सिंगापुरलाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

Famous Nepal
Famous Nepal १८ असार २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौँ । नेपाल मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ ।बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।

सिंगापुरकाे इनिङ्स कमजाेर बनाउन नेपालका सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । कृतिक कामतले सर्बाधिक ३ विकेट लिए । उनले २.३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । कप्तान अभिषेक तिवारी, प्रतीक पाेखरेल, सन्ताेष यादव, अशाेक धामी र नरेनले १/१ विकेट लिए ।

सिंगापुरका ओपनर श्रेयन च्यायु २ रनमा आउट भएपछि आएका रहील थाक्करले अर्का ओपनर राेशन रविचन्द्रनसंग मिलेर ४३ रनकाे साझेदारी गरे । रविचन्द्रनले सर्वाधिक २४ रन बनाए भने थाक्करले ७ रन जाेडे । कविर बेर्लियाले ११ र प्रनव धनुकाले १४ रन बनाउनुबाहेक दाेहाेराे अंकको रन छुन सकेनन् ।

- Advertisement -
Ad image

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।

सिंगापुरका हरिहरणले ३ विकेट लिए ।

नेपालले अब फाइनलमा भोलि मंगलबार घरेलु टोली मलेसियासँग खेल्ने छ । अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसियाले नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस्