पोखराको लेकसाइडमा शिवरात्रीको अवसरमा साँगीतिक कार्यक्रमको हुने

219 0

‘महाशिवरात्री साँगीतिक कार्यक्रम’ तयारी पूरा भएको छ। शिवरात्रीको अवसरमा लेकसाइड हल्लनचोकमा फागुन १ साँझ ६ बजेदेखि प्रस्तुति रहने सत्याकृत व्याण्डका म्यानेजर विजय गौतमले जानकारी दिए।

‘फ्लाइङ बुद्ध प्याराग्लाइडिङ र टिम फाइभ नेपाल प्याराग्लाइडिङको मुख्य आयोजना तथा सामुदायिक सेवा केन्द्र वैदामको सहयोगमा हुन लागेको साँगीतिक साँझमा सत्याकृत व्यान्डले प्रेरणादायी, सकारात्मक भावसहितका शब्द संयोजनका पूर्वेली, पश्चिमेली शैलीका गीत, भजन प्रस्तुत गर्ने गौतमले जानकारी दिए।

व्यान्डले झन्डै दुई घण्टा प्रस्तुति दिनेछ । व्याण्डको प्रस्तुति हेर्नकोे लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘हरेक उमेर वर्गका व्यक्तिहरुलाई मन पर्ने प्रस्तुति दिनेछौं,’ गौतमले भने, ‘शिवरात्रीमा नो गाजा नो भाङ त्यहाँ भक्तीको खाजामात्र पस्किनेछ। भक्तीको नसामा डुवेर कार्यक्रम हेर्न पाउनु हुनेछ। ’

‘युवाहरुमा नैतीक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक व्याण्ड ‘सत्याकृत व्याण्ड’ रहेको म्यानेजर गौतमले बताए। विगत ५ वर्ष अघि स्थापना भएर नेपालभित्रका मुख्य सहर धरान, इटहरी, सर्लाही, विराटनगर, नारायणगढ, खाडीचौर, चरीकोट, पोखरा, दमक लगायत विभिन्न स्थानहरुमा औपचारिक तथा अनौपचारिक प्रस्तुति दिइसकेको गौतमले बताए।

उनका अनुसार नेपाल बाहिर दार्जिलिङका विभिन्न स्थानहरुमा समेत आफ्नो प्रस्तुति देखाइसकेको छ । शिवरात्री साँगीतिक कार्यक्रममा टी टाइम रेष्ट्रो, पोखरा पिज्जा, साधना योगा रिट्रिट, नेपाल प्याराग्लाइडिङ पाइलट क्लब, खहरे दाजुभाई युवा क्लब, खहरे आमा समूह, बाबु एड्भेन्चर स्कूलले कार्यक्रमलाई सपोर्ट गर्ने फ्लाइङ बुद्ध प्याराग्लाइडिङका सञ्चालक प्रेम बसेलले जानकारी दिए।

प्रतिक्रिया

Related Post

फिरौतीकै कारण गौचनको हत्या भएको खुलासा : सुटरसहित पाँच पक्राउ

Posted by - November 15, 2017 0
काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या पैसा (फिरौती) नदिएकै कारण भएको रहस्य खुलेको छ। हत्या अनुसन्धानका लागि बनेको…
%d bloggers like this: