सिंगापुरलाई हराउँदै नेपालले उपाधी जित्यो

74 0

काठमाडाै– नेपालले थाइल्याण्डमा जारी एसीसी अण्डर १६ पूर्व क्षेत्रीय क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ ।

आइतवार सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सूर्य तामाङ र अजयकुमार लोहियाले समान ३–३ विकेट लिए । यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो । नेपालका लागि नारायण जोशीले नटआउट ४६, सुवास अएरले २२, तृतराज दासले १९ तथा सुनिल भण्डारीले १५ रन जोडे । सिंगापुरका इशान सानवेले २ विकेट लिए । नेपाल प्रतियोगितामा अपराजित हुँदै ५ वटै खेल जितेर उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।

प्रतिक्रिया

Related Post

धरानलाई हराउँदै तरहरा सिक्स ए साईडको अन्तिम चारमा प्रवेश

Posted by - October 27, 2017 0
छिमेकी धरानलाई हराउँदै तरहरा मोरङको बयरबनमा जारी पूर्वाञ्चलस्तरीय फुटसल सिक्स ए साइड फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। कपमा युवा मिलन…

क्रोएसिया विश्वकप नजिक – एएफपी, जाग्रेब

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-क्रोएसिया अर्को वर्ष रुसमा हुने विश्वकपमा छनोटको नजिक पुगेको छ । बिहीबार रातिको छनोट प्ले अफ पहिलो लेगमा…

पेरु ३६ वर्षपछि विश्वकपमा, यी हुन् २०१८ मा छनोट भएका टिम

Posted by - November 16, 2017 0
पेरु दस खेलयता अपराजित छ, जुन उसको ७५ वर्षयताकै सबभन्दा सुखद हो । विश्वकपमा छनोट भएको खुशीयालीमा पेरुभियन सरकारले विहीबार…
%d bloggers like this: