कतार एअरवेजको जहाज डेढ घण्टादेखि आकाशमै होल्ड

131 0

काठमाडौं : कतारको दोहाबाट नेपालका लागि उडेको कतार एअरवेजको विमान मौसम खराबीका कारण आकाशमै होल्ड भएको छ। बिहान साढे ११ मा ल्यान्ड हुनुपर्ने यो विमान मौसम खराबीका कारण ल्यान्ड हुन नसकी आकाशमै फन्को मारिरहेको छ।

दोहा इन्डरनेसनल एअरपोर्टबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ बजेर ३७ मिनेटमा उडेको क्युआर६५२ कल साइनको कतार एअरवेजको विमान भिजिबिलिटी कम हुँदा अवरतण गर्न नसकेको हो।

त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय टर्मिनलका एक ड्युटी अधिकृतका अनुसार सामान्यतया अन्तर्राष्ट्रिय उडानहरूका लागि तीन हजार मिटर भिजिबिलिटी आवश्यक पर्छ। तर अहिले काठमाडौंको आकाशमा करिब दुई हजारमात्रै भिजिबिलिटी छ।

कतार एअरवेजसँगै एअर चाइनाका दुई विमान, जेट एअरवेज, थाइ एअरवेजसहितका पाँच उडान त्रिभुवन विमानस्थलबाट डाइभर्ट गरिएको छ। यी विमानहरू मौसम सुधारको आशामा आकाशमै घुमिरहेका छन्।

प्रतिक्रिया

Related Post

रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

Posted by - March 19, 2018 0
मस्को । रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित भएका छन् । प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा…

सोच्नै नसक्ने गरि हिजो घटेको सुनको भाउ आज फेरी अहिले सम्मकै महँगो मुल्यमा बिक्रि,एति धेरै वृद्धि भयो सुनको मोल

Posted by - February 9, 2018 0
काठमाण्डौं २६ माघ । सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५६ हजार ८…

सफल बन्न के गर्नुपर्छ ? जान्नुहोस

Posted by - January 16, 2018 0
जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका…

आज राति अत्याधिक मिथुन उल्का वर्षा हुने

Posted by - December 14, 2017 0
मंसिर २८, २०७४-आज राति मिथुन उल्का वर्षा अत्याधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । उल्का वर्षा हेर्न चाहने…
%d bloggers like this: