नाङ्गै खानपिन गरौं

109 0

निवस्त्र हिँड्डुल गर्न चाहनेहरूको जमात बिस्तारै बढ्दै गएको छ । पहिले समुद्र तटमा निर्वस्त्र हुन चाहनेहरू बिस्तारै सहरभित्र पनि प्रवेश गर्न थालेका छन् । फेसनको राजधानी पेरिसमा निर्वस्त्र भएर हिँडडुल गर्ने पार्कको अभाव भएपछि उनीहरूको मागलाई सम्बोधन गर्दै सरकारले पेरिस सहरमै निर्वस्त्र हिँडडुल गर्न पाइने पार्कको व्यवस्था गरेको थियो । अहिले पेरिसमै ‘ओ नेचुरल’ नामको रेस्टुराँ सञ्चालनमा आएको छ ।

केबल डिनरका लागि मात्र सञ्चालनमा आएको यो रेस्टुराँमा खाना खान पहिल्यै सिट बुकिङ गर्नुपर्छ । बिमा कम्पनीका एक सेल्सम्यानले नयाँ परिकल्पनाका साथ सञ्चालनमा ल्याएको यो रेस्टुराँमा पुगेपछि एउटा कोठामा गएर आफूले लगाएर आएका सबै पहिरन खोल्नुपर्छ अनि रेस्टुराँले उपलब्ध गराएको चप्पल मात्र लगाएर डिनर टेबुलमा जान पाइन्छ । यो रेस्टुराँप्रति अहिले निर्वस्त्र हुन चाहनेहरूको आकर्षण बढिरहेको छ । युरोपमा यस्तो किसिमको रेस्टुराँ यसअघि लन्डनमा पनि सञ्चालनमा आएको थियो

 

प्रतिक्रिया

Related Post

हलमा राष्ट्रगान किन ?

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-बलिउड अभिनेत्री विद्या बालनले फिल्म हलमा राष्ट्रगान बजाउने नियम वाहियात भएको बताएकी छन् । भारतीय अदालतले शनिबार यस्तो…

सकियो ‘भोर’ को छायांकन

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-निर्देशक यादवकुमार भट्टराईको नेपाली फिल्म ‘भोर’ को छायांकन सम्पन्न भएको छ । मधेसको प्रमुख सामाजिक समस्या दाइजोमा आधारित…

सिरुमारानी

Posted by - February 23, 2018 0
पोखरा थिएटरमा सरुभक्त श्रेष्ठद्वारा रचित नाटक ‘सिरुमारानी’ मञ्चन भैरहेको छ । फागुन २ गतेदेखि १५ गतेसम्म हरेक साँझ मञ्चन हुने…

जब आँचल परिन् अपहरणमा

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-शुक्रबार साँझ वीरगन्ज नजिकको पर्सागढी नगरपालिकास्थित एक पुरानो हवेलीको आँगनबाटै अभिनेत्री आँचल शर्मा अपहरणमा परिन् । सेतो पिकअप…
%d bloggers like this: