प्रहरी र विद्यार्थी झडप- अखिल उपाध्यक्ष र महासचिव घाइते

149 0

काठमाडौँ  । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

अनेरास्ववियुले आज दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो ।

त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीले प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्त यादवको पुत्ला प्रहरीले खोसेपछि झडप भएको अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालले जानकारी गराउनुभयो ।

पुत्ला खोस्ने क्रममा प्रहरीले लाठी प्रहार गरेको थियो । पछि विद्यार्थीले पनि ढुङ्गा हान्न थालेपछि प्रहरीबाट अश्रुग्यास प्रहार गरिएको थियो । अश्रुग्यास प्रहारपछि विद्यार्थी तितरवितर भएका थिए ।

लाठी प्रहारबाट अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला र महासचिव ऐन महर घाइते भएका छन् ।

बर्तौलाको टाउको र महरको खुट्टामा चोट लागेको छ । बर्तौलाको टाउकामा १७ वटा टाँका लगाइएको सचिव समीक बडालले जानकारी दिनुभयो । दुबैको प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Related Post

चुनावका बेला ४ दिन स्कुल बन्द हुने

Posted by - November 20, 2017 0
मंसिर ४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवधिमा ४ दिन स्कुल बन्द गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । सिफारिस…

वर्षमानको घोषणाः हाइड्रोमा शेयर भएका युवालाई खोजेर ज्वाईं बनाउने दिन ल्याउँछु

Posted by - March 18, 2018 0
काठमाण्डु, ३ चैत– नवनियुक्त उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले नतिजा देखिने गरी काम गर्ने प्रतिबद्धता देखाएका छन् । माओवादी…

‘राष्ट्रिय सभा निर्वाचन र सत्ता हस्तान्तरण ढिलो नगर’

Posted by - January 4, 2018 0
काठमाडौं : वाम गठबन्धनले अबिलम्ब सत्ता हस्तान्तरण गर्न र राष्ट्रिय सभाको निर्वाचन माघ १० गतेभित्र गर्न प्रधानमन्त्रीलाई दवाब दिएको छ। बिहीबार…

चिनौ प्रदेश प्रमुखलाई, को के थिए?

Posted by - January 24, 2018 0
काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली कांग्रेसको सिफारिसमा…

सिन्धुपाल्चोकको देउरालीमा झडप, प्रहरीद्वारा हवाई फायर

Posted by - November 26, 2017 0
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा एकआपसमा झडप भएको छ । झडप नियन्त्रण नआएपछि नियन्त्रणमा लिनको लागि एक…
%d bloggers like this: