प्रधानमन्त्री, राष्ट्रपति र सभामुख आफूले पाउनुपर्ने एमालेको दाबी

342 0

काठमाडौं । निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि एमाले र माओवादी केन्द्र भागवण्डा मिलाउन आन्तरिक छलफलमा जुटेका छन् । उनीहरु सरकार गठन र पार्टी एकताका बिषयमा छलफलमा जुटेका हुन् ।

बाम शीर्ष नेताहरुले सरकारको नेतृत्व आधा–आधा गर्ने वा अरु उपाय अपनाउनेबारे छलफल भएको बताएका छन् । पहिलो साढे दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री चलाउने बाँकीको साढे दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्नेबारे छलफल थालेको बताइएको छ । त्यसैगरी पार्टीको अध्यक्ष पदमा पनि सामूहिक नेतृत्वको धारणाले अघि बढ्ने विषयमा दुवै दलबीच छलफल चलिरहेको छ ।

राष्ट्रपति तथा सभामुखको पदमा दुई दलबीच विवाद देखिएको छ । एमाले राष्ट्रपति तथा सभामुख दुवै पद आफैसँग राख्न चाहन्छ भने माओवादी तीमध्ये एक पद आफूले पाउनुपर्ने दाबी गरेको छ । तर, एमाले भने उपराष्ट्रपति तथा उपसभामुख दुवै पद माओवादीलाई दिएर कुरा मिलाउने मनस्थितिमा देखिएको छ ।

प्रतिक्रिया

Related Post

कांग्रेस खराब पार्टी हो, अरु दुई पार्टी झनै खराब छन्- प्रदीप गिरी

Posted by - December 3, 2017 0
१७ मंसिर, लहान (सिरहा)। प्रदीप गिरीको लहान नगरपालिका १४ स्थित अस्थायी निवासमा पुग्दा उनको कोठा अस्तव्यस्त थियो । गिरी सहयोगीहरुलाई…

एमाले–माओवादी एकता प्रयास सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै

Posted by - January 2, 2018 0
काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त, सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ ।…

चिसो मुस्ताङमा चुनावी गर्मीः मामा–फुपूका छोराहरुबीच रोचक भीडन्त ७५ प्रतिशत जित सुनिश्चित भएको गौचन र तुलाचन दुवैको दाबी

Posted by - November 16, 2017 0
३० कात्तिक, पोखरा । वडा एउटै, गाउँ एउटै । मुश्किलले दुई सय मिटर दूरीको घर । एकजना मामाका छोरा, अर्का…

चितवनका जनताले ऐतिहासिक निर्णय गर्नेछन् : दाहाल

Posted by - October 30, 2017 0
चितवन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताएका छन्। चितवनमा आयोजित पत्रकार सम्मेलनमा…

कांग्रेससँग सति जान नसक्ने भन्दै केन्द्रको निर्देशन मानेन कास्की राप्रपाले

Posted by - November 10, 2017 0
पार्टी केन्द्रको निर्देशन विपरित राष्टिय प्रजातन्त्र पाटी कास्कीले आगामी मंसिर २१ गते हुने केन्द्र तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो उम्मेदवारी कायम…
%d bloggers like this: