राणासंग र राजासंग नडराएको काङ्ग्रेस बामगठबन्धनसंग डराउँदैन: अर्जुननरसिंह केसि

149 0

नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसिले राष्ट्रीयसभा ले पूर्णता नपाईकन नयाँ प्रधानमन्त्री चुनिन नसक्ने बताउनु भएको छ ।

एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा केसिले लोकतन्त्रीक पद्धतिमा नयाँ सरकार चुन्ने थलो प्रतीनिधी सभा मात्र भएकाले त्यसले पूर्णता नपाईकन र त्यसको बैठक नबसिकन प्रधानमन्त्री चुनिन सक्दैन भन्नुभयो ।

काङ्ग्रेसले प्रचन्डलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको भन्ने भनाईको खन्डन गर्दै केसिले त्यस बारेमा पार्टी भित्र कुनै छलफल नभएको जिकिर गर्नुभयो ।

केसिले भने ‘प्रचन्डलाई प्रधानमन्त्री प्रस्ताव गर्नु काङ्ग्रेसको लागी आत्मघाती हुनेछ’ । केसिले थप्नुभयो बन्दुकमा बिश्वास गर्ने माओवादी लाई शान्तिपुर्ण धारमा ल्याउनु, सफलतापुर्वक प्रदेश र केन्द्रीय संसद को चुनाव गराउनु काङ्ग्रेसको सफलता हो, प्राबिधिक रुपमा केहि सिट घटबढ हुँदैमा पार्टिले हारेको ठहर्दैन ।

प्रतिक्रिया

Related Post

यी हुन् आगामी संसदलाइ अपरिहार्य तर हार निश्चित भएका महत्वपूर्ण उम्मेद्वारहरु

Posted by - November 27, 2017 0
पहिलो चरणअन्तर्गत आज हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको चर्चा जताततै चलिरहेको छ । त्यति मात्र होइन यस चरणमा विभिन्न…

यी हुन् कांग्रेसको समानुपातिबाट सांसद बन्ने ‘भाग्यमानी’ ४० अनुहार

Posted by - January 18, 2018 0
मंसिर १० र २१ गते गरी दुई चरणमा भएको निर्वाचनमा प्रत्यक्ष तर्फ २३ सिट मात्र जितेको नेपाली काग्रेसले समानुपातिकमा भने…

यी निर्वाचन क्षेत्र, जहाँ वाम गठबन्धनसँग हार्न सक्छन्, कांग्रेसका शीर्ष नेता

Posted by - November 17, 2017 0
प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी प्रमुख राजनीतिक दलहरुले गठबन्धन नै निर्माण गरेका छन् । एमाले र माओवादी केन्द्रले वाम…
%d bloggers like this: