चिनौ प्रदेश प्रमुखलाई, को के थिए?

533 0

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली कांग्रेसको सिफारिसमा पाँच जना र मधेसी दलको सिफारिसमा दुई जना परेका छन् । कांग्रेसको सिफारिसमा पर्नेहरुमा प्रदेश १ का गोविन्द सुब्बा, ३ का अनुराधा कोइराला, ४ का बाबुराम कुँवर, ६ का दुर्गा खनाल र ७ का मोहनराज मल्ल हुन् । संघीय समाजवादी फोरमको सिफारिसमा प्रदेश २ का रत्नेश्वरलाल कायस्थ र राष्ट्रिय जनता पार्टीको सिफारिसमा उमाकान्त झा प्रदेश प्रमुख तोकिएका हुन् ।

प्रदेश प्रमुखको योग्यताका लागि राजनीति नगरेको हुनुपर्ने भनिएपनि दलिय सहानुभूति राख्ने अनुहारहरु नै प्रदेश प्रमुख तोकिएका छन् ।

प्रदेश १ प्रमुख सुब्बा धनकुटाका स्थायी निवासी र अंग्रेजी विषयका प्राध्यापक हुन् । अखिल राजनीति गरेका उनी पछि कांग्रेस निकट मानिन्छन् ।

प्रदेश २ का प्रमुख कायस्थ पूर्व सचिव, योजनाका आयोगका पूर्व सदस्य हुन् ।

प्रदेश ३ कि प्रमुख कोइराला माइती नेपालकी संस्थापक अध्यक्ष हुन् । चेलीवेटी वेचविखन विरुद्धको उनको अभियान र कार्य अन्तर्राष्ट्रियस्तरमा चर्चित छ।

प्रदेश ४ का प्रमुख कुँवर पूर्व महान्यायाधीवक्ता हुन् । उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए । उनी अर्घाखाँचीका स्थायी निवासी हुन् ।

प्रदेश ५ का प्रमुख झा पूर्व सचिव र खिलाराज रेग्मीको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री थिए ।

प्रदेश ६ का प्रमुख खनाल केही समय शिक्षण पेशामा थिए । पछि उनी कांग्रेसको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए ।

प्रदेश ७ का प्रमुख मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य र परराष्ट्र सहायक मन्त्री बनेका व्यक्ति हुन् ।

प्रतिक्रिया

Related Post

अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीनको मृत्यु

Posted by - November 15, 2017 0
२८ कात्तिक, काठमाडौं । मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का…

प्रकाश दाहाल गम्भीर बिरामी

Posted by - November 19, 2017 0
मंसिर ३, २०७४-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ…

‘राष्ट्रिय सभा निर्वाचन र सत्ता हस्तान्तरण ढिलो नगर’

Posted by - January 4, 2018 0
काठमाडौं : वाम गठबन्धनले अबिलम्ब सत्ता हस्तान्तरण गर्न र राष्ट्रिय सभाको निर्वाचन माघ १० गतेभित्र गर्न प्रधानमन्त्रीलाई दवाब दिएको छ। बिहीबार…

पोखरामा प्रहरीले पत्रकारलाई कुटेको भिडियो भाइरल (भिडियो हेर्नुहोस्)

Posted by - February 7, 2018 0
, २४ माघ !! पृथ्वीनारायण क्याम्पसका विद्यार्थीलाई सोमबार साँझ पोखराको नगरबसले ठक्कर दिएर मृत्युपछि मंगलबार बिहानैदेखि क्याम्पसगेट क्षेत्र तनावपूर्ण रह्यो ।…

भर्खरै पाल्पामा जीप दुर्घटना हुदा एक जनाको मृत्यु

Posted by - January 25, 2018 0
पाल्पामा जीप दुर्घटना हुँदा बुधबार राति एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पूर्वखोला गाउँपालिका–६ का ४५ वर्षीय दानबहादुर रानाको मृत्यु…
%d bloggers like this: