निर्वाचन परिणामबारे कांग्रेसले सातै प्रदेशमा रणनीतिक भेला गर्ने

145 0

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको पक्षमा आएको परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने भएको छ। पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको बुधबार बानेश्वरमा बसेको बैठकले पार्टीको पक्षमा सोचेजस्तो मत परिणाम नआएको भन्दै यसका बारेमा पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने बताएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पार्टी पराजयबारे वडा समितिबाटै बहस चलाउनु आवश्यक रहेको बताए। ‘पार्टीको पराजयबारे वडा इकाई समितिदेखि केन्द्रीय तहका नेतासम्मले आत्मालोचना गर्नुपर्छ,’ उनले भने। बैठकले कांग्रेस नेतृत्वको वर्तमान सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण आधारका रुपमा लिइएको निर्वाचन सम्पन्न गराएको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरेको छ।

नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले पार्टीले निर्वाचनमा ल्याएको नतिजाबारे महासमितिको बैठक बोलाएर छलफल हुनुपर्ने बताए। ‘काँग्रेसले निर्वाचन हारे पनि मुद्दामा भने जितेको छ’, उनले भने।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पार्टीलाई बलियो बनाउन संगठनलाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक रहेको बताए। पार्टी बलियो बन्न गाउँदेखि केन्द्रसम्म संगठन बलियो हुनुपर्ने उनको भनाइ छ।

बैठकले सरकारले राष्ट्रपतिसमक्ष बुझाएको अध्यादेश यथाशीघ्र प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रहसमेत गरेको छ। बैठकमा नेपाली काँग्रेसका विभिन्न भ्रातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Related Post

भारतकै दवावमा माओवादीलाई सरकार बाहिर राख्न खाेजियाे : चित्रबहादुर केसी

Posted by - February 18, 2018 0
बुटवल,फागुन ६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको ईशारामा केपी ओलीले माओवादी केन्द्रलाई बाहिर राखेर मधेस केन्द्रित दलहरूसँग मिलेर…

नयाँ शक्तिका उम्मेदवारले पार्टी छाडे

Posted by - November 10, 2017 0
फिदिम :  मंसिर १० गते हुने निर्वाचनमा पाँचथरबाट प्रतिनिधि सभाको उम्मेद्धार बनेका नयाँ शक्ति पार्टी नेपालका दुई जना उम्मेद्धार सहित…

राष्ट्रपति भण्डारी ताप्लेजुङ जाने

Posted by - October 27, 2017 0
नागरिक अभिभन्दन कार्यक्रममा सहभागीहुन आउने उनले विहान पाथीभरा दर्शन गर्ने कार्यक्रम रहेको छ ।  त्यसपछि सदरमुकाम फुङलिङमा कञ्चनजंघा संरक्षण क्षेत्रका…

यी हुन् कांग्रेसको समानुपातिबाट सांसद बन्ने ‘भाग्यमानी’ ४० अनुहार

Posted by - January 18, 2018 0
मंसिर १० र २१ गते गरी दुई चरणमा भएको निर्वाचनमा प्रत्यक्ष तर्फ २३ सिट मात्र जितेको नेपाली काग्रेसले समानुपातिकमा भने…

हत्या-हिंसाको राजनीति सुरु भएको दिनललाई सम्मान गर्न सकिँदैनः ओली

Posted by - February 14, 2018 0
काठमाडौं । जनयुद्ध दिवसको अबसरमा पेरिसडाँडामा अायोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली अाएनन् । माओवादी केन्द्रका युवा संगठन वाइसीएल नेपालले…
%d bloggers like this: