हत्या-हिंसाको राजनीति सुरु भएको दिनललाई सम्मान गर्न सकिँदैनः ओली

87 0

काठमाडौं । जनयुद्ध दिवसको अबसरमा पेरिसडाँडामा अायोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली अाएनन् । माओवादी केन्द्रका युवा संगठन वाइसीएल नेपालले ओलीलाई कार्यक्रममा ल्याउने हर प्रयास गरेको थियो । वाइसीएल नेपालको निम्तो पाएपछि सुरुमा सकारात्मक जवाफ दिएका ओली फागुन १ गतेलाई अाफुले सम्मान गर्न नसक्ने बताउँदै कार्यक्रममा सहभागी भएनन् ।

एमाले अध्यक्ष ओलीले जनयुद्धलाई जनयुद्ध नभएर राजनैतिक भुलले हत्या-हिंसा निम्त्याएको बताउँदै अाएका छन् । चुनावको केही दिनअघि अन्‍नपूर्णलाई दिएको अन्तरवार्तामा पनि ओलीले जनयुद्ध माओवादीको राजनीतिक भुल भएको बताएका थिए ।

वाइसीएल नेपालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अायोजना गरेको शुभकामना अादान-प्रदान तथा अन्तरक्रिया कार्यक्रममा ओलीलाई अतिथिको निम्तो पठाएको थियो ।

वाइसीएलले ओलीलाई कार्यक्रममा बोलाएर जनयुद्ध र प्रचण्डलाई नेतृत्व स्वीकार गर्ने वातावरण सिर्जना गर्न खोजेको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रचण्ड भएका कारण पनि ओली नअाएको बताइएपनि त्यो मुख्या नभएको बालकोट स्रोत बताउँछ ।

सामाजिक संजाल र माओवादी केन्द्र निकट संचारमाध्यमहरुले एमाले अध्यक्ष ओली जनयुद्ध दिवसमा अाउने समाचार सम्प्रेशण गरेपछि बालकोटमा पनि छलफल भएको बताइएको छ । स्रोतका अनुसार ओलीले फागुन १ गतेलाई अाफूले सम्मान गर्न नसक्ने धारणा राखेको थिए । उनले माओवादीले सुरु गरेको हत्या र हिंसाको राजनीति र फागुन १ गतेलाई सम्मान गर्नुको कुनै अर्थ नहरेको बताए ।

अध्यक्ष ओलीले बेलायती रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएकोले अाउन नसकेको एमाले नेताहरुले बताएका छन् तर यो पूर्वनिर्धारित कार्यक्रम हो । दुई हप्ता पहिले नै निम्ता गरिएको थियो । चाहेको भए ओलीले बेलायती रक्षामन्त्रीसँगको भेटलाई केही पछी सार्न पनि सक्थे ।

ओली नअाएपछि प्रचण्ड एक्लैले कार्यक्रमको उद्घाटन गरे । प्रचण्डले जनयुद्ध दिवसकै दिन पार्टी एकता भएको घोषणा गर्ने बताए । उनले फागुन १ गते एमालेसँग एकता भए अाफूलाई सबैभन्दा खुशीको दिन हुने धारणा राखे ।

जनयुद्धलाई नै नस्वीकार गर्ने ओलीले फागुन १ गते पार्टी एकताको घोषणा गर्न तयार होलान् भन्‍ने कुरा त्यति पत्यारिलो नभएपनि प्रचण्डले एमालेसँग फेरि वार्ता गरेर अाजै टुंग्याउने तयारी भइरहेको बताए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीले संयुक्त रुपमा राष्ट्रिय सभागृहमा जनयुद्ध दिवसको अवसरमा विशेष कार्यक्रमको अायोजना गरेका छन् । माओवादी नेताहरु लोकेन्द्र विष्टमगर, गोपाल किराती र अाहुतीलगायतका नेताहरु पनि कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया

Related Post

भारतकै दवावमा माओवादीलाई सरकार बाहिर राख्न खाेजियाे : चित्रबहादुर केसी

Posted by - February 18, 2018 0
बुटवल,फागुन ६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको ईशारामा केपी ओलीले माओवादी केन्द्रलाई बाहिर राखेर मधेस केन्द्रित दलहरूसँग मिलेर…

कास्कीमा समानुपातिकमा एमाले पहिलो, विवकेशील साझा चौंथो, बदर मत साना दलको भन्दा बढी

Posted by - December 14, 2017 0
कास्की । कास्कीको तीन वटै निर्वाचन क्षेत्रको समानुपातिक तर्फको मतगणना सकिदाँ प्रतिनिधि सभा समानुपातिकमा लिवरल डेमोक्रेटिक पार्टीले जिल्लाभर १ भोट…

कांग्रेस खराब पार्टी हो, अरु दुई पार्टी झनै खराब छन्- प्रदीप गिरी

Posted by - December 3, 2017 0
१७ मंसिर, लहान (सिरहा)। प्रदीप गिरीको लहान नगरपालिका १४ स्थित अस्थायी निवासमा पुग्दा उनको कोठा अस्तव्यस्त थियो । गिरी सहयोगीहरुलाई…

सुविधाकाे उपभोग गर्दै ठूला दल आक्रामक प्रचारमा, उम्मेदवारका आफ्नै घोषणापत्र

Posted by - November 16, 2017 0
काठमाण्डौ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले प्रचारप्रसारलाई व्यवस्थित र आक्रामक बनाएको छ । घोषणापत्र, झन्डा, पार्टी सभापतिको अपिल…
%d bloggers like this: