प्रचण्डका कारण नेपाली राजनीतिमा फेरी चमत्कार हुदै, आखिर के गरे प्रचण्डले

21 0

काठमाडौं। दुई महिनादेखि राष्ट्रिय सभा निर्वाचन कानुन सम्बन्धी अध्यादेश रोकेर राखेकी राष्ट्रपति विद्यादेवी भण्डारी अब अध्यादेश नरोक्ने निश्कर्षमा पुगेकी छन्।

राष्ट्रपति भण्डारीले सम्भव भए आजै नभए भोलिसम्म अध्यादेश स्वीकृत गर्ने तयारी गरेको शितलनिवास स्रोतले जनाएको छ। दुई महिनादेखि अध्यादेश रोकेका कारण राष्ट्रपति भण्डारीप्रति नेपाली कांग्रेस रुष्ठ थियो।

अहिले सत्ताको नेतृत्व गरिरहेको दल कांग्रेसले अध्यादेश छिटो स्वीकृत गर्न राष्ट्रपतिलाई दबाब दिँदै आएको छ। तर निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको एमालेले अध्यादेशमा राखिएको एकल संक्रमणीय निर्वाचनसम्बन्धी व्यवस्थाको विरोध गर्दै आएको छ। दुई दलको विवादका कारण अध्यादेश रोकिएको छ।

विवादको समाधानका लागि मध्यमार्गी बाटो खोज्ने भन्दै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश पारित गराउन एमाले र राष्ट्रपतिलाई मनाएको बताइएको छ। प्रचण्डले अध्यादेश रोक्दा सिंगो मुलुकको राजनीति नै ठप्प भएको भन्दै यसलाई पारित गराउन एमाले र राष्ट्रपतिलाई तयार पारेको शितलनिवास स्रोत बताउँछ।

प्रचण्ड बिहीबार बिहानै शितलनिवास पुगेर राष्ट्रपतिलाई भेटेका थिए। उनी यही कुराको ब्रिफिङ गर्न पुगेका हुन्। आज बिहान राष्ट्रपति र प्रचण्डको भेटलगत्तै आजै दिउँसो एमाले स्थायी कमिटीको बैठक बस्ने तयारी गरिएको छ। अर्कोतर्फ आजै मन्त्रिपरिषद बैठक पनि बसिरहेको छ।

एमालेको बैठकले अध्यादेशलाई नरोक्ने निर्णय गर्ने तयारी भएको बताइएको छ। उता मन्त्रिपरिषद्ले पनि आज गर्ने केही निर्णय एमालेको अनुकूल हुनेगरी गर्न सक्ने अनुमान छ। मन्त्रिपरिषद्ले गर्ने निर्णय एमालेअनुकूल हुनेगरी गर्ने र एमालेले कांग्रेसले चाहेअनुसारको अध्यादेश ल्याउन बाटो खोलिदिएर राजनैतिक गाँठो फुकाउने सहमति भएको विश्वस्त स्रोतले जानकारी दियो।

एमाले बैठकको निर्णय र मन्त्रिपरिषद् बैठकको निर्णय अपेक्षित आएमा राष्ट्रपतिलाई अध्यादेश पारित गर्न बाटो खुल्नेछ। एमालेबाटै राष्ट्रपति भएका कारण राष्ट्रपतिले अध्यादेश रोकेकोमा एमालेले हरियो झण्डा देखाएपछि राष्ट्रपतिले अध्यादेश पारित गर्नेछिन्। यही प्रचण्डले भनेको मध्यमार्गी बाटो भएको बताइएको छ।

दुवै बैठकको निर्णय समय छँदै आएमा आजै अध्यादेश प्रमाणीकरण हुने सम्भावना छ। यदि बैठकको निर्णय आउन ढिलाइ भएका भोलि अध्यादेश प्रमाणीकरण हुने शितलनिवास स्रोत जनाउँछ।

प्रतिक्रिया

Related Post

जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार

Posted by - November 10, 2017 0
बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी अज्ञात…

ओलीले यी ४ कारणले हार्दैैछन् झापा क्षेत्र ५ मा !

Posted by - November 20, 2017 0
कारण नम्बर १: पहिला पनि भोट दिएर जिताएरै पठाए ओलीलाई । त्यसपछि कहिल्यै साविकको जुरोपानी, कोहोबरा, गौरिगञ्ज तिर ओली फर्किएनन् ।…

चुनावी घोषणापत्रमा विदेश नीति

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरूले मुलुकको परिस्थितिलाई अन्तर्राष्ट्रिय सम्बन्धसँग दाँज्दै कूटनीति सञ्चालनमा आफूअनुकूल व्याख्या गरेका…

वर्षमान पुनलाई लक्षित गर्दै रोल्पामा गोली प्रहार

Posted by - November 12, 2017 0
रोल्पा- चुनाव प्रचारमा हिँडेका नेकपा माओवादीका नेता वर्षमान पुनलाई लक्षित गर्दै अज्ञात समूहले गोली चलाएको छ। चुनावी कार्यक्रममा सहभागि हुन…

एमालेका शिर्ष नेताविरुद्ध अख्तियारले काट्यो पत्र, स्थायी कमिटीमा सुरु भयो खैलाबैला

Posted by - November 17, 2017 0
एमालेको ६ जना शिर्ष नेतासहित २९ जना पूर्वमन्त्री, सांसद, पूर्वपूशासक तथा अन्य उच्च पदस्थहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटे…
%d bloggers like this: