सामाजिक सञ्जालकाे शक्तिले बनेका सांसद

84 0

सातैपिच्छे जस्तो ‘नेपाल बन्द’ हुन थालेपछि सहरी युवाको एउटा समूह विरोध गर्दै माइतीघर मण्डला पुग्थ्यो । माइकिङ गर्दै माइतीघर पुग्ने ती युवाले हातमा हुन्थ्यो, ‘नेपाल खुला छ,’ लेखिएको प्ले–कार्ड ।

२०७० ताका ‘नेपाल बन्द’को विरोध गर्न प्ले–कार्ड बोकेर माइतीघर पुग्नेमध्येमै हुन्थे, रमेश पौड्याल । स्वस्फूर्त रूपमा बनेको युवाको त्यो समूहले पहिलो संविधानसभाबाट संविधान जारी नहुँदा ‘नेताज्यू खबरदार, संविधान कहिले ?’ भन्ने अभियान समेत चलायो।

हुँदा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन यो पार्टी असफल भयो । प्रदेश– ३ मा भने १३ जिल्लाबाट समानुपातिकमा एक लाख २४ हजार चार सय ४२ मत आएको थियो । यही मतका आधारमा पौड्याल, श्रेष्ठ र शाक्य प्रदेश सांसद बनेका हुन् ।

पौड्याल त्यो अभियानमा पनि उसैगरी प्ले–कार्ड बोकेर संविधानसभा भवनअगाडि पुगे । कहिले ‘नेपाल बन्द’को विरोध त कहिले संविधान बनाउनका लागि खबरदारी गर्दै सडकमा उत्रने युवाको त्यो समूह फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय थियो । उनीहरू सामाजिक सञ्जालमार्फत विरोधका आवाज सम्बन्धित निकायसम्म पु¥याउँथे । पौड्यालले पनि विरोधका स्वरलाई बुलन्द गर्न सामाजिक सञ्जाललाई भरपूर उपयोग गरे।

चार वर्षअघि ‘नेपाल बन्द’को विरोधमा प्ले–कार्ड बोकेर सडकमा पुग्ने र सामाजिक सञ्जालमार्फत विरोध जनाउने पौड्याल अब भने जनताका अजेन्डा बोकेर प्रदेशसभाको संसद् भवन जानेछन्।

तोडफोड, आगजनी र ढुंगामुढा गर्दै सडक आन्दोलनबाट उदाएका पार्टी र नेता मात्र संसद्मा पुग्न सफल नेपालमा पौडेल जनताका अजेन्डा बोकेर मात्र सदनमा प्रवेश गर्दै छैनन्, उनी नेपाली समाजमा शान्तिपूर्ण विरोध र सामाजिक सञ्जालको शक्तिले पनि कुनै समूहलाई दल र कुनै व्यक्तिलाई नेता बनाउन सक्छ भन्ने नौलो नजिर समेत स्थापित गर्दै छन्।

पौडेल चार वर्षअघि सडक र सामाजिक सञ्जालमा सक्रिय युवाको त्यही समूह परिष्कृत हुँदै बनेको ‘विवेकशील साझा दल’बाट प्रदेशसभा–३ मा समानुपातिकतर्फबाट चुनिएका सांसद हुन् । उनी मात्र होइन, यो दलबाट आगामी बिहीबार बस्ने प्रदेश संसद्को पहिलो बैठकमा विराजभक्त श्रेष्ठ र शोभा शाक्य पनि सहभागी हुँदै छन्।

चार वर्षअघि ‘नेपाल बन्द’को विरोधमा प्ले कार्ड बोकेर सडकमा पुग्ने र सामाजिक सञ्जालमार्फत विरोध जनाउने पौड्याल अब भने जनताका अजेन्डा बोकेर प्रदेशसभाको संसद् भवन जानेछन् ।

सडक र सामाजिक सञ्जाल अभियानमा साथसाथै देखिएका यी दिनमध्ये पौड्यालले पार्टीको तर्फबाट संसदीय दलको नेताको रूपमा प्रतिनिधित्व गर्नेछन् । ‘कुसंस्कृत राजनीतिलाई सुसंस्कृतमा रूपान्तरण गराउन सडकमा दौडियौँ,’ पौड्यालले भने, ‘सडकबाट  सदनमा पुगे पनि जिम्मेवारी उस्तै हुन्छ, राम्रो गर्नेलाई समर्थन र नराम्रो गर्नेलाई विरोध गर्छौं।’

सुरुमा विवेकशील नेपाली नामबाट सडक र सामाजिक सञ्जालमा अभियान चलाएको समूह २०७१ जेठमा राजनीतिक दलका रूपमा दर्ता भएको थियो । दोस्रो संविधानसभा निर्वाचनका बेला यही समूहका उज्ज्वल थापा कुकुर चुनावचिह्न लिएर सभासद्का लागि उम्मेदवार समेत बनेका थिए । तर, उनले विजय हासिल गर्न सकेनन्।

गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवार बनेकी विवेकशीलकी रञ्जु दर्शनाले ठूलो चर्चा बटुल्नुका साथै उल्लेख्य मत ल्याएपछि यसै वर्ष गठन भएको साझा पार्टी र विवेकशील दल गत साउनमा एक भई विवेकशील साझा पार्टी बनेको हो।

सुरुमा विवेकशील नेपाली नामबाट सडक र सामाजिक सञ्जालमा अभियना चलाएको समूह २०७१ जेठमा राजनीतिक दलका रूपमा दर्ता भएको थियो ।

विवेकशील साझा पार्टीले संसदीय चुनावमा प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकमा कसैलाई पनि सांसद बनाउन सकेन । तर, समानुपातिकमा ल्याएको मतका आधारमा प्रदेश– ३ मा भने तीन सांसद चयन भएका हुन्।

विवेकशील साझाले मुलुकभरबाट प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभा गरी कुल एक सय ५७ उम्मेदवार उठाएको थियो । त्यसमध्ये कसैले पनि चुनाव जित्न सकेनन्।

प्रतिनिधिसभाका लागि समानुपातिकमा करिब ३५ हजार मत अपुग हुँदा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन यो पार्टी असफल भयो । प्रदेश– ३ मा भने १३ जिल्लाबाट समानुपातिकमा एक लाख २४ हजार चार सय ४२ मत आएको थियो । यही मतका आधारमा पौड्याल, श्रेष्ठ र शाक्य प्रदेश सांसद बनेका हुन्।

विवेकशीलका संस्थापक सदस्य पौड्यालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । नेदरल्यान्डस्थित वागनिगन विश्वविद्यालयबाट विकास व्यवस्थापन विषयमा स्नातकोत्तर गर्न जाँदा त्यहाँको विकासले छोएपछि राजनीतिमा लागेको उनी बताउँछन् । सिन्धुपाल्चोकमा जन्मिएका ३९ वर्षीय पौड्याल नवीन र सुसंस्कृत राजनीतिक अभियानमा सक्रिय हुने दाबी गर्छन्।

‘हामी नेता बन्न होइन, नीति बनाउन आएका हौँ,’ पौड्यालले भने, ‘हिजोसम्म सडकमा दबाब दियौँ, अब सदनमा नीति बनाउन पहल गर्छौं।’

जनताको आधारभूत आवश्यकतामा भइरहेको व्यापारीकरण र महँगीको नियन्त्रणका अजेन्डालाई प्राथमिकतामा राखेर सदनमा कुरा उठाउने उनी बताउँछन् । ‘देशको अवस्था देख्दा मन दुखेर राजनीतिमा आएका हौँ,’ उनले भने, ‘समृद्ध देश बनाउन सडकदेखि सदनसम्मै लाग्छौँ।’

राजनीतिमा खासै चासो नराख्ने श्रेष्ठ भने विवेकशीलमा पछि जोडिन आइपुगेका हुन् । २०७० को संविधानसभा निर्वाचनमा विवेकशीलको प्रचार अभियान देखेर उनी पार्टीमा आबद्ध भएका हुन् । ‘नेताले यसो गरेनन्, उसो गरेनन् भन्नु भन्दा हामी सहभागी भएर गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘त्यसका लागि उपयुक्त भनेको विवेकशील नै जस्तो लागेर साथ दिँदै आएँ।’

सुरुमा पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको संयोजक भएर काम गरेका श्रेष्ठ इन्द्रचोकमा जन्मिएका हुन् । उनी पुख्र्यौली व्यवसाय छाडेर पूर्ण रूपमा पार्टीमा सक्रिय छन् । ‘पार्टीका हरेक अभियानमा साथ दिने मात्रै नभएर आफैँले अभियान चलाउन पनि सक्रिय रहेँ,’ उनले भने, ‘अब हामी सडक मात्रै नभएर सदनमा सक्रिय रहनेछौँ ।’

विवेकशील साझाबाट सांसद बनेकी शाक्य भने पार्टी एकीकरणका क्रममा साझाबाट आएकी हुन् । शाक्य पनि २०७२ वैशाखको भूकम्पपछि राजनीतिमा लाग्न उत्प्रेरित भएकी हुन् । भूकम्पका बेला उनी न्युरोड बौद्ध मण्डलको अध्यक्ष थिइन् । संस्थाले भूकम्पका बेला हजारौँ पीडितको उद्धार र राहतमा सघाएको थियो । ‘एउटा संस्थाले यत्रो काम गर्न सक्छ भने राजनीतिक दलमार्फत त धेरै काम गर्न सकिन्छ जस्तो लागेकाले म राजनीतिमा आएकी हुँ,’ उनले भनिन्।

स्थानीय तह निर्वाचनमा उनले साझा पार्टीबाट ललितपुर महानगरपालिकाको उपप्रमुखमा प्रतिस्पर्धा गरेकी थिइन् । विजयी नभए पनि विजेताको निकटतम प्रतिद्वन्द्वी बनेकी शाक्य त्यसअघि महिला उत्थान र सशक्तीकरणमा सक्रिय थिइन् । सदनमा पनि आफ्ना अजेन्डालाई सशक्त रूपमा उठाउने उनको योजना छ । ‘सुशासनको राजनीतिमा जोड दिनेछु,’ उनले भनिन्, ‘यो देशको अवस्था देखेर मन दुखेपछि राजनीतिमा आएकी हुँ, म कुनै स्वार्थको राजनीति गर्न नआएको हुँदा सक्दो देश र जनताको हितमा काम गर्छु।’

विवेकशील साझाका केन्द्रीय नेता मिलन पाण्डेका अनुसार देशको आवश्यकता औँल्याएर सडक र सामाजिक सञ्जालमा अभियान चलाउँदै पार्टी अस्तित्वमा आएको हो । सडकबाट सदनसम्म पुगेकाले पार्टीले देशको आवश्यकता र जनताको मागलाई मध्यनजर गरी काम गर्ने उनले बताए । ‘हाम्रो चाहना यसैपटक राष्ट्रिय पार्टी बन्ने थियो,’ उनले भने, ‘प्रयास राम्रै गरिए पनि सकिएन, तर जनताका अजेन्डालाई भने हामी सडक र सामाजिक सञ्जालबाट उठाइरहन्छौँ ।’

आफ्नो पार्टीलाई सदनसम्मको यात्रा तय गराउन सडक र सामाजिक सञ्जालको महत्त्वपूर्ण भूमिका रहेको बताउँछन् उनी । ‘सामाजिक सञ्जालकै कारण हामीले धेरैभन्दा धेरै अजेन्डा पब्लिकसम्म पु¥याउन सक्यौँ,’ उनले भने, ‘सामाजिक सञ्जाल नभएको भए हामीले चार वर्षमा गरेको यात्रा तय गर्न १०÷१२ वर्ष लाग्न सक्थ्यो ।’ काठमाडौंमा सक्रिय हुँदा पनि ७५ वटै जिल्ला र विदेशमा समेत विवेकशील साझा पार्टीको चर्चा हुनु र लोकप्रियता बढ्नुमा पनि सामाजिक सञ्जालकै देन रहेको उनी बताउँछन्।

प्रतिक्रिया

Related Post

राष्ट्रपति भण्डारी, ओली र प्रचण्डबीच यस्तो छलफल भयो शितल निवासमा

Posted by - December 20, 2017 0
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशमा सहमति जुटाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग…

राष्ट्रिय सभा निर्वाचनको लागि नेपाली कांग्रेसले गर्यो विपक्षीको गोडा काम्ने गरि यस्तो निर्णय !

Posted by - January 16, 2018 0
काठमाडौँ, १ माघ : प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीको आन्तरिक गृहकार्य शुरु गरेको छ…

मतदाताको प्रश्नः ‘हामीले भोट किन दिने?

Posted by - November 14, 2017 0
नेपालगन्ज: विहानको घरधन्दा सकेर बाँके सुन्दरपुरवाकी गुरमीत कुँवर भैसी चराउन जाँदै थिइन्। गाउँ पारीको आकाश धुलाम्मे भयो। आँखामा सिधै परेको सूर्यको…

यी निर्वाचन क्षेत्र, जहाँ वाम गठबन्धनसँग हार्न सक्छन्, कांग्रेसका शीर्ष नेता

Posted by - November 17, 2017 0
प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी प्रमुख राजनीतिक दलहरुले गठबन्धन नै निर्माण गरेका छन् । एमाले र माओवादी केन्द्रले वाम…

मन्त्रीमण्डल बिस्तारको तयारीमा ओली, को को बन्दैछन् मन्त्री ?

Posted by - February 21, 2018 0
काठमाडौं । एमाले माओवादीको सहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेका छन् । मन्त्रिमण्डल विस्तारका विषयमा छलफल…
%d bloggers like this: