एमालेबाट प्रदेश नम्बर ४ को मुख्यमन्त्री को ? किरण र पृथ्वीसुब्बामध्ये आज एक छानिने

128 0

काठमाडौं । प्रदेशस्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आज प्रदेशसभा संसदीय दलको बैठक बोलाएको छ । पहिला सहमति खोजिने र सहमति नभए चुनाव हुने बताइएको छ । बैठकले छानेको दलको नेता नै प्रदेश–४ को मुख्यमन्त्री बन्नेछन् ।

संसदीय दलको नेता बन्न एमालेका प्रदेश–४ संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङले दावी गरेका छन् । प्रदेशमा एमालेका २७ जना सदस्य छन् । दुईजना वरिष्ठ नेताबीच प्रतिस्पर्धा भएपछि कसलाई दलको नेता छान्ने भनेर बहस चलिरहेको नेताहरूको भनाइ छ ।

प्रतिस्पर्धी दुवैजना नेताले कुनै पनि हालतमा आफू दलको नेता हुनुपर्ने अडान राख्दै आएका छन् । दलको नेता छान्न माओवादी केन्द्रले पनि छलफल सुरु गरेको छ । प्रदेशमा माओवादी केन्द्रका १२ जना सदस्य छन् । भागबन्डमा सभामुख माओवादीलाई परेपछि दलका नेताका दुईजना प्रतिस्पर्धी मध्ये एक जनालाई सभामुख र अर्का एक जनालाई दलको नेता बनाउने गरी सहमतिको प्रयास भइरहेको माओवादी नेताहरुको भनाइ छ।

प्रदेशभित्रको दोस्रो ठूलो दल कांग्रेसले पनि अहिलेसम्म संसदीय दलको नेता छानेको छैन । प्रदेश–४ को संसदीय दलको नेता चुन्ने जिम्मा गोपालमान श्रेष्ठलाई दिएको छ

प्रतिक्रिया

Related Post

म्याग्दी बाट गर्ने भए महाबिर पुनले मेडिकल ड्रोनको परीक्षण उडान

Posted by - March 26, 2018 0
म्याग्दी, १२ चैत्र । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो…

बलात्कारीलाई अरु सजाए हैन फाँसी नै दिनुपर्छ : मन्त्री लालबाबू पण्डित

Posted by - April 16, 2018 0
जनकपुरधाम, प्रदेश–२ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने बताएका छन् ।कडा कानुन नबनेसम्म बलात्कारीलाई तह लगाउन नसकिने…

मस्ट वान्टेड कोरियाली पोखरामा पक्राउ

Posted by - February 23, 2018 0
काठमाडौं : अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका दक्षिण कोरियाली नागरिक सेउङ वन ली पोखरामा पक्राउ परेका छन्।अवैध…

बुटवलको गोलपार्कमा शंकास्पद बस्तु भेटियो

Posted by - November 20, 2017 0
बुटवलको गोलपार्कमा शंकास्पद बस्तु भेटियो ४ मंसिर, बुटवल । बुटवलको गोलपार्कमा शंकास्पद बस्तु फेला परेको छ । कपडामा बेरेर राखिएको…
%d bloggers like this: