हेर्नुहोस कांग्रेसबाट को को छानिँदैछन् समानुपातिक संसद ? (४० जनाकै नामसहित)

313 0

काठमाडौं, ५ पुस । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा ४० सिट पाउने भएको छ । जम्मा ६३ सिट जितेको कांग्रेसबाट प्रतिनिधिसभामा कम्तिमा एक तिहाई अर्थात २१ जना महिला निर्वाचित हुनुपर्छ ।

कांग्रेसको प्रत्यक्षबाट एकजना पनि महिला नजितेकाले संविधानअनुसार समानुपातिकबाट मात्र एक तिहाइ पुर्‍याउनुपर्ने बाध्यता छ । समग्रमा कम सिट जितेकोले कांग्रेसले अरु दलको तुलनामा समानुपातिकबाट सबैभन्दा धेरै १९ जना पुरुष छनौट गर्न पाउने भएको छ ।

यद्यपि कांग्रेसले २१ जनाभन्दा धेरै महिला सांसद बनाए पुरुषको संख्या घटाउनुपर्छ ।एमालेले समानुपातिकबाट ३ जना र माओवादीले केन्द्रले २ जना मात्र पुरुष निर्वाचित गर्न पाउनेछन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिकबाट बन्द सूचिमा रहेका उम्मेदवार निर्वाचित गर्दा क्रमसंख्या अनुसार नै निर्वाचित गर्नुपर्छ ।त्यस्तै कानुनमा उल्लेख भएको सातवटा क्लष्टरको अनुपात अनुसार छनोट गर्नुपर्ने बाध्यता पनि छ ।

जसमा खस आर्य ३१।२ प्रतिशत, आदिवासी जनजाती २८।७ प्रतिशत, थारु ६।६ प्रतिशत, दलित १३।३ प्रतिशत, मधेशी १५।३ प्रतिशत, मुस्लिम ४।४ प्रतिशत र पिछडिएको क्षेत्रबाट ४/३ प्रतिशत हुनुपर्छ ।

न्युनतम संख्या (२१ जना) मा महिलालाई समानुपातिक कोटाबाट निर्वाचित गर्दा को को पर्छन् त ?

महिला : २१ जना

कांग्रेसले समानुपातिकबाट निर्वाचित नगरी नहुने कम्तिमा २१ जना महिलामा खस आर्य कोटाबाट ७ जनाले सांसद बन्ने अवसर पाउँछन् ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचिअुनसार यो क्लष्टरबाट सुजाता कोइराला, पुष्पा भुषाल गौतम, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा र रुक्मणीदेवी कोइराला सांसद बन्नेछन् ।आदिवासी जनजाति क्लष्टरबाट कांग्रेसले ६ जना महिलालाई निर्वाचित गर्न पाउनेछ ।

जसनुसार बन्द सूचिमा रहेका ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हिरा गुरुङ, मीना सुब्बा र सुवर्ण ज्वारचन छनौट हुनेछन् ।यस्तै, दलित महिला कोटाबाट सुजाता परियार, लक्ष्मी परियार सेवा र विमला नेपाली सांसद बन्नुहुनेछ । त्यस्तै, मधेसी कल्स्टरबाट रहेकी सीतादेवी यादव, चित्रलेखा यादव र मिनाक्षी झा सांसद बन्नेछन् ।

निर्वाचन आयोगका अनुसार कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्न पाउँछ ।

दुवै कोटाबाट एक/एकजना निर्वाचित गर्दा महिलार्फ जम्मा प्राप्त गरेको २१ भन्दा धेरै हुने भएकाले थारु र मुस्लिममध्ये कुनै एकबाट एक जना छनोट गरिनुपर्छ । जसअनुसार थारु कोटाको पहिलो नम्बरमा रहनुभएकी पार्वती डिसी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीमा रहनुभएकी सर्वत आरा खानमध्ये एकजनाले सांसद बन्न पाउनेछन् । पीछडिएको क्षेत्रबाट हुम्लाकी रंगमती शाही सांसद बन्नुहुनेछ ।

पुरुष : १९ जना

कांग्रेसले पठाउने पुरुषतर्फका १९ जनाको नाममध्ये ६ जना खस आर्य कोटाबाट पठाउनुपर्छ । जसमा बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडु, किशोरसिंह राठैर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे पर्नेछन् ।

आदिवासी जनजाती कोटाबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ र जीपछिरिङ लामा छनौट हुनेछन् ।कांग्रेसको दलित क्लष्टरबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली गरी तीनजना सांसद बन्ने भएका छन् ।

त्यस्तै मधेसी कोटाबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय गरी तीनजना सांसद बन्नेछन् ।

कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्र्नुपर्ने हुन्छ । जसले गर्दा थारु कोटाको पहिलो नम्बरमा रहेका पद्यमनारायण चौधरी वा मुस्लिम समुदायबाट पहिलो नम्बरमा रहेका अतहर कमाल मुसलमानमध्ये एकजना सांसद बन्न पाउनेछन् । पीछडिएको क्षेत्रबाट अछामका रामबहादुर बिष्ट सांसद बन्नेछन् ।

प्रतिक्रिया

Related Post

कांग्रेससँग सति जान नसक्ने भन्दै केन्द्रको निर्देशन मानेन कास्की राप्रपाले

Posted by - November 10, 2017 0
पार्टी केन्द्रको निर्देशन विपरित राष्टिय प्रजातन्त्र पाटी कास्कीले आगामी मंसिर २१ गते हुने केन्द्र तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो उम्मेदवारी कायम…

नेपाल बन्दकाे अाव्हान नगरिएकाे विप्लवकाे प्रष्टीकरण

Posted by - November 23, 2017 0
काठमाडौं, मंसिर ७ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंसीर ८ गते नेपाल बन्द आयोजना नगरीएको स्पष्ट पारेको छ ।…

एमालेका शिर्ष नेताविरुद्ध अख्तियारले काट्यो पत्र, स्थायी कमिटीमा सुरु भयो खैलाबैला

Posted by - November 17, 2017 0
एमालेको ६ जना शिर्ष नेतासहित २९ जना पूर्वमन्त्री, सांसद, पूर्वपूशासक तथा अन्य उच्च पदस्थहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटे…

यी निर्वाचन क्षेत्र, जहाँ वाम गठबन्धनसँग हार्न सक्छन्, कांग्रेसका शीर्ष नेता

Posted by - November 17, 2017 0
प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी प्रमुख राजनीतिक दलहरुले गठबन्धन नै निर्माण गरेका छन् । एमाले र माओवादी केन्द्रले वाम…

कैलाली ५ मा कांग्रेस, वाम र विवेकशील साझाको भीडन्त, को बलियो ?

Posted by - November 20, 2017 0
कैलाली, मंसिर ४ । सात नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला…
%d bloggers like this: