काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

103 0

काठमाडौँ – प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रियालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग उठेपछि निर्वाचनपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो।

बैठकमा निर्वाचनमा पार्टीको पराजयको समेत समीक्षा गर्ने भनिए पनि आजको बैठक एकदिने मात्र हुने र राष्ट्रियसभा निर्वाचनको तयारीमा मात्र केन्द्रित हुने भएकाले अन्य विषय छलफलका लागि तुरुन्तै अर्को बैठक बोलाइने बताइएको छ ।

निर्वाचनपछि पार्टीमा केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, संगठन सुदृढीकरणका लागि विभाग गठन र केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनको माग उठिरहेको सन्दर्भमा बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

Related Post

कुन प्रदेशमा को बन्दैछन् मुख्यमन्त्री ? यस्ता छन् दाबेदार

Posted by - December 19, 2017 0
काठमाडौं : प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सकिएसँगै देश अहिले प्रदेशको राजधानी र मुख्यमन्त्रीको बहसमा केन्द्रित भएको छ । एकातिर प्रादेशिक…

काङ्ग्रेस संसदीय दलको नेतामा सर्बसम्मती

Posted by - March 4, 2018 0
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफूलाई सर्वसम्मत बनाउने प्रयास गरेका छन् । पार्टी पराजित भएको अवस्थामा दलको…

एमाले–माओवादी एकता प्रयास सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै

Posted by - January 2, 2018 0
काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त, सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ ।…

चुनावमा चन्दा आतंक: व्यक्तिगत चन्दा संकलनले विकृति

Posted by - November 16, 2017 0
उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको मोबाइल केही दिनयता धेरै समय अफ हुन्छ। चन्दा माग्नेको फोनबाट आजित भएपछि मोबाइल…

चितवनका जनताले ऐतिहासिक निर्णय गर्नेछन् : दाहाल

Posted by - October 30, 2017 0
चितवन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताएका छन्। चितवनमा आयोजित पत्रकार सम्मेलनमा…
%d bloggers like this: