ग्यास प्लान्ट आगलागीमा दुई अग्नि नियन्त्रकको मृत्यु

282 0

वीरगञ्ज : वीरगञ्जस्थित सुपर ग्यास प्लान्टमा भीषण आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्यासको प्लान्टमा बुधबार बिहान ६ बजेदेखि सुरु भएको आगलागीमा परी दुईजनाको मृत्यु भएको हो। यद्यपि मानवीय क्षतिको प्रहरीले पुष्टि गरिसकेको छैन।

वीरगञ्ज वारुण यन्त्रमा निमित्त प्रमुख शेरबहादुर कार्कीले आगो निभाउन गएका आफ्ना दुई कर्मचारीको मृत्यु भएको जानकारी दिए। उनका अनुसार यादवप्रसाद अधिकारी र मधुसुधन मिश्रको आगलागीमा ज्यान गएको हो।

दमकलकै अन्य दुई कर्मचारी घाइते भएका छन्। घाइते अरुणकुमार महतो र सञ्जीव नेपाललाई स्थानीय वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। आगो निभाउन गएको दमकल जलेर ध्वस्त भएको छ।

आगो निभाउन अमलेखगञ्जबाट ल्याइएको नेपाल आयल निगमको दमकल र भारत सरकारको अर्को एक दमकल भीषण आगलागीका कारण घटनास्थल जान सकेका छैनन्।

उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पुगे पनि आगोका कारण उनीहरू पनि दुई किलोमिटर वर नै रोकिएका छन्। ग्यास भण्डारण भएको स्थलमा आगो बलिरहेकाले पानीले पनि आगो निभाउन नसकिएको वीरगञ्ज वारुण यन्त्रमा निमित्त प्रमुख कार्कीले बताए।

घटना हुँदा ग्यास प्लान्टमा कति मानिस थिए खुल्न सकेको छैन।

प्रतिक्रिया

Related Post

निर्वाचन सुरक्षामा चुनौती, सिंचाई मन्त्री लक्षित गरी बम विष्फोट

Posted by - November 16, 2017 0
सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मदवार अमरसिंह पुनलाई निशाना बनाई रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा लक्षित गरी बम विष्फोट भएको छ…

दिपक मनाङ्गे पक्राउ गर्न रेड कर्नर नोटिस जारी

Posted by - March 18, 2018 0
काठमाडौं । प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित ’फरार माननीय’ राजीव गुरुङ भनिने दीपक मनाङेलाई खोजी गर्न प्रहरीले…

चुनाव बिथोल्न खोज्‍नेलाई जेल हाल्न प्रधानमन्त्रीको निर्देशन

Posted by - November 20, 2017 0
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न निर्देशन दिएका छन्। गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर…
%d bloggers like this: