आज प्रेम दिवस, आजको दिन कस्तो रहला ? (राशिफल)

318 0

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन ग्रह गोचरको स्थिति केही सकारात्मक देखिएको छ रपनि बढी ईच्छाएको विशेषकाममा सफलता मिल्न गाह्रो देखिन्छ । सामान्यतया दैनिकी कार्य तथा जनजिविकोपार्जन एवं जनव्यवहारका कामकार्य ठिकै सुचारु हुनेछन् । विचारमा स्वच्छता आउने र धार्मिक आस्था बढ्नसक्ने छ तथापि तिर्थाटनको योजना रोकिनसक्ने छ । साहित्यिक उपलब्धि र लाभ हुनेछ । भलै उपलब्धि हातपर्नमा केही ढिलासुस्ति हुनसक्ने छ तथापि महत्त्वाकांक्षी कार्यको प्रस्ताव आउने तर अल्मलिने हुनेछ ।  ससाना उपलब्धिको मात्रा बढेर जानेछ । उच्चवर्गसँग संपर्क बढ्ने र आश्वासन मिल्नेछ । विशेष काममा आउने अबरोध निवारणको लागि श्री भैरवदेवको स्तुति उपाशना गर्नु उपयुक्त हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन ग्रहगोचर बिहानबाट क्रमशः केही सुधारात्मक देखिएको छ । रपनि धेरै महत्त्वकांक्षी काममा अड्चन आउनेछ । माथिल्लो निकायबाट दबाबको सामना खेप्नुपर्ने छ । केही अपयशको बाबजुतपनि भाग्य एवम् धर्म बृद्धि हुनेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्यमा संलग्न हुन सकिने छ । कसैकसैलाई तीर्थ यात्राको सम्भावना पनि रहेको देखिन्छ । विशेष योजना एवम् व्यवसायिक कार्यको बारेमा पनि सरसल्लाह हुनसक्ने छ भने पेशागत क्षेत्रबाट लाभ उठाउन सकिनेछ । आज तपाईको लागि धार्मिक क्षेत्रलाई सहयोग गर्नु, नौं अङ्क, पहेंलो एवं रातो रङ्गको प्रयोग गर्नु फापकर हुनेछ । भगवान गौरीनन्दनको भक्तिभाव बढाउनु तपाईको लागि लाभप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन पूर्वार्ध सामान्यतया ठिकै रहने छ । नगरी नहुने विशेष कामकार्य सम्पादन गरिहाल्नु उपयुक्त हुनेछ । मध्यान्ह उपरान्त गोचरग्रह अल्लि प्रतिकूल हुने देखिएको हुनाले सावधानी अप्नाउनु पर्ने छ । स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने सम्भावना रहेकोले आहारविहार ध्यान पुर्याउनु होला । त्यस्तै कामकार्यमा जुट्दा तथा यात्रा आदिमा पनि ख्याल गर्नुपर्ने देखिन्छ । कमजोरी खोजेर बसेकाहरु सक्रिय हुनसक्ने छन् होसियारीको आवश्यकता पर्नेछ । आठ अंक, रातो रङ्ग आज यहाँको लागि शुभ हुनेछ भने महारुद्रको सेवा आराधना शुभप्रद हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन उमङ्गिलो दिन रहनेछ । स्वजनबाट सहयोग मिल्ने, प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सकिने छ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । मध्याह्नबाट प्रमोदीचर्या बढ्ने गोचर छ, दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्ने छ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन अनुकूल मान्न सकिन्छ । केही उन्मादी स्वभावको विकास हुँदा हुँदैपनि ज्ञानविज्ञानको क्षेत्रमा सफलता मिल्ने छ, सैद्धान्तिक पक्ष पनि बलियो रहनेछ । केही कामकार्यमा सफलता मिल्ने पनि देखिन्छ । पाण्डित्याई अल्लि बढी हुनसक्ने सम्भावना छ जसले आफैलाई हलुङ्गो पनि बनाउन सक्नेछ । स्वास्थ्यमा आरोग्यता बढ्ने तथा कान्तिमा बृद्धि हुनेछ साथै शत्रुपक्षलाई झुकाउन सकिनेछ । अवसर तथा समयको सदुपयोग गर्न खोजेमा प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । आज यहाँको लागि हरियो रङ्ग, छ अङ्कको उपयोग अनुकूल रहने छ भने भगवान गौरीशङ्करको पूजा आजा एवम् भक्तिभाव शुभप्रद हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन बिहानी समय केही अलमले रहनसक्ने छ । हतार पनि नगरेकै उपयुक्त हुनेछ । क्रमशः केही अनुकूल बन्दै जानेछ । विद्याबुद्धिमा सुधार आउने र निस्कर्ष उपयुक्त निस्कने छ । केही आकस्मिक उपलब्धि एवं कामकार्यबाट अर्थलाभ पनि गर्न सकिने छ । विद्यार्थीवर्गले अध्ययनको क्षेत्रमा प्रगति गर्नसकिने छ । शुरुमा सामान्य असमझदारी जस्तो परेपनि अन्तिममा छोराछोरीको बाटोबाट सन्तुष्टि लिनसकिने छ । आज पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि शुभ हुनेछ भने विद्यार्थी वा शिक्षा क्षेत्रलाई सहयोग गर्नु पूण्यप्रद हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन सामान्यतया बिहानीसमय ग्रहको अबरोधको बाबजुत पनि अनुकूल रहनेछ । इष्टकार्यको लागि बिहनै सम्पादन गर्नु उपयुक्त हुनेछ ।  उपरान्त प्रतिकूल महसूस हुनसक्ने देखिन्छ । क्रमशः कामकार्यमा रोकावट आउने तथा संघर्षको अनुभूति हुनसक्ने छ तथापि हिम्मत नहार्ने र स्वकार्यबाट विचलित नहुनु उपयुक्त हुनेछ । अप्रत्यासित नचिताएको काम बनेर सफलता एवम् लाभ प्राप्त गर्नसकिने छ । हतारभन्दा धैर्य गर्नु आज यहाँको लागि बुद्धिमानी हुनेछ । चार अंक, सेतो एवम् उज्यालो रङ्गलाई प्रयोग गर्नु शुभप्रद हुनेछ भने आमाको सेवा गर्नु वा आमाको आज्ञा पालन गर्नु फापसिद्ध हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सामान्यतया ठिकै मान्न सकिन्छ । शारीरिक एवम् मानसिक शक्ति बढ्ने र कामप्रति ईच्छा पनि बढ्नेछ । केही बढी ईच्छा गरिएको काम बनाउन सकिने छ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने र रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव पनि आउनसक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । आज तपाईको लागि भगवान श्री भैरवदेव र माँ भुवनेश्वरीको सेवा श्रद्धा तथा स्तुति गर्नु हितप्रद हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन सावधानीले लाभ गर्नसकिने छ । वाणीदोषको योग परेकोले बोलीवचनको भूमिकामा ख्याल पुर्याउन जरुरी देखिन्छ । सन्चित धनको अपव्ययको पनि सम्भावना देखिएको छ । तथापि व्यवसायिक कार्यमा प्रगति र खर्चको बाबजुत पनि आर्थिक सङ्कलन हुनेछ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । केही उचाड्चडाव पछि नाता–कुटुम्बिकसँग सुसम्बन्ध कायम गराउन सकिने छ । अल्लि विचार पुर्याएर व्यवहार गर्नु बुद्धिमानी हुनेछ । आज यहाँको लागि दुई क्रमसँख्या, सेतो रंग उपयुक्त रहने छ भने भगवान सदाशिव शङ्करको श्रद्धाभक्ति शुभप्रद हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन बिहानीसमय सामान्यतया संघर्षकर महसूस हुनेछ । सम्पादन गर्न खोजिएको कामकार्यमा अल्लि बढी दिग्दारी हुने तथा झमेला व्यहोर्नपर्ने हुनसक्ने छ । मध्याह्नबाट भने क्रमशः सुधार आउने र कामकार्यमा सफलता मिल्ने छ । मनोनुकूल वातावरण बन्ने र मनोकामना पूर्ण हुनेछ । प्रशंसा मिल्ने हुनाले कामकार्यमा उत्साह बढ्ने एवम् खुशी र उमंगको वातावरण छाउनेछ । निमन्त्रणा तथा स्वागत सत्कारको अवसर एवम् कोसेली अािद पनि मिल्नसक्ने सम्भावना देखिएको छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाटराम्रो फाइदा उठाउन सक्नुहुनेछ । गौरीशङ्कर भगवानको स्तुति तथा साधना आज यहाँको लागि विशेष फलप्रद हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन बिहानीसमय ठिकै उपलब्धिकर रहने देखिन्छ, नगरी नहुने कार्यलाई अल्लि बढी मेहनत गरेर पूरा गर्नु बुद्धिमानी हुनेछ । उपरान्त क्रमशः केही संघर्ष पर्ने देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता पाउन सकिने छ । खर्च बढाउने ग्रहयोग परेकोले बुद्धिमतापूर्वक धैर्य र संयम धारण गर्नसके मात्रै खतिक्षति हुनबाट बच्न सकिनेछ । अढैया शनिको मारमा खेपिरहनु भएको यहाँले आज भगवान शिवको उपाशना गर्नु उत्तम हुनेछ भने ३ अंक र पहेंलो रंग यहाँलाई शुभ हुनेछ । दानकर्मले पनि सम्भावित संघर्षलाई कम गर्न मद्दत गर्नेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन आर्थिक लाभ हुनेछ । पेशा एवम् व्यवसायबाट औकात तथा हैसियत अनुसारको धनलाभ गर्न सकिनेछ भने आँटेताकेको कामकार्यमा सफलता मिल्नेछ । मानसम्मानप्रद ग्रहयोग परेकोलेराजमान मिल्नसक्ने छ भने राजनीति तथा समाजसेवा कर्मीहरुले पदप्रतिष्ठा एवम् जिम्मेवारी प्राप्त गर्नसकिने छ । कर्मक्षेत्रमा आएका अबरोधहरु हट्ने र थप कार्यमा रुचि बढ्नेछ । आफन्तीहरुसँग भेट्घाट हुने र व्यवहारिकता एवम् औपचारिकता निर्वाह गर्न पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग र शिवाराधना तथा स्तुति गर्नु शुभकर  हुनेछ ।

प्रतिक्रिया

Related Post

%d bloggers like this: