सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, यस्तो छ नयाँ मूल्य

261 0

काठमाडौं, पुस १७
सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नयाँ मूल्य सोमबार मध्यरातिदेखि लागू हुनेछ ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।

आयल निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँ मूल्य बढाइएको छ ।

यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

नयाँ मूल्य अनुसार पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९-७९ रुपैयाँ पुगेको छ ।

यसैगरी खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई इन्धन आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

मूल्य समायोजन गरेपछि निगमको मासिक घाटा घटेर २६ करोड ४० लाखमा झरेको प्रवक्ता गोइतले जानकारी दिए ।

प्रतिक्रिया

Related Post

कैदीबन्दीलाई छैन मताधिकार

Posted by - November 16, 2017 0
गुल्मी : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गएपनि जिल्ला कारागार गुल्मीका कैदीबन्दी भने भोट हाल्न पाउने नपाउनेमै अन्योलमा छन् । निर्वाचन…

नेत्रविक्रम चन्द विप्लवको कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप

Posted by - April 9, 2018 0
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । धनगढीको चौराहमा दोहोरो झडप भएको…

गुप्तचर रिपोर्टको दाबी, एमालेको सय सिट, कांग्रेस सय सिट नजिक, राप्रपा मासिने

Posted by - December 4, 2017 0
पहिलो चरणको निर्वाचनअगावै राष्ट्रिय अनुसन्धान विभागले प्रक्षेपण गरेको एक निर्वाचनसम्बन्धी प्रतिवेदन बाहिरिएको छ । रिपोटर्स नेपालका अनुसार रिपोर्टमा एमाले सबैभन्दा…

समानुपातिकबाट ५ दललाई राष्ट्रिय मान्यता, कसले कति सीट पाउलान् ?

Posted by - December 13, 2017 0
काठमाडौं, २७ मंसिर– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ सबै १६५ निर्वाचन क्षेत्रका मतपरिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक भएको परिणामअनुसार नेकपा एमालेले…
%d bloggers like this: