मन्त्री नपाएपछि सांसदद्वारा राजीनामा

93 0

सिमकोट : आइतबार गठन भएको प्रदेश नम्बर ६ को मन्त्री परिषदमा पार्टीले अन्याय गरेको भन्दै मुगुका प्रदेश सांसद चन्द्रबहादुर शाहीले सांसद पटबाट राजीनामा दिएका छन्।

मुगु एमाले पार्टीको संस्थापक समेत रहेका शाहीले पार्टीले प्रदेश सरकार गठनका क्रममा पार्टीमा गरेको त्यागका आधारमा भन्दा पैंसा र प्रलोभवनका आधारमा मन्त्री पद बाँडेको भन्दै शाहीले पार्टीको साधारण सदस्य र प्रदेश सांसद दुवैबाट राजिनामा दिएका हुन्।

एमालेको केन्द्रीय सल्लहाकार समेत रहेका शाहीले प्रदेश सभामुख र ४ मन्त्री पद पार्टीको भागमा परेपनि अन्तमा आफूभन्दा निकै कनिष्ट र आफैले पार्टी प्रवेश गराएकालाई अवसर दिएर आफूलाई अपमान महशुस गरेको भन्दै राजीनामा पत्र हुलाकबाट पार्टी केन्द्रलाई पठाउने बताए।

आइतबार सुर्खेत छोडेर काठमाडौं लागेका शाहीले प्रदश सभामुखदेखि मन्त्रीको आकांक्षा राख्दा पनि पार्टीका नेताले गुटगत आधारमा आफूलाई अपमान गरेपछि सहनै नसकेर राजीनामा दिएको अन्नपूर्णलाई जानकारी दिए।

एमाले मुगुका संस्थापक सचिवदेखि कर्णाली अञ्चल समन्वय समितिका कार्यबहाक सचिवहुँदै केन्द्रीय सल्लाहकार शाही प्रदेश ६ को सभामुख पदमा समेत दावी गरेका थिए।पार्टीले अन्तमा दैलेखका राजबहादुर शाहीलाई सभामुख बनाएपछि उनी पार्टीको तर्फबाट पाउने ४ प्रदेश मन्त्री पदमा आकांक्षी थिए।

आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद गठन गर्दा एमालेबाट उनी नपर पछि निकै आक्रोस भएका हुन। अन्नपूर्णसँग टेलिफानेमा कुरा गरेर राजीनामा दिएको बताएका शाहीले भने ‘नवप्रवेशी, पैसावाल र ठेकदारहरुलाई आर्थिक चलखेल गरेर संसदीय दलका नेता यमलाल कँडेलले मन्त्री बनाएपछि अब हाम्रो काम पार्टीमा छैन भन्ने जस्तो लाग्यो।’ पार्टीमा कुनै योगदान नगरेका र कुनै कमिटीमा नरहेका व्यक्तिलाई सभामुख बनाएको आरोप लागएका शाहीले आफूमाथि सहनै नसकिने अन्याय भएको भन्दै राजीनामा दिएको बताए।

आइतबार मुख्यमन्त्री महेन्द्र शाहीले मन्त्रीमा सपथ खुवाएका एमालेबाट मन्त्री बनेका डोल्पाका नन्दसिंह बुढा राप्रपाबाट एमाले प्रवेश गरेका हुन् भने हुम्लाका दल रावल जनमोर्चाबाट एमाले प्रवेश गरेका एनजिओकर्मी रहेको शाहीले बताए। उनले सुर्खेतका ठेकेदार खड्ग खत्रीलाई दलका नेता कँडेलले आर्थिक चलखेल गरेर मन्त्री बनाएको आरोप समेत लगाएका छन्।

‘पार्टीमा लागेर जेलनेल खाएको र मुगुमा पार्टी स्थापना गर्दै अहिले कर्णालीको एक मात्रै जिल्ला मुगुमा पार्टीका सबै सिट जिताउन प्रथम भूमिका खेलेका शाहीले अहिले आएर पार्टीले आफूमाथि निकै ठूलो अपमान गरेको बताए।

एमालेबाट २०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्य जितेका शाही २०४२ सालमा जेल परेपछि पार्टीको पूर्णकालिन राजनीतिमा लागेका थिए। १५ वर्षसम्म मुगुमा एमालेको पार्टी सचिव भएर काम गरेका शाही यसअघि एमालेको कर्णाली अञ्चल समन्वय कमिटी सदस्य थिए।

प्रतिक्रिया

Related Post

एमाले–माओवादी एकता प्रक्रिया लम्बिँदै

Posted by - February 18, 2018 0
काठमाडौं- नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको खाका निर्माणमै ढिलाइ…

सकियो ओली-प्रचण्ड वान टुवान बार्ता, भएन कुनै सहमति

Posted by - February 12, 2018 0
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टुवान बार्ता सकिएको छ…

कुन प्रदेशमा को बन्दैछन् मुख्यमन्त्री ? यस्ता छन् दाबेदार

Posted by - December 19, 2017 0
काठमाडौं : प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सकिएसँगै देश अहिले प्रदेशको राजधानी र मुख्यमन्त्रीको बहसमा केन्द्रित भएको छ । एकातिर प्रादेशिक…

चुनावमा चन्दा आतंक: व्यक्तिगत चन्दा संकलनले विकृति

Posted by - November 16, 2017 0
उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको मोबाइल केही दिनयता धेरै समय अफ हुन्छ। चन्दा माग्नेको फोनबाट आजित भएपछि मोबाइल…

बालुवाटारमा देउवा- स्वराज भेट

Posted by - February 2, 2018 0
काठमाडौं- नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्। उनले शुक्रबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा…
%d bloggers like this: