सम्पूर्ण हलमा शेरबहादुर

153 0

निर्देशक : आर राजवंशी 

कलाकार : सुनिल थापा, मेनुका प्रधान, कर्मा तथा रवीन्द्र झा

संगीतकार : कोसिस क्षेत्री

फरकधारका चलचित्र निर्माण हुने क्रममा अर्को एउटा चलचित्र थपिएको छ— शेरबहादुर । आज शुक्रबार सार्वजनिक हुने यो चलचित्रलाई मह सञ्चारसँग आवद्ध छायांकार गौरीशंकर धूजुले निर्माण गरेका हुन् । सस्पेन्स–थ्रिलर शैलीको यो चलचित्रमा राते काइँला अर्थात सुनिल थापाले शीर्षक भूमिका निर्वाह गरेका छन् । चलचित्र जात्राका निर्देशक प्रदीप भट्टराई कार्यकारी निर्देशक रहेको यो चलचत्रिमा सुनिल थापा अवकाशप्राप्त सैनिकको भूमिकामा प्रस्तुत हुन्छन् ।

यो चलचित्रमा मेनुका प्रधान, कर्मा तथा रवीन्द्र झाले बुनेका तानाबानालाई शेरबहादुर अर्थात् सुनिल थापाले कसरी असफल बनाउँछन् भन्ने कथा चित्रण गरिएको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । हलिउडको एउटा चलचित्रबाट प्रभावित भनिएको चलचित्र शेरबहादुरमा एक्सन, रोमान्स तथा ड्रामा पनि समावेश छ ।

चलचित्रमा वसन्त श्रेष्ठको नृत्य निर्देशन छ भने दीर्घ गुरुङ तथा नारायण जिसीले यसको छायांकन गरेका हुन् । सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको यो चलचित्र बालबालिकाहरूले आफ्ना अभिभावकहरूसँग बसेर हेर्नुपर्नेछ ।

प्रतिक्रिया

Related Post

जब आँचल परिन् अपहरणमा

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-शुक्रबार साँझ वीरगन्ज नजिकको पर्सागढी नगरपालिकास्थित एक पुरानो हवेलीको आँगनबाटै अभिनेत्री आँचल शर्मा अपहरणमा परिन् । सेतो पिकअप…

हिम्मतवाली युवतीहरू

Posted by - January 12, 2018 0
वरिपरि सिसा। बीचमा फलामका टुक्रा। कम्प्युटरको किबोर्डमा औंला नचाउने पाँच महिला पत्रकार फलामका टुक्राले घेरिएका थिए। कोही फलामका टुक्रा उचाल्दै…
%d bloggers like this: