राष्ट्रपति भण्डारी, ओली र प्रचण्डबीच यस्तो छलफल भयो शितल निवासमा

388 0

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशमा सहमति जुटाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश प्रमाणीकरण गर्न सरकारले दवाव दिईरहेका बेला बाम गठबन्धनका शिर्ष नेताद्धय ओली र दाहालसँग बुधबार सामूहिक भेट गरी राष्ट्रपति भण्डारीले अध्यादेशमा देखिएको विवाद तत्काल समाधान हुने गरी पहल गरिदिन आग्रह गरेका छन् । बुधबार विहान राष्ट्रपति भवन सितल निवासमा करिव २ घण्टा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश अघि बढन नसक्दा सरकार गठन प्रक्रियामा समेत ढिलाई हुनेतर्फ पनि दुवै नेताको गम्भिर ध्यानाकर्षण गराए ।

राष्ट्रपतिले अध्यादेशमा देखिएको विवाद समाधान गरेर अघि बढन बाम गठबन्धन दुवै नेतालाई एकैसाथ राखेर ध्यानाकर्षण गराएको राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि ऐन पारित हुन नसक्दा निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्या समेत तय गर्ने प्रक्रिया अघि बढाउन सकेको छैन् । यसै विषयमा गत शनिवार राष्ट्रपति भण्डारीसँग भेट गरी प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश तत्काल प्रमाणीकरण गर्न आग्रह गरेका थिए ।

यता, एमालेले भने एकल संक्रमणीय निर्वाचन प्रणालीको आधारमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराउने व्यवस्थासहित सरकारले तयार पारेको अध्यादेश संविधान विपरित भएकाले राष्ट्रपतिले प्रमाणीकरण गर्न नमिल्ने तर्क गर्दै आएको छ । एमाले र माओवादी केन्द्रले बहुमतीय प्रक्रियाबाट मात्रै राष्ट्रिय सभाको निर्वाचन गराउनुपर्नेमा जोड दिएपछि संसदबाट समेत यो विधेयक पारित हुन सकेको थिएन ।

प्रतिक्रिया

Related Post

एमाले नेता शेरधन राईको गाडीमा बम प्रहार, सुरक्षागार्ड घाइते

Posted by - November 14, 2017 0
चुनावी सभामा जाँदै गर्दा ट्याम्के मैयुङ गाउँपालिका– ६ स्थित गुम्बामा बिहान १० बजे अपरिचित समूहले बम हानेको राईका सञ्चार संयोजक…

बाम होईन, आम गठबन्धनले बन्छ देश : कांग्रेस युवा नेता विश्वप्रकाश

Posted by - November 23, 2017 0
झापा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले चुनावका…

स‌ंविधान संशोधन नभए आन्दोलनको आँधीबेहरी ल्याउछौंः अध्यक्ष महतो

Posted by - April 9, 2018 0
जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको सम्बोधन नभए पुनः आन्दोलनकोआँधीबेहरी ल्याउने बताएका छन्। महतोले संविधान…

मन्त्रीमण्डल बिस्तारको तयारीमा ओली, को को बन्दैछन् मन्त्री ?

Posted by - February 21, 2018 0
काठमाडौं । एमाले माओवादीको सहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेका छन् । मन्त्रिमण्डल विस्तारका विषयमा छलफल…

काँग्रेस संसदीय दलको मतदान सम्पन्न

Posted by - March 5, 2018 0
काठमाडाैँ – नेपाली काँग्रेसको संसदीय दलको नेता छान्न भइरहेको मतदान सम्पन्न भएकाे छ । संसदीय दलकाे नेता छान्न ६३ जना सांसदले मतदान…
%d bloggers like this: