कती गाली मात्र गर्छौ,कहिल्यै बुझेका छौँ हामी कर्मचारीको पीडा ?

128 0

काठमाडौ- थाहा छैन,दिन छ वा रात,विहान छ वा साँझ,भोक छ वा प्यास । किवोर्ड,माउस, ल्यापटप र प्रिन्टर छन साथमा पेन र फाइल छ हातमा,२४ घण्टा कामको मात्र चटारो छ दिमागमा ।

यस्तै यस्तै हुन्छ कर्मचारीको दिनचर्या । भन्नेले त भन्छन् ‘जागिर त मजाकै छ, घुम्ने कुर्चीमा बस्छ, तलब खान्छ‘सरकारी काम, कहिँले जान्छ घाम’आदि । कुर्चीमा बसेर मात्र खान कहाँ पाइन्छ र ? विहानदेखि रातीसम्म कुर्चीमा बसेर काम गर्न त्यति सजिलो छैन। कुर्चीमा बसेर दिमागले काम गर्ने हातले हैन ।

भन्न जति सजिलो र सहज हुन्छ, काम गरेर देखाउन तेति सजिलो छैन। रात दिन दिमाग र बुद्धि लँडाएरै काम गर्दछ । सरकारी काम गर्न सजिलो छैन, थोरै काम विग्रियो भने, राम्रो भएन भने जगिर नै चैट हुन्छ । जागिर जीवन नै सरकारी काममा समर्पण गरेको हुन्छ अनि कसरी हुन्छ, सरकारी काम, कहिले जान्छ घाम ? साथीभाइ भन्छन ‘जागिर खाएदेखि त मात्यो, हामीसँग बोल्नै छाड्यो हामीलाइ गन्नै छाड्यो।’

घरपरिवार भन्छन ‘हामिलाइ माया मार्यो ,निष्ठुरी भयो, विस्र्यो’। ‘भुल्या छैन हो, भुल्या छैन, फोन गरेर संझिन नसकेपनि मनले त सधै संझिरहन्छु’ भन्दै मुस्कुराउन सिवाय अरु हुँदैन ।  हातमुख जोर्नको लागि केही इलम गर्नुपर्ने, त्यसका लागि साथीभाइ घरपविारसँग टाँढिएर हिँड्नुपर्ने।

निर्जिव बस्तुसँग गास्नुपर्ने मित्रता, कार्यालयको कार्यबोझ विहानैदेखि साँझसम्म । राती सुत्नै परो, कतिखेर साथीभाइ सँग भेट्ने, गफ गर्ने रु घरपरिवार आफन्तजनसँग भलाकुसारी कति खेर गर्ने ? अनि कसरी साथीले साथी छ भनेर संझियोस, भनोस ? अनि किन पातलो नहोस मित्रता र साथ । यस्तै हुने रैछन कर्मचारीका विवशता र पीडा ।

कर्मचारीले कर्मचारीको भावना पीडा बुझ्दछन, किनकि सबै कर्मचारीको पीडा प्रायः एकै हुन्छन् । तर साथीभाइ र घरपरिवारलाइ के भनेर बुझाउने के निहुँ पार्ने ? कर्मचारी पनि त मानिस नै हो, उसको नि मन हुन्छ , जागिर खाँदैमा वा कर्मचारी हुँदैमा उसको मन कसरी निष्ठुरी हुन्छ ? बरु उसले हरपल मिस गरिरहेको हुन्छ, आफ्ना साथीभाइ , घरपविारलाई ।कर्मचारी भएपछि त्यो मन, मुटु, चेतना अनि दिमाग फेरिने त हैन ।

उसका पनि आम मानिस जस्तै इच्छा , चाहाना, भावनाहरु हुन्छन। सामाजिक प्राणि समाज, साथिभाइ, घरपरिवार विना कसरी रहन वाँच्न सक्छ र ? अझ भन्नुपर्दा लेखाको कर्मचारीहरुको कार्यप्रकृति त्यस्तै हुन्छ, विशेष काम नदेखिने तर एकछिन फुर्सद पनि नहुने। कार्यबोझ, कार्यप्रकृतिले गर्दा फोन सम्पर्क, भेटघाट पातलो बनाइदिने रैछ ।

जागिरे समयसम्म साथीभाइ टाढा भइसकेका हुन्छन, माया ममता घटीसकेको हुनेरैछ । घरपरिवारसँग पनि अवस्था त्यस्तै हुन्छ , माया ममताको कमि हुँदो रैछ ।, जुन कार्यालय गयो त्यही घरपरिवार मानी कर्म गर्नुपर्ने, नयाँ कार्यालयका नयाँ कर्मचारी स्टाफहरुसँग मित्रता बढ्ने तर पुराना स्टाफसँगको सम्बन्ध पातलो हुँदै जानेरैछ । जति नजिक भयो जति सम्पर्क बढायो त्यति नै मित्रता हुनेरैछ ।

जव अवकाश भएपछि थाहा हुन्छ अनि गहिरो निद्राबाट ब्युँझिएझै हुन्छ, खै घरपरिवार, खै साथीभाइ ? खै सहकर्मी कर्मचारी ? मात्र हुन्छ एक्लो ।

प्रतिक्रिया

Related Post

‘चुनाव सार्नु देशलाई खाल्डामा हाल्नु हो’

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-पूर्वकानुनमन्त्री नीलाम्बर आचार्य राजनीतिका अलावा संविधान र कानुनी क्षेत्रमा दशकौंदेखि क्रियाशील छन् । वरिष्ठ अधिवक्ता आचार्य २०४७ सालको…

‘लाप्राक र एनआरएनए भवन मुख्य एजेन्डा’

Posted by - October 30, 2017 0
आश्विन २९, २०७४-गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय साधारणसभा राजधानीमा चलिरहेको छ । यो महाधिवेशनबाट संघको…

भक्तपुरमा निरक्षरदेखि स्‍नातकोत्तर सम्मका उम्मेदवार चुनावी मैदानमा, कसको योग्यता कति?

Posted by - November 20, 2017 0
मंसिर ४, २०७४ भक्तपुर : २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निरक्षरदेखि स्नातकोत्तर तहसम्म उत्र्तीण उम्मेदवारहरु…
%d bloggers like this: