ब्याक्तिहरुसंगको साँठगाँठ एवं संरक्षणले गर्दा आम विश्वास पनि खस्कंदै गएको छ। यस्तो प्रवृती र आचरणवाट सिंगो पार्टी पंक्तिनै सतर्क रहनु उत्तम हुनेछ भने यस्ता कृयाकलापले लोकतान्त्रिक पद्धती स्थापित हुन पनि सक्तैन। आमनागरिकमा भ्रष्टाचारीलाई प्रोत्सान गरेको या संरक्षण गरेको भान पर्नेगरि पार्टिले गलत आचरण गर्ने ब्याक्तिलाई संरक्षण या प्रोत्साहन दिंदै जान्छ भने बिस्तारै गलत आचरण र आपराधिक चरित्रका ब्याक्तिका लागि सिंगो पार्टी नै छहारी बन्न जान्छ। यसवाट दिर्घकालिन रुपमा सिंगो पार्टिलाई मात्र गम्भीर जोखिममा पार्ने मात्र नभई समग्र राष्ट्रिय राजनितिमा पनि उत्तिकै प्रभाव पारिराखेको हुन्छ।

ब्याक्तिगत स्वार्थ र कमजोर राजनितिले गर्दा आज मुलुकको स्वार्थ नै अन्य बाह्य शक्तिकेन्द्रको हातमा पुगिसकेको छ। हाम्रो नेतृत्ववर्गमा दूरदृष्टी र सिद्धान्त एवं नैतिकताको खडेरी परिदिंदा आज समग्र राष्ट्रिय राजनिती नै प्रभावमा परेको छ। परनिर्भर राजनितिले गर्दा आज स्वदेशी सामर्थ्यमा निर्णय लिन गाह्रो भैराखेको छ। आजका मितिसम्म आईपुग्दा आफ्नै बलबुतामा सरकार गठन गर्न हाम्रा राजनैतिक दलहरु असम्भवप्राय ठहरिएकै हुन। वर्तमान जनादेशअनुरुप अव भने दहरुको सामर्थ्यता हेर्न नै बाँकी छ। सरकार गठन होउस या सरकारको निरन्तरताका लागि ञबाह्य शक्तिकेन्द्रझको सद्भाव र सहयोगको आशमा भौंतारिरहेका दृष्य कम्ता निराशाजनक भएनन। घरेलु सामर्थ्यका निर्णय कार्वान्यन तहसम्म लैजान आफै असमर्थ भईदिंदा समग्र मुलुकले कसरी अधोगतिको यात्रा तय गर्दोरहेछ त, यसतर्फ अव त नेतृत्वले सोंच्नैपर्ने हुन्छ। यस्तै गलत निर्णय एवं क्षमताशक्तिमा ह्रास आएकै कारणले हो समग्र देश अस्थिरतातर्फ भासिएको।

ब्याक्तिगत स्वार्थमा देशलाई नै वर्वादीको दिशातिर उन्मुख गराउने पात्रहरु धेरै छन यहाँ। पैसा र शक्तिको आडमा देशलाई कंगाल बनाउन कत्ति पछि नहट्नेहरु बारम्बार सत्ताको ईर्दगिर्दमा घुमिराखेका हुन्छन भने पैसामा बिक्नेहरुले नै राजनितिलाई फोहरी बनाएका हुन्छन र अन्ततस् मुलुकलाई नै अप्ठ्यारोमा पारेका हुन्छन। यस्ता तत्वहरुको बेलैमा पहिचान गरिराख्नु अति आवश्यक छ। कुटनैतिक क्षेत्रमा पनि उस्तै अपरिपक्वता देखिंदै आएको छ हाम्रो नेतृत्ववर्गमा। जसले गर्दा अन्तर्राष्ट्रिय सम्बन्धमा पनि असहजता उत्पन्न गराएको छ भने कार्यसम्पादन र कार्वान्यन तह पनि फितलो रहँदै आएको छ। जसले गर्दा समग्र राष्ट्रको प्रतिष्ठामा निरन्तर आंच आईराखेको छ भने नेतृत्वमा देखिएको कुटनैतिक विचलनल एंव निर्णय क्षमतामा कमजोर भैदिंदा कतिपय सवालमा अपमान पनि सहनुपरेको छ भने कतिपय महत्त्वपूर्ण उपलव्धी पनि गुम्दै गएका छन। अझ कतिपय नेतृत्वको अति लाचारीपनाले गर्दा समग्र राष्ट्र नै लज्जित हुनुपरेको तितो विगत पनि छ। यसतर्फ हाम्रा राजनैतिक नेतृत्व, सरकार र सम्बन्धितहरुको ध्यान कैले पुग्ने खोइरु

राष्ट्रिय साझा स्वार्थ हरेक नेतृत्वको लागि अपरिहार्य मूलमन्त्र बन्नुपर्दछ। नेतृत्वको चरित्रिक अग्नीपरिक्षा तब शुरु हुन्छ जब उक्त नेतृत्वलाई अवसर र जिम्मेवारीमा चुनिएर पठाईएको हुन्छ। यौटा कुशल नेतृत्वले उक्त अवसर र जिम्मेवारीको सफल कार्यसम्पादन गरेको हुन्छ भने गलत आचरणको नेतृत्ववाट यी सवै कार्यहरु धरासायी बनाईएका हुन्छन। सत्ता र पैसाको चंगुलमा डुव्ने नेतृत्व साह्रै खतरनाक हुन्छन। यस्ता ञ बिकाउझ नेतृत्वले देशलाई डुवाईराखेका हुन्छन। बिगतमा कांग्रेस वृत्तवाट पनि यस्ता ञबिकाउझ नेतृत्वले गर्दा मूलुक जर्जर बन्दै गएका प्रशस्त दृष्टान्तहरु छन भने यिनै गलत प्रवृतिका अनुहारहरु वारम्बार सत्तावृत्तमा दोहोरिरहनु मुलुकलाई झनै बर्वादीतिर धकेल्नु हो।

अनेकन कठिनाई र नेतृत्वको सुझबुझका कारण विगत लामोसमयदेखि जनचाहनामा रहिआएको संविधान लेखन कार्य कांग्रेसकै नेतृत्वमा सम्पन्न भएको हो। अब यसको पूर्णरुपमा कार्वान्यन एवं संरक्षणमा राजनैतिक दलहरुले हदैसम्मको विवेकिय चातुर्यता प्रदर्शन गर्नु जरुरी छ।

संविधान कार्वान्यनको सवालमा संविधानले निर्दिष्ट गरेका नियम कानून र निर्देशनलाई अक्षरसस् पालना गर्ने वातावरण तयार पारिनुपर्दछ। कानूनभन्दा माथी कोहि पनि नभएकाले कानूनको पालना गर्नु हरेक नागरिकको दायित्व रहन जान्छ। विशेष गरेर कतिपय नेतृत्वले कानूनको धज्जी उडाउँदै पैशा र शक्तिको आडमा अवाञ्छित गतिविधिहरु गरिराखेको हामीहरु वारम्बार देख्तै, भोग्दै र सुन्दै आएका छौं। यस्ताप्रकारका गलत हर्कतहरुको निरुत्साह गर्नु असल नेतृत्वको पहिलो दायित्व रहन जान्छ। संविधानमा स्पष्ट ब्यवस्था भएबमोजिमका निर्देशनहरुलाई सर्वपर्थम नेतृत्वलेनै कार्वान्यनमा ल्याउन सक्नुपर्दछ। भर्खरमात्र कार्वान्यनमा आऊंदै गरेका संविधानका प्रावधानहरुलाई लत्याउँदै बर्तमान सरकारवाटै नियमविपरित कामहरु हुँदै आईराखेका छन। यि र यस्तै प्रवृतिले गर्दा संविधान कार्वान्यन पक्ष पनि फितलो हुँदै जान्छ भने मुलुकमा संविधान भए र नभएको महत्त्व हुँदैन। राज्यको नियमकानूनलाई लत्याउंदै सवैले आफ्नो आफ्नो मनलाग्दो गर्ने हो भने भोलि गएर सम्पूर्ण प्रशासनिक संगै आर्थिक, सामाजिक लगायतका सवै क्षेत्रमा ञमोनोपोलीझ तन्त्र हावी हुँदै जान्छ र अन्त्यमा भएको ब्यवस्था पनि भताभुंग हुन जान्छ। यसतर्फ नेतृत्व बेलैमा गम्भीर नहुने हो भने समग्र मुलुकको ब्यवस्था नै अस्तव्यस्त हुनजान्छ।

डामाडोल भएको मूलुकको अर्थतन्त्रलाई सहि ट्र्याकमा ल्याउन नेतृत्वले बेलैमा नसोंच्ने हो भने दिर्घकालिन रुपमा यसको गम्भीर संकटहरु देखापर्नेछन। कालोबजारिया र माफियाको चंगुलमा परेको वर्तमान अर्थतन्त्र निकै सकसपूर्ण तवरवाट गुज्रिराखेको छ। राजनैतिक दल र सरकारले यस्ताखाले हर्कतलाई बेलैमा उन्मुलन गर्न सक्तैनन भने भोलीका दिनहरुमा अझ भयावह दिनहरु देखापर्नेछन। जसले गर्दा समग्र मुलुकको अर्थतन्त्र नै चौपट हुनजानेछ। यसको लागि नेतृत्वमा सक्षमता, दूरदृष्टी, ईमानदारिता एवं स्वावलम्बनको आवश्यकता पर्दछ।

भ्रष्टाचार र बेथीतिविरुद्ध लड्नै पर्दछ

भ्रष्टाचार र नेपाल एकअर्कामा परिपुरक बनिसके। भ्रष्टाचारले गर्दा आज देश भित्रभित्रै कंगाल बन्दै आएको छ भने विधी र विधानलाई नै चुनौती दिंदै आज राज्यका हरेक अंग एवं संरचना ध्वस्तप्रायस् छन। भ्रष्टाचारको मामिलामा दक्षिण एसियामा नेपाल अव्वल मात्र नभई तस्करी, अपराध, घुसपैठ एवं अराजकतामा पनि उत्तिकै बद्नाम छ। यसले गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको शान दिनानुदिन गिर्दो अवस्थामा छ भने नागरिकलाई पनि अत्यन्तै तल्लो दर्जाको व्यवहार गरिंदै आएको छ। यसको पछिल्लो उदाहरणका रुपमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई लिन सकिन्छ। हङ्गकङ्गको अध्यागमन विभागमा हरियो पासपोर्ट देखाएकै भरमा उनीमाथी तल्लो ब्यवहार प्रदर्शन गरिनु एवं छनविन प्रकृयामा लैजानु निश्चयपनि हाम्रोलागी सुखद कुरा होईन।

देशको प्रधानमन्त्री भैसकेको ब्याक्तिमाथी त यसरी छानविनको नाममा तल्लो स्तरको ब्यवहार प्रदर्शन गरिन्छ भने सहजै अनुमान लगाउन सकिन्छ आम नागरिकको विश्वका कस्तो हालत होलारु त्यस्तै अर्को उदाहरणस्वरुप कांग्रेसकै अर्का युवा नेता प्रदिप पौडेलमाथी जापानको अध्यागमन बिभागले देखाएको हर्कतलाई लिन सकिन्छ। यसतर्फ नेतृत्वले सोंच्ने कि नसोंच्ने आखिर किन र कसरी यस्तो अवस्था आईपुग्योरु कहिंकतै खराव नेतृत्व र गलत आचरणले गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको साख दिनानुदिन खस्कंदै गएको त होईनरु यसमा दोषी को तरु नेतृत्वले गम्भिर आत्मसमिक्षा गर्नुपर्ने बेला आएको छ।

प्रतिक्रिया

Related Post

समाजसेवी अनुराधा कोइराला काँग्रेस प्रवेश

Posted by - November 12, 2017 0
काठमाडौँ – ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली काँग्रेसमा प्रवेश गरेकी छिन्। आज प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले…

‘मधेस केन्द्रित शक्ति विजयी हुने दाबी’

Posted by - November 15, 2017 0
राजविराज, २८ कात्तिक  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी र राष्ट्रिय…

केपी ओलीलाई ‘भावी प्रधानमन्त्री’ भन्दै हेरिसन होटलमा रात्रिभोज !

Posted by - November 4, 2017 0
एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार राति बिराटनगरस्थित होटल हेरिसनमा बास बसे । यो होटलका मालिक एवं उद्योगपति मोतिलाल दुगड…

वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि तर्साउनेसम्म

Posted by - January 2, 2018 0
काठमाडौं : कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ । एमाले-माओवादीबीच पार्टी एकता हुन…

यी हुन् कांग्रेसको समानुपातिबाट सांसद बन्ने ‘भाग्यमानी’ ४० अनुहार

Posted by - January 18, 2018 0
मंसिर १० र २१ गते गरी दुई चरणमा भएको निर्वाचनमा प्रत्यक्ष तर्फ २३ सिट मात्र जितेको नेपाली काग्रेसले समानुपातिकमा भने…
%d bloggers like this: