एमाले र माओवादीको एकता: भागवण्डामा नै अल्झियो

236 0

काठमाडौँ ।  एमाले र माओवादी केन्द्रको एकता प्रयास पदीय भागवण्डामा अल्झिएको छ । प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष नपाए एकता असम्भव हुने माओवादी केन्द्रले जनाएको छ ।

एकीकृत पार्टीको अध्यक्ष माओवादी केन्द्रलाई दिन एमालेको संस्थापन पक्ष तयार नभएपछि एकता अलमलमा परेको माओवादी केन्द्रका नेताहरुले बताउँन थालेका छन् । यद्धपि पार्टी एकताको प्रक्रिया नरोकिने उनीहरुको भनाई छ ।

एकता प्रक्रियामा देखिएको समस्या सुल्झाउन दुबै पार्टीका अध्यक्षहरु छलफलमा सक्रिय रहेपनि निष्कर्षमा पुग्न सकेका छैनन् । एमाले अध्यक्ष केपी ओली पक्षधरले अध्यक्ष पनि ओली नै हुनुपर्ने बताउँदै आएका छन् । माओवादी केन्द्रले भने आफ्नो पार्टी विलय नभएर सम्मानजनक एकताको पक्षमा रहेको बताउँदै आएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता रोक्ने र बामगठबन्धन तोड्ने षड्यन्त्र भइरहेको सार्वजनिक धारणा समेत राख्नुभएको छ । यद्धपि दुबै दलका नेताहरुले पार्टी एकता हुने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

Related Post

कांग्रेस र मधेसी गठबन्धनको कुरा मिल्यो, यस्तो छ सिट बाँडफाँट

Posted by - January 24, 2018 0
९ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र मधेस केन्द्रित दुई दलबीच तालेमल गर्ने सहमति भएको छ । वाम…

काङ्ग्रेस संसदीय दलको नेतामा सर्बसम्मती

Posted by - March 4, 2018 0
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफूलाई सर्वसम्मत बनाउने प्रयास गरेका छन् । पार्टी पराजित भएको अवस्थामा दलको…

बिजुलीदेखि रेलसम्मः अवसरको चाङमाथि अबको सरकार

Posted by - December 31, 2017 0
१६ पुस, काठमाडौं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारबाट बाहिरिँदै गर्दा विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीले…

यी हुन् कांग्रेसको समानुपातिबाट सांसद बन्ने ‘भाग्यमानी’ ४० अनुहार

Posted by - January 18, 2018 0
मंसिर १० र २१ गते गरी दुई चरणमा भएको निर्वाचनमा प्रत्यक्ष तर्फ २३ सिट मात्र जितेको नेपाली काग्रेसले समानुपातिकमा भने…

यी हुन् आगामी संसदलाइ अपरिहार्य तर हार निश्चित भएका महत्वपूर्ण उम्मेद्वारहरु

Posted by - November 27, 2017 0
पहिलो चरणअन्तर्गत आज हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको चर्चा जताततै चलिरहेको छ । त्यति मात्र होइन यस चरणमा विभिन्न…
%d bloggers like this: