78 0

श्रद्देय प्रधानमन्त्री केपि ओलि ज्यु!
सिंहदरबार काठमाडौ !

तराइ को औलो भुमिमा जन्मेर देश को पहाडी क्षेत्रमा कार्यरत यो देश लाई माया गर्ने ,जीवन को ३२ वसन्त पार गर्दा सम्म राज्यको जिम्मेवारी महसुस गर्न नपाएको निरिह प्राणी ले केही कोर्ने प्रयास गर्दैछु ।
नेपाल को संविधान २०७२ को भाग १ को धारा २ मा भनिएको छ “नेपाल को सार्बभौमसत्ता र राजकिय सत्ता नेपाली जनता मा निहित हुनेछ” तर हरेक पल यो देश को सार्बभौमसत्ता भारतिय सरकार र यस्का दलाल हरु मा निहित रहेको अनुभव हुन्छ , यो मेरो भ्रम हो वा बास्तबिकता ? के हामी सधै अरुले भनेको बाटो मा मात्र हिड्ने हो? के हाम्रो आफ्नो निति,बिचार,सिद्धान्त,प्रयोग …केही छैनन ?

के हामि सधै आफ्नै आमाको काख मा रहदा नि असुरक्षित रहनु पर्ने हो??? कहिले सम्म हामी बिदेशी को शरण मा परि आफ्नो जीवन यापन गर्ने??यी र यस्ता अनगिन्ती प्रश्न हरुले हामी सदा जेलिएका छौ। तपाईंको ९ महिने काल मा म लगाएत यो देश का लाखौ लाख युवाहरु ले एउटा बलियो धरोहर को छाया मुनि रहेको महशुस गरेका थियौ, तर ९ महिने राजनिती को दुस्चक्र मा हामिले आफ्ना आशा, भरोसा ,बिस्वास, शक्ति ,प्रेरणा सम्पुर्ण कुराहरु गुमायौ, हाम्रा सपना हरु अधुरा रहे ,हामी हिड्ने बाटोहरु तुवाँलो ले छेकिए, हामी उड्ने कन्चन आकाश मा कालो बादल मडारियो। सारा नेपाल दुखी भयो,हाम्रा दुस्मन खुशी भए, बिदेशी च्म्चाहरु यसरी बजे कि तिनको एकोहोर कोलाहल ले हाम्रा सारा आवाज हरु निरीह पारिए, ।

तर पनि हामीले हार खाएनौ। आज हामी ले पुन: यो देश को अभिभावक पाएका छौ, जस्मा कठोरता, लचकता , सहनशीलता, बिबेक, रास्ट्र प्रेम सहित सम्पुर्णता देखेका छौ ।
सबै भन्दा पहिला म आफ्नो पेशा मा केन्द्रित भएर कुरा गर्दैछु, हाम्रो संविधान को भाग २२ देखि २७ सम्म विभिन्न आयोग हरु को निर्माण गरि कार्य सम्पादन गर्ने कुरा उल्लेख गरिएको छ तर तपाईं यो देश को प्रधानमन्त्री बनिरहदा यो देशका कर्णधार उत्पादन गर्ने, नौतिकता, आचरण ,व्यवहार, अनुशासन सिकाउने शिक्षक नियुक्त गर्न एउटा स्वतन्त्र “शिक्षक आयोग” को आवस्यकता मह्शुस गर्नुहुन्छ या गर्नुहुन्न हेर्न बाकी छ। नेपाल सरकार का विभिन्न निकाय सङग सम्बन्धित कर्मचारी हरु लाई जुन सुबिधा दिइएको छ ती सुबिधा हरु बाट शिक्षक किन बन्चित छन यो बारेमा बुझ्ने प्रयास गर्नुहुन्छ या हुन्न? हेर्न बाकी छ।

रास्ट्रको स्थायी सरकार को रुपमा रहेका कर्मचारी हरु को इमान्दारीता प्रती हामी बिस्वस्त छैनौ , हरेक कार्यालय हरु भ्रस्टाचार र घुस्खोरी का अड्डा बनेका छ्न। कमिसन को प्रभाव यति परेको छ कि १ लाख को कार्यक्रम बाट कार्यालय प्रमुख देखि सहयोगी सम्म को भाग लगाउदा ६० हजार सकिन्छ, बाकी ४० हजार मध्ये केहि गुन्डाहरु लाई, केही ठेकेदार लाई गर्दा २० हजार को काम हुन्छ अब सोच्नुस यो देश कसरी अगाडि बढ्छ??? तेसैले यो बेथिती रोक्ने प्रयास गर्नुहुनेछ भने कुरामा आशाबादी छौ ।
भ्रस्टाचार रोक्ने निहुमा ठुला भ्रष्टाचारि लाई उन्मुक्त्ती दिई सना कर्मचारी लाई जाल्झेल गरि फसाउने काम भैरहेको छ यस्मा बिचार गर्नुहुन्छ भन्ने आश लिएका छौ। बजार हल्ला सुन्दा यो देश रेमिटेन्स ले धानिएको छ भन्ने भान हुन्छ, आशा छ अबका दिन मा यो देश का उर्जाशिल युवाहरुलाइ आफ्नो पौरख र पसिना यो देश को माटोमै मिसाउने बाताबरण सृजना गर्नुहुनेछ ।

बिस्वका हरेक बिकसित मुलुक का श्रमिक हरुले आइएलओ को मान्यता अनुरुप १ घन्टा काम गरेबापत कम्तिमा $८ कमाउछ्न तर हामि नेपाली लाई सोही रकम कमाउन २.५ दिन लाग्छ, अब आफै सोच्नुहोस हामी कहिले अगाडि बढ्ने? के यो बिसयमा केही सोच्नु भाको छ ????
नेपाल जलश्रोत को धनी देश मानिन्छ, यहाँ हजारौ मेघावाट बिजुली उत्पादन गर्न सकिन्छ तर यत्रो संभावना भएको रास्ट्र मा जम्म ७ सय मेघावाट बिजुली उत्पादन छ भन्न हामिलाइ कति लाज भएको होला के यश बारेमा केही सोच बनाउनु भएको छ ?
विश्व प्रबिधी मा धेरै अगाडि पुगिसकेको अवस्था मा सारा बिकास निर्माण का काम हरु भारतिय कम्पनी लाई हस्तान्तरण गरेर ५ बर्स मा सकिने प्रोजेक्ट हरु लाई किन बिसौ बर्स सम्म बन्धक बनाइएको होला के यो विषय मा केही सोच्नु भाको छ????

यो देश मा हुने हरेक महत्वपूर्ण काम हरु मा भारतिय दुत हरु आएर प्रभावित पार्न खोजिएको भान हुन्छ यो हाम्रो भ्रम हो या सत्यता ? के यस बारेमा केही सोच बनाउनु भएको छ?
नेपाल सरकार ले गरेका अधिकाङ्स निर्णयविरुद्ध ऐन नियम का तिघडम झिकि ब्युरोक्रेसी ले ब्रेक लगाएको हामिले महसुस गरेका छौ के यो बारेमा केही सोच्नुभाको छ ?
नेपाल सरकार का अधिकाङ्स कर्मचारी हरु( अधिकृत भन्दा माथी) लाई विभिन्न तालिम को बहाना मा कलकत्ता पठाइन्छ र S D muni सङ क्लास लिन लगाइन्छ, के बिस्वमा भारतिय भन्दा राम्रो प्राबिधिक ज्ञान भएका मानिस हरु छैनन? किन ती कर्मचारी हरु लाई एस डि मुनि सङ्ग भेट गराइन्छ? के यो बिसयमा केही सोच्नु भाको छ ?
नेपाल का रास्ट्रप्रेमी ब्य्क्तित्व हरु मदन भन्डारी, मनमोहन अधिकारी , राजा बिरेन्द्र का साथै उनका परिवार, कृष्ण प्रसाद भट्टराई ,सुशील कोइराला लगाएत कसैलाइ हत्या, कसैलाइ राजनैतिक बिचलन पार्ने कोसिस गरिए के यी घट्ना हरु स्वभाबिक थिए??? यस्मा के सोच्नु भएको छ ?

आफ्नो देश को सिमाना को सुरक्षा गर्दा सप्तरिका देबनारायण लाई घर बाटै अपहरण गरिन्छ, बर्दिया का गोबिन्द पान्डेलाइ घर भित्रै हत्या गरिन्छ , कन्चन पुरका गोबिन्द गौतम लाई गोलि ठोकिन्छ, एकै रातमा सिमाना का जङ्गे पिलर हरु सारेर हजारौ बिघा जग्गा कब्जा गरिन्छ भने हामिले आफ्नो सार्बभौमिकता काहा खोज्ने ?के यो बिसय मा केही सोच्नु भएको छ?
हरेक देश का शसस्त्र सुरक्षा निकाए र सेनाहरु ले देश को सिमानामा पहरा दिन्छ्न, तर नेपाल सेनालाइ टेलिकम को टावर, नहर, रास्ट्रिय निकुञ्ज , र बाटोघाटो निर्माण मा मात्र किन सिमित पारिएको छ? के यो बिसय मनन योग्य छैन ?
कृषि प्रधान मुलुक मा कृषकका उत्पादन हरुलाइ कौडिको भाउ मा तौलिन्छ के यो अन्याय होइन ?
रास्ट्रमा सयौ को संख्या मा सरकारि अस्पताल हरु रहेका छ्न तर सोही अस्पतालमा काम गर्ने डा. हरु प्राइभेट अस्पतालमा ब्यस्त रहन्छ्न अनि जनता लाई सय रुपैयाँ मा हुने काम गर्न हजार खर्च गर्नु पर्छ के यो बिडम्बना होइन ???

प्रधानमन्त्री ज्यु, धेरै कुरा लाई एउटै पत्र मा समावेश गर्न असमर्थ छु, माथी उल्लेख गरेका हरेक बिसय हरु प्रतिनिधि बिसय हुन। यस्ता हजारौ बिसय छ्न जुन तपाईंको लगनशीलता , दृढटा र अडान मा मात्र समाधान हुनेछ्न। आज भन्दा २० बर्ष पहिले मलाइ स्कुल मा पढाउने गुरुले नेपाल बिकासोन्मुख रास्ट्र हो भनी बताउनु हुन्थ्यो, आज मैले बिध्यालय मा नेपाल बिकासोन्मुख रास्ट्र हो भनी बताउदै छु, तर मलाइ आशा छ अब मेरो छोरो ले स्कुल पढ्दा नेपाल बिकसित रास्ट्रहो भनी पढ्न पाउनेछ । यो आशा का केन्द्रबिन्दु तपाईं नै हो ।

सुशील ज्ञवाली
बारबर्दिया ३ , बनियाभार ,रामपुर।

प्रतिक्रिया

Related Post

‘चुनाव सार्नु देशलाई खाल्डामा हाल्नु हो’

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-पूर्वकानुनमन्त्री नीलाम्बर आचार्य राजनीतिका अलावा संविधान र कानुनी क्षेत्रमा दशकौंदेखि क्रियाशील छन् । वरिष्ठ अधिवक्ता आचार्य २०४७ सालको…

भक्तपुरमा निरक्षरदेखि स्‍नातकोत्तर सम्मका उम्मेदवार चुनावी मैदानमा, कसको योग्यता कति?

Posted by - November 20, 2017 0
मंसिर ४, २०७४ भक्तपुर : २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निरक्षरदेखि स्नातकोत्तर तहसम्म उत्र्तीण उम्मेदवारहरु…

कती गाली मात्र गर्छौ,कहिल्यै बुझेका छौँ हामी कर्मचारीको पीडा ?

Posted by - December 31, 2017 0
काठमाडौ- थाहा छैन,दिन छ वा रात,विहान छ वा साँझ,भोक छ वा प्यास । किवोर्ड,माउस, ल्यापटप र प्रिन्टर छन साथमा पेन र…

‘लाप्राक र एनआरएनए भवन मुख्य एजेन्डा’

Posted by - October 30, 2017 0
आश्विन २९, २०७४-गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय साधारणसभा राजधानीमा चलिरहेको छ । यो महाधिवेशनबाट संघको…
%d bloggers like this: