काठमाडौँको तापक्रम एक डिग्री

106 0

काठमाडौँ — यहाँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै बिहीबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।

काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो। काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए। उनका अनुसार चिसो अझै बढ्ने छ। बुधबारको तुलनामा अझ झनै चिसो बढेको छ।
‘काठमाडौँ मात्र हैन देशैभर चिसो बढेको छ, हिजोभन्दा आज बढी चिसो छ, देशभर अझै चिसो बढ्नेछ’, उनले भने। बिहानैदेखि घाम लागे पनि कठ्यांग्रिँदो जाडोले सर्वसाधारणलाई समस्या भएको छ।
तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको र यसमा उत्तर पश्चिम वायुको केही प्रभाव पनि देखिएको मौसमविद् कँडेलको भनाइ छ।
प्रतिक्रिया

Related Post

प्रदेश ४ मा मुख्‍यमन्त्री गुरुङसहित सभामुख र मन्त्रीले लिए शपथ

Posted by - February 16, 2018 0
पोखरा : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्।मुख्यमन्त्री गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले र एक मन्त्रीले…

इतिहास विषयमा विद्यार्थी शुन्य, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हाजिर गरेर घर फर्किन्छन्

Posted by - April 9, 2018 0
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयको पढाइ हुन छाडेको छ । विद्यार्थी नभएपछि इतिहास विषयको पढाइ हुन छाडेको हो ।…

बुटवलको गोलपार्कमा शंकास्पद बस्तु भेटियो

Posted by - November 20, 2017 0
बुटवलको गोलपार्कमा शंकास्पद बस्तु भेटियो ४ मंसिर, बुटवल । बुटवलको गोलपार्कमा शंकास्पद बस्तु फेला परेको छ । कपडामा बेरेर राखिएको…

‘राष्ट्रिय सभा निर्वाचन र सत्ता हस्तान्तरण ढिलो नगर’

Posted by - January 4, 2018 0
काठमाडौं : वाम गठबन्धनले अबिलम्ब सत्ता हस्तान्तरण गर्न र राष्ट्रिय सभाको निर्वाचन माघ १० गतेभित्र गर्न प्रधानमन्त्रीलाई दवाब दिएको छ। बिहीबार…

समानुपातिकबाट ५ दललाई राष्ट्रिय मान्यता, कसले कति सीट पाउलान् ?

Posted by - December 13, 2017 0
काठमाडौं, २७ मंसिर– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ सबै १६५ निर्वाचन क्षेत्रका मतपरिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक भएको परिणामअनुसार नेकपा एमालेले…
%d bloggers like this: