देउवालाई रामचन्द्र पौडेलको प्रश्न: केन्द्रीय समितिको बैठक कहिले बोलाउने ?

91 0

काठमाडौं- नेपाली कांग्रेका महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्।

सोमबार बिहान नेताद्वय प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई भेटेका थिए। भेटमा कृष्ण सिटौला र विमलेन्द्र निधि समेत उपस्थित थिए।

उनीहरुले पार्टी केन्द्रीय समिति बैठक तत्काल बोलाउन आग्रह गर्दै विधि र विधान विपरित गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न देउवालाई भनेका छन्।

उनीहरुले पार्टी केन्द्रीय समिति बैठक तत्काल बोलाउन आग्रह गर्दै विधि र विधान विपरित गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न देउवालाई भनेका छन्।

पौडेलले पार्टी अहिले संकटमा भएको बताउँदै करेक्सन गरेर नवजीवन दिन सभापतिलाई आग्रह गरेका थिए।

जवाफमा देउवाले सल्लाह गरेर बैठक बोलाउने बताउँदै पार्टीलाई सुदृढ गर्दै अघि बढाउनुको विकल्प नभएको बताएका थिए।

यस अघि आइतबार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निकट केन्द्रीय सदस्यहरुको छुट्टै बैठक बसेको थियो। उनीहरुको भेलाले प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवालाई आग्रह गर्दै भेटेर कुरा गर्ने जिम्मा पौडेललाई दिएको थियो।
पौडेल पक्षीय युवा केन्द्रीय सदस्यहरुको सक्रियतामा आइतबार राजधानीमा भएको भेलाले सभापति देउवाले बैठक बोलाउन विलम्ब गरेर हस्ताक्षर अभियान चलाउने निष्कर्ष समेत निकालेको थियो। उनीहरुले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार टुंगो केन्द्रीय समितिबाटै लगाउनुपर्ने माग गरेका थिए।

प्रतिक्रिया

Related Post

कुन प्रदेशमा को बन्दैछन् मुख्यमन्त्री ? यस्ता छन् दाबेदार

Posted by - December 19, 2017 0
काठमाडौं : प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सकिएसँगै देश अहिले प्रदेशको राजधानी र मुख्यमन्त्रीको बहसमा केन्द्रित भएको छ । एकातिर प्रादेशिक…

बामदेवलाई केपीले, नारायणकाजीलाई प्रचण्डले, अनिल शर्मालार्इ माधव नेपाल र कांग्रेसलार्इ देउवाले हराएको दावी

Posted by - December 11, 2017 0
काठमाडौं, २४ मंसिर । प्रतिनिधि र प्रदेश सभाको जारी मत गणनाको परिणाम अाइरहेको छ । परिणामले नेकपा एमाले र माओवादी…

विवेकशील साझाले राष्ट्रिय सभामा कांग्रेसलाई मत दिने

Posted by - January 24, 2018 0
प्रदेश नम्बर तीनमा तीन प्रदेश सभा सदस्य रहेको सो दलले कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई मत दिने भएको हो। ‘अन्य दलले…

नेपाल बन्दकाे अाव्हान नगरिएकाे विप्लवकाे प्रष्टीकरण

Posted by - November 23, 2017 0
काठमाडौं, मंसिर ७ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंसीर ८ गते नेपाल बन्द आयोजना नगरीएको स्पष्ट पारेको छ ।…

कैलाली ५ मा कांग्रेस, वाम र विवेकशील साझाको भीडन्त, को बलियो ? Copy

Posted by - November 23, 2017 0
कैलाली, मंसिर ४ । सात नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला…
%d bloggers like this: