चौकीदारदेखि माननीयसम्म

214 0

पुस ४, २०७४-१४ वर्षको बालापनमै गरिबीका कारण रोजगारी खोज्दै भारत छिरेका थिए, त्रिलोचन भट्ट । प्रवासमा कष्टकर जीवन बिताउँदा अनेकन दु:ख झेले । जवानी उतै बित्यो । त्यहाँ भोगेका र देखेका समस्या निवारण गर्न राजनीतितर्फ आकर्षित उनलाई मुलुकको माननीय बन्छु भन्ने कल्पनासम्म थिएन ।

इमान्दारिता र जनताप्रतिको प्रतिबद्धताले अहिले डोटी प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका छन् । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका उनलाई निर्वाचनताका विपक्षीहरूले ‘चौकीदार’ भन्दै चुनावी नारासमेत बनाए । २०४७ मा भारतमा काम गर्दागर्दै अखिल नेपाल–भारत एकता समाजको सदस्यता लिएका भट्टले त्यहीँ रहेको एउटा कम्पनीमा चौकीदारी गर्दै राजनीति सुरु गरेका थिए । सडकमा अलपत्र नेपालीको उद्धार र मजदुरका हक अधिकारबारे लड्दालड्दै उनी सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।

पछि ‘सशस्त्र संघर्ष’ मा भारतबाटै सहभागी भए । सामान्य कार्यकर्ताबाट सुरु भएको राजनीतिक यात्रामा उनी नेपाली एकता समाज महाराष्ट्र समिति कोषाध्यक्षसम्म बने । ०५१/०५२ मा आन्तरिक रूपले युद्धको तयारीका लागि प्रवासमा आर्थिक संकलन र व्यवस्थापनको जिम्मेवारी पाए । ०६० मा मुम्बई जिल्ला पार्टी सेक्रेटरीको जिम्मेवारी सम्हाले । ०६१ मंसिरमा प्रवासबाट नेपाल फर्के र यतै सक्रिय भए । ०६२ मा डोटी जिल्ला सेक्रेटरी बने । ‘बढ्दै गएको राजनीतिक विकृति, पार्टीको बिग्रँदै गएको छवि, निर्वाचनमा गरिने अकुत खर्च र तडकभडकले राजनीति उँभो लाग्लाजस्तो लागेको थिएन,’ भट्टले भने, ‘तर अभावका बीच गरिएको राजनीतिको जनताले मूल्यांकन गर्ने रहेछन् ।’

निर्वाचन जितिसके पनि उनमा रत्तिभर घमन्ड छैन । शालीन स्वभावका भट्ट विपक्षी उम्मेदवारको सम्मान गर्दै विकासमा जुट्ने बताउँछन् ।

 

प्रतिक्रिया

Related Post

चिसो मुस्ताङमा चुनावी गर्मीः मामा–फुपूका छोराहरुबीच रोचक भीडन्त ७५ प्रतिशत जित सुनिश्चित भएको गौचन र तुलाचन दुवैको दाबी

Posted by - November 16, 2017 0
३० कात्तिक, पोखरा । वडा एउटै, गाउँ एउटै । मुश्किलले दुई सय मिटर दूरीको घर । एकजना मामाका छोरा, अर्का…

एमाले र माओवादीको एकता: भागवण्डामा नै अल्झियो

Posted by - February 5, 2018 0
काठमाडौँ ।  एमाले र माओवादी केन्द्रको एकता प्रयास पदीय भागवण्डामा अल्झिएको छ । प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष नपाए एकता…

कुनै पनि शक्तिले काँग्रेसलाई हराउन नसक्ने : उपप्रम गच्छदार

Posted by - November 15, 2017 0
इटहरी, २७ कात्तिक उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीतिक इतिहास र विकास निर्माण अभियानमा नेपाली…

कांग्रेससँग सति जान नसक्ने भन्दै केन्द्रको निर्देशन मानेन कास्की राप्रपाले

Posted by - November 10, 2017 0
पार्टी केन्द्रको निर्देशन विपरित राष्टिय प्रजातन्त्र पाटी कास्कीले आगामी मंसिर २१ गते हुने केन्द्र तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो उम्मेदवारी कायम…

ओलीले यी ४ कारणले हार्दैैछन् झापा क्षेत्र ५ मा !

Posted by - November 20, 2017 0
कारण नम्बर १: पहिला पनि भोट दिएर जिताएरै पठाए ओलीलाई । त्यसपछि कहिल्यै साविकको जुरोपानी, कोहोबरा, गौरिगञ्ज तिर ओली फर्किएनन् ।…
%d bloggers like this: