यी हुन् कांग्रेसको समानुपातिबाट सांसद बन्ने ‘भाग्यमानी’ ४० अनुहार

1722 0

मंसिर १० र २१ गते गरी दुई चरणमा भएको निर्वाचनमा प्रत्यक्ष तर्फ २३ सिट मात्र जितेको नेपाली काग्रेसले समानुपातिकमा भने ४० सिटमा आफ्नो झण्डा गाड्न सफल भएको छ ।

समानुपातिक र प्रत्यक्ष गरी जम्मा ६३ सिट जितेको कांग्रेसबाट प्रतिनिधिसभामा कम्तिमा एक तिहाई अर्थात २१ जना महिला निर्वाचित हुनुपर्छ ।

प्रत्यक्षतर्फबाट निर्वाचित भएका कांग्रेस उम्मेद्वारमा एक पनि महिलाले आफ्नो जित निकाल्न सकेनन् । जसको कारण नेपाली कांग्रेसले समानुपातिक तर्फबाट पद पूर्ति गरेर भए पनि संविधानअनुसार एक तिहाइ पुर्‍याउनुपर्ने बाध्यता छ ।

समग्रमा कम सिट जितेकोले कांग्रेसले अरु दलको तुलनामा समानुपातिकबाट सबैभन्दा धेरै १९ जना पुरुष छनौट गर्न पाउने भएको छ । यद्यपि कांग्रेसले २१ जनाभन्दा धेरै महिला सांसद बनाए पुरुषको संख्या घटाउनुपर्छ ।

बाम गठबन्धनको राम्रो प्रभावको कारण पहिलो दल बनेको नेकपा (एमाले) ले समानुपातिकबाट ३ जना र माओवादीले केन्द्रले २ जना मात्र पुरुष निर्वाचित गर्न पाउनेभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिकबाट बन्द सूचिमा रहेका उम्मेदवार निर्वाचित गर्दा क्रमसंख्या अनुसार नै निर्वाचित गर्नुपर्छ ।

त्यस्तै कानुनमा उल्लेख भएको सातवटा क्लष्टरको अनुपात अनुसार छनोट गर्नुपर्ने बाध्यता पनि छ । जसमा खस आर्य ३१.२ प्रतिशत, आदिवासी जनजाती २८.७ प्रतिशत, थारु ६.६ प्रतिशत, दलित १३.३ प्रतिशत, मधेशी १५.३ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र पिछडिएको क्षेत्रबाट ४.३ प्रतिशत हुनुपर्छ ।

नेपाली कांग्रेसको तर्फबाट न्युनतम संख्या (२१ जना) मा महिलालाई समानुपातिक कोटाबाट निर्वाचित गर्दा को को पर्छन् त ?

महिला मध्ये पनि खस आर्यकोटाबाट ७ जनाले स्थान पाउँनेछन् । जसको लागि बन्द सूचीमा परेका सुजाता कोइराला, पुष्पा भुषाल गौतम, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा र रुक्मणीदेवी कोइराला सांसद बन्नेछन् ।

त्यस्तै, महिला कोटाको आदिवासी जनजाति तर्फबाट कांग्रेसले ६ जना महिलालाई निर्वाचित गर्न पाउनेछ । जसनुसार बन्द सूचिमा रहेका ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हिरा गुरुङ, मीना सुब्बा र सुवर्ण ज्वारचन छनौट हुनेछन् ।

यस्तै, दलित महिला कोटाबाट सुजाता परियार, लक्ष्मी परियार सेवा र विमला नेपाली सांसद बन्नुहुनेछ । त्यस्तै, मधेसी कल्स्टरबाट रहेकी सीतादेवी यादव, चित्रलेखा यादव र मिनाक्षी झा सांसद बन्नेछन् ।

निर्वाचन आयोगका अनुसार कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्न पाउँछ । दुवै कोटाबाट एक/एकजना निर्वाचित गर्दा महिलार्फ जम्मा प्राप्त गरेको २१ भन्दा धेरै हुने भएकाले थारु र मुस्लिममध्ये कुनै एकबाट एक जना छनोट गरिनुपर्छ ।

जसअनुसार थारु कोटाको पहिलो नम्बरमा रहनुभएकी पार्वती डिसी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीमा रहनुभएकी सर्वत आरा खानमध्ये एकजनाले सांसद बन्न पाउनेछन् । पीछडिएको क्षेत्रबाट हुम्लाकी रंगमती शाही सांसद बन्नुहुनेछ ।

पुरुष १९ (जना जसको लागि महिलाको तर्फबाट २१ जना मात्र छनौट गर्नु पर्दछ)

समानुपातिको तर्फबाट सांसद बनाउनको लागि नेपाली कांग्रेसले पठाउने पुरुषतर्फका १९ जनाको नाममध्ये ६ जना खस आर्य कोटाबाट पठाउनु पर्ने बाध्यता पनि रहेका छ । जसमा बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडु, किशोरसिंह राठैर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे पर्नेछन् ।

आदिवासी जनजाती कोटाबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ र जीपछिरिङ लामा छनौट हुनेछन् ।

कांग्रेसको दलित क्लष्टरबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली गरी तीनजना सांसद बन्ने भएका छन् ।

त्यस्तै मधेसी कोटाबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय गरी तीनजना सांसद बन्नेछन् ।कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्र्नुपर्ने हुन्छ ।

जसले गर्दा थारु कोटाको पहिलो नम्बरमा रहेका पद्यमनारायण चौधरी वा मुस्लिम समुदायबाट पहिलो नम्बरमा रहेका अतहर कमाल मुसलमानमध्ये एकजना सांसद बन्न पाउनेछन् । पीछडिएको क्षेत्रबाट अछामका रामबहादुर बिष्ट सांसद बन्नेछन् ।

प्रतिक्रिया

Related Post

यी हुन् आगामी संसदलाइ अपरिहार्य तर हार निश्चित भएका महत्वपूर्ण उम्मेद्वारहरु

Posted by - November 27, 2017 0
पहिलो चरणअन्तर्गत आज हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको चर्चा जताततै चलिरहेको छ । त्यति मात्र होइन यस चरणमा विभिन्न…

केन्द्रीय नेताहरू प्रतिष्पर्धामा

Posted by - November 17, 2017 0
सिन्धुपाल्चोक : प्रतिनिधिसभा सदस्य पदमा दुवै गठबन्धनबाट दुईवटै निर्वाचन क्षेत्रमा केन्द्रीय नेता प्रतिस्पर्धामा छन्। उनीहरूलाई साख जोगाउन धौधौ देखिएको छ।…

ओलीले यी ४ कारणले हार्दैैछन् झापा क्षेत्र ५ मा !

Posted by - November 20, 2017 0
कारण नम्बर १: पहिला पनि भोट दिएर जिताएरै पठाए ओलीलाई । त्यसपछि कहिल्यै साविकको जुरोपानी, कोहोबरा, गौरिगञ्ज तिर ओली फर्किएनन् ।…

एमाले–माओवादी एकता प्रक्रिया लम्बिँदै

Posted by - February 18, 2018 0
काठमाडौं- नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको खाका निर्माणमै ढिलाइ…
%d bloggers like this: