भ्रष्टाचारको पैसा वैधानिक बनाउने ओलीको चाहना, स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने

115 0

१५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने संकेत गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सका नवनिर्वा्चित पदाधिकारीहरुलाई सोमबार पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले उद्योगीहरुको मागअनुसार एकपटकका लागि स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने संकेत गरेका हुन् ।

ओलीले नयाँ सरकारले मनी लाउण्डरिङ (सम्पत्ति शुद्धीकरण) सम्बन्धी नीतिमा परिर्वतन गर्न सक्ने संकेत गरेका हुन् ।
सम्पत्ति शुद्धीकरणका सम्बन्धमा हाल नेपाल सरकारले लिइरहेको नीति ‘मुसा निस्कने दुलामा साँचो थापे जस्तो’ मात्रै भएको ओलीको प्रतिक्रिया छ ।

अहिलेको नीति मुसो निस्किने दुलामा साँचो थापेर बसेजस्तो भएको र यसले लुकेको पैसा बाहिर नआउने तर्क ओलीको छ ।
उद्योगीहरुसामू रहेको अण्डरग्राउण्ड मनी बाहिर ल्याउन सुधार गर्नुपर्छ कि भन्दै एमाले अध्यक्ष ओलीले लुकेको पैसा लगानी होस् भन्नका लागि नरम बन्नुपर्ने बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले एउटा निश्चित समय सीमा दिएर सम्पत्ति अभिलेखीकरण गर्न दिने संकेत गरेका छन् ।
नेपालका उद्योगी व्यवसायीहरुले एकपटकका लागि आफ्नो सम्पत्ति अभिलेखीकरण गर्न दिनुपर्ने माग गर्दै आएका छन् । यसका लागि पटकपटक लबिङ पनि भएको थियो ।

एमाले अध्यक्ष ओलीले सजिलैसँग एकचोटिका लागि स्रोत नखुलेको पैसालाई शुद्धीकरण गर्दा के हुन्छ भन्ने प्रश्न उठाए पनि यो त्यति सजिलो विषय चाहिँ होइन ।

मनी लाउण्डरिङसम्बन्धी कानून नेपालले आफ्नो देशका लागि मात्रै बनाएको नभई अन्तरराष्ट्रिय समुदायसँग जनाएको प्रतिवद्धतामा आधारित छ ।

नेपालमा भ्रष्टाचारीहरुले अकूत सम्पत्ति आर्जन गर्ने र त्यसलाई चोख्याउन र शुद्धीकरण गर्नका लागि विभिन्न उद्योग व्यवसायमा लगाउने क्रम बढिरहेको छ । एकपटकका लागि उनीहरुको पैसालाई शुद्धीकरण गर्ने हो भने अहिलेसम्मको भ्रष्टाचारले समेत बैधानिकता पाउन सक्ने देखिन्छ

प्रतिक्रिया

Related Post

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशमै पढेका ४१% फेल

Posted by - January 4, 2018 0
काठमाडौँ — नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा…

नेशनल मेडिकल कलेजको पक्षमा सर्वोच्चले दिएको आदेश रद्द गर्न शिक्षा मन्त्रालयको निवेदन

Posted by - November 8, 2017 0
काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज नगर्न सर्वोच्च अदालतले दिएको आदेश रद्द गर्न माग गर्दै शिक्षा मन्त्रालयले सर्वोच्चमै ‘भ्याकेट’…

इन्धनको क्षणिक मूल्यवृद्धिमा १० रुपैयाँ बढी तिरेँ

Posted by - November 8, 2017 0
आयल निगमले १२ बजेदेखि लागू हुनेगरी गत बुधबार पेट्रोलियम पदार्थको भाउ बढायो। निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा १ रुपैयाँ…

विमान दुर्घटनामा ज्यान गुमाएका पौडेलको शव पोखरा ल्याईयो, आजै अन्त्यष्टी गरिने

Posted by - March 19, 2018 0
पोखरा, चैत ५ । फागुन २८ गते सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि ज्यान गुमाएका पोखराका सञ्जय पौडेलको शव पोखरा…
%d bloggers like this: