युट्युवमा छाडा भिडियो बनाउनेहरुलाई सिधा कुरा । नेपाली क्रिकेटलाई आईसीसीले प्रतिवन्ध लगाउन सक्ने

113 0

हिजो आज युट्युब हेरीनसक्नु भएको छ । आ-आफ्ना सामाग्रीको भ्यु बढाउन, सबस्क्राइब बढाउन मानिसहरु गति छाडेर लागि परेका छन् । २ अर्थ लाग्ने कुराहरु,अर्धनग्न तस्वीरहरु र गति छाडा निर्लज्ज पनले युट्युबलाई हेर्न नसकिने माध्यम बनाउँदै छ। लोकप्रियता हासील गर्न जे पनि गर्न तल्लीन युवापुस्ताहरुको फोहोरी प्रतिस्पर्दा देखेर भन्न मन लाग्छ, यस्ता भिडियो बनाउनेहरु र यस्तो निर्लज्ज अभिव्यतिm दिनेहरु आफ्ना आमा वुवा,इष्टमीत्रका अगाडी कसरी मुख देखाउन सक्छन् होला । आज त तपाई नौ जवान हुनुहुन्छ होला तर तपाईले बनाएको भिडियो, सोधेका प्रश्न र दिएका उत्तर युट्युबमा सुरक्षीत हुन्छन् र धेरैले त्यसलाई डाउनलोड गरेर पनि राखेका होलान ।

आज तपाइले युट्युबमा राखेका सामाग्री सायद दुर दराजमा भएका तपाईका नाता गोता अविभावकहरुकोे पहुँचमा छैन होला । टाढा कतै दुर्गम गाँउमा घाँस दाउरा गर्दे गरेकी तपाईकी आमा युट्युवको दुनीयाबाट निकै टाढा होलीन तर कुनै दिन तपाई आफै आमा बन्नु हुनेछ र कसैले डाउनलोड गरेर राखेको त्यो भिडियो तपाईका सन्तानले हेरे भने तिनको आँखामा आँखा जुधाएर त्यसको सामान गर्न सक्नुहुन्छ ः? अथवा कसै कसैलाई लाग्दो हो आँफु एक्सट्रा मोर्डन भईसके, अभिवावकहरु र समाज नै पिछडिएको छ । त्यसैले आइ डोन्ट क्येर । यो समाज त्यति पिछिडीएको पनि छैन जति तपाईहरु भुइमा न भाँडोमा हुनुभएको छ । ग्लेमर र भल्ग्यारीटिमा फरक छ । सभ्य शिष्ट समाजमा उश्रृङखलता फैलाएर, नग्नता बेचेर र निम्नकोटीका सस्ता र घिन लाग्ने शब्दहरु प्रयोग गरेर कमाएको पैसाले भनेजस्ता कपडा किनेर त लगाउनु होला तर तपाई नांगिएको ति सबैलाई थाहा पाइसकेका हुनेछन् जतिले तपाईको लाज पचेका अभिव्यतmीयुतm भिडियो भ्यु गरे र सब्सक्राइब गरे ।

तपाईहरुलाई भजन किर्तन गरेको भिडियो बनाउनुस भनेको होइन तर टाइटल र थम्बनेलमा नै अस्लीलता भएको भिडियोले धेरै मानीसलाई लाज मर्नु पारेको छ । धेरै मानिस आफ्नो स्मार्ट फोन आफ्नो परीवारका केटोकेटी देखी बाबुआमा सम्मलाई प्रयोग गर्न दिन्छन् । सभ्य यो समाजका हरेक व्यतmीहरु आज युट्ब्युमा जानै डराउँछन् । विकृती यसैगरी बढ्ने हो भने प्रहरी प्रशासनले पनि आँखा बन्द गर्न नमिल्ला । यो समाज मोर्डन मात्र होइन एक्सट्रा मोर्डन बन्न तयार छ तर लाज पचेका नकचरा/नकचरीहरुको निर्लज्ज प्रस्तुती हेरेर सँधै लाजले मुख रातो पारेर बस्न सक्दैन । मुख भरीको जवाफ दिएर ती युट्युव च्यानलहरु बन्द गर्न पनि सक्छन् ।

प्रतिक्रिया

Related Post

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशमै पढेका ४१% फेल

Posted by - January 4, 2018 0
काठमाडौँ — नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा…

पोखरा बिश्वबिध्यालयको स्व बि यु निर्बाचनमा बाम बिधयार्थीको पवोर र्संग ट्याकल गर्दै ने,बि संघ का यी हस्तीहरु

Posted by - March 27, 2018 0
येही चैत्रको २१ गते पोखरा बिश्वबिध्यालयमा पहिलो पटक हुन गैरहेको स्वतन्त्र बिधार्थी युनियनको निर्बाचन मा नेपाल बिधार्थी संघको तर्फ बाट…

कतार एअरवेजको जहाज डेढ घण्टादेखि आकाशमै होल्ड

Posted by - February 12, 2018 0
काठमाडौं : कतारको दोहाबाट नेपालका लागि उडेको कतार एअरवेजको विमान मौसम खराबीका कारण आकाशमै होल्ड भएको छ। बिहान साढे ११ मा…

दुखत बखर ! नेपाल आइडका विजेता बुद्ध लामा हस्पिटल भर्ना ! कारण यस्तो छ…

Posted by - March 15, 2018 0
दुखत बखर ! नेपाल आइडका विजेता बुद्ध लामा हस्पिटल भर्ना ! कारण यस्तो छ…काठमाडौं। पहिलो नेपाल आइडल बन्न सफल वुद्ध…

जापानमा नेपाली द्वारा नेपालीमाथिनै छुरा प्रहार

Posted by - April 8, 2018 0
जापानमा नेपालीहरुको आपराधिक घटनामा संलग्नता बढिरहेको प्रसंग चलिरहेकै बेला फेरि त्यस्तै घटना सार्वजनिक भएको छ । फुकुओका सहरमा अवस्थित एक…
%d bloggers like this: