कालो धनले बनायो मुख्यमन्त्री

122 0

काठमाडौँ, ७ फागुन । सरकार बनाउन र ढाल्न सांसद खरिदबिक्रीको सुरुवात २०५२ मा शेरबहादुर देउवाले सुरु गरेका थिए । २०५१ को मध्यावधि निर्वाचनमा २० सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुलाई कहिले कांग्रेस त कहिले एमालेले प्रलोभन दिएर सरकार बनाएका थिए ।

त्यसबेला सांसदहरुलाई बैंकसम्म लगिएको समाचार सार्वजनिक भए । त्यो हङ पार्लियामेन्टमा सांसद खरिदबिक्री भए पनि त्यसपछि त्यस्ता कुरा सुनिएका थिएनन् । तर, हालै भएको मुख्यमन्त्रीको निर्वाचनमा सांसद खरिदबिक्री भएको खुलासा भएको छ ।

एमालेको संस्थापन पक्षले पार्टी सचिव भीम आचार्यलाई १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा हराउन सांसद खरिदबिक्री गरेको आरोप छ ।

१ नम्बर प्रदेशको मुख्यमन्त्रीको निर्वाचनमा शेरधन राईलाई जिताउन संस्थापन पक्षले अम्बिरबाबु गुरुङमार्फत् करोडौं रकम खर्च गरेको आरोप लागेको हो ।माधव नेपालको पक्षले ३२ मत हुँदाहुँदै पनि मुख्यमन्त्रीका उम्मेदवार भीम आचार्य २ मतले पराजित भए । राईले २६ मत पाएर मुख्यमन्त्री जिते भने आचार्यले २४ मत पाए । १ मत बदर भएको थियो । राजन राईले शेरधनलाई जिताउन जानीजानी मत बदर गराएका थिए । साँघु साप्ताहिकमा खबर छ

प्रतिक्रिया

Related Post

एमाले–माओवादीले आश र त्रास बाँडे, हामी विश्वास बाँड्दैछौं इन्द्र बानियाँ, प्रदेशसभा उमेदवार, नेपाली कांग्रेस (मकवानपुर–२ (ख)

Posted by - November 15, 2017 0
नेपाली कांग्रेस मकवानपुरका पार्टी सभापति हुन् इन्द्र बानियाँ । २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर–१ बाट निर्वाचित उनी यसपटक मकवानपुर– २ को (ख)मा…

गठवन्धनको कार्यदल सहितको शीर्ष बैठक भोली

Posted by - March 27, 2018 0
काठमाडौं । बाम गठवन्धनका दुवै कार्यदलले एकता सम्बन्धी प्रतिवेदनको कामलाई अन्तिम चरणमा पुर्‍याएका छन् । एकता प्रक्रियामा रहेका विधान र संगठनात्मक…

कांग्रेसका युवा नेताले भने– ७० कटेका नेताले विश्राम लिनुपर्छ

Posted by - December 31, 2017 0
काठमाडौँ — कांग्रेसका युवा नेताले पार्टीको भविष्यका लागि पहिलो पुस्तालाई विश्राम लिन आग्रह गरेका छन् । नेतृत्वको रणनीतिक असफलता र पुरानो…

कुनै पनि शक्तिले काँग्रेसलाई हराउन नसक्ने : उपप्रम गच्छदार

Posted by - November 15, 2017 0
इटहरी, २७ कात्तिक उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीतिक इतिहास र विकास निर्माण अभियानमा नेपाली…

बिना अन्तरघात हारेका छैनन् यी नेता, कसले गर्यो अन्तरघात ?

Posted by - December 11, 2017 0
वाम गठबन्धनले करिब दुईतिहाइ बहुमत जित्ने संकेत देखिएका वेला एमाले उपाध्यक्ष वामदेव गौतम भने पराजित भएका छन् । निर्वाचन परिणामलगत्तै…
%d bloggers like this: