पृथ्वीनारायण विश्वविद्यालय बन्नमा अब कसैले रोक्न सक्दैन’

278 0

पोखरा, ५ पुस ।  पृथ्वीनारायण क्याम्पस र त्रि.वि. उच्च शिक्षा सुधार परियोजनाको संयुक्त आयोजनामा “परिवर्तित सन्दर्भमा उच्च शिक्षाको स्वायत्तता ः पृ.ना. क्याम्पसका लागि अवसर र चुनौतीहरू” विषयक एक अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न भएको थियो।  क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाको अध्यक्ष्यतामा भएको सो कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचीव प्रा.डा. देवराज अधिकारी र पूर्व सदस्य सचीव भोला पोखरेल, त्रि.वि. उच्च शिक्षा सुधार परियोजनाका संयोजक प्राध्यापक शंकर भण्डारीका साथै वल्र्ड बैंकका शिक्षाविद्हरू प्रा.डा. मोहनप्रसाद अर्याल र डा. राजेन्द्रध्वज जोशीको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उच्च शिक्षामा गुणस्तर ल्याउन विश्वविद्यालय अनुदान आयोगको भूमिकाबारे बोल्दै आयोगका सदस्य सचिव प्रा.डा. अधिकारीले नेपालको परिवर्तित सन्दर्भमा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू पनि परिवर्तित हुन जरूरी भएको विचार व्यक्त गर्नुभएको थियो l उच्च शिक्षामा उत्कृष्टता उपलब्ध गर्न स्वायत्तता आवश्यक छ, वहाँले भन्नुभएको थियो l

नेपालको उच्च शिक्षा सुधारमा वल्र्ड बैंकको भूमिकाबारे आफ्नो विचार व्यक्त गर्ने क्रममा सो बैंकका उच्च शिक्षासम्बन्धी मामला हेर्ने प्रतिनिधि प्रा.डा. मोहनप्रसाद अर्यालले नेपालजस्तो विकासोन्मुख मुलुकका लागि बैंकको उच्च शिक्षामा लगानी आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो — “पृथ्वीनारायण क्याम्पसले आफूलाई सुधार गर्न चाहेमा बैंक लगानी गर्न सधै तयार छ ।” सोही बैंकका अर्का शिक्षाविद् डा. राजेन्द्रध्वज जोशीले हरेक देशको विकासका लागि उच्च शिक्षाको महत्वबारे बोल्नु भएको थियो । “विश्वका हरेक देशमा उच्च शिक्षाको विकाससंगै आर्थिक विकास पनि भएको कुरा तथ्य हो,” वहाँको भनाई थियो ।  उच्च शिक्षाको स्वायत्ततामा त्रि.वि. उच्च शिक्षा सुधार परियोजनाको भूमिकाबारे बोल्दै सो परियोजनाका संयोजक प्राध्यापक भण्डारीले नेपालको बदलिँदो परिवेशमा पृथ्वीनारायण क्याम्पसले स्वायत्तताको फाइदा लिँदै यस संस्थालाई विश्वविद्यालयमा परिवर्तित गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले थप्नुभयो, “पृथ्वीनारायण क्याम्पसले यस कार्यमा ढिलाई गरेमा प्रदेश नं. ४ को उच्च शिक्षामा आफ्नो अग्रणी भूमिकाबाट स्खलित हुनुपर्ने छ ।”

पृथ्वीनारायण क्याम्पसमा प्राज्ञिक उन्नयनका प्रयासहरू भन्ने शिर्षकमा बोल्दै यसै क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले पचासको दशकदेखि यस क्याम्पसलाई विश्वविद्यालय बनाउने प्रयास भएतापनि सो हुन नसकेकोमा दुखः व्यक्त गर्नुभयो । “ढिला नगरी क्याम्पसलाई स्वायत्त बनाउँदै विश्वविद्यालयमा परिवर्तन गर्नु पर्छ,” वहाँले भन्नुभएको थियो ।  सोही क्याम्पसका अर्का वक्ता सह–प्राध्यापक डा. मीन पुनले पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालयमा बनाउन आनाकानी गर्न नहुने र अब कसैले रोक्न पनि नसक्ने विचार व्यक्त गर्दै नेपालमा संघीय राज्यको अवधारणा र त्यसको कार्यान्वयनसँगै सबै चिज सोही अनुरूप परिवर्तन हुन्छ भन्ने तथ्य बुझ्नु पर्छ भन्नुभयो ।
उक्त अन्तक्र्रियात्मक कार्यक्रममा सोही क्याम्पसका करीब ६० जना प्रशासनिक पदाधिकारी र प्राध्यापकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Related Post

घाचोकमा हुने धनधान्यान्चल महायज्ञको तयारी अन्तिम चरणमा

Posted by - April 20, 2018 0
पोखरा, ७ वैशाख कास्कीको माछापच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा वैशाख ११ गतेदेखी १८ गतेसम्म हुन गईरहेको विराट शैक्षिक श्रीमद्भागवत…

‘युवालाई सुम्पिँदैमा कांग्रेस सुध्रिँदैन’

Posted by - January 14, 2018 0
संविधानसभा निर्वाचनमा पराजय भोगेका विश्वप्रकाश शर्माबारे धेरैको टिप्पणी थियो, ‘आउँदो संसद्‍मा उनी छुट्नु हुँदैन।’ तर, यसपटक पनि उनले चुनाव हारे। हारे…
%d bloggers like this: