प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन मारिए

129 0

काठमाडौ – प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन मारिएका छन् । बुधबार बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले पनि मारिएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले नागरिकलाई जानकारी दिए।

पुन र उनका सहयोगीले रुपन्देहीमा कुनै अप्रिय घटना घटाउदै छन भन्ने सुचनाका आधारमा प्रहरीले सम्भावित इलाकामा सर्च गरेको थियो । केन्द्रिय अनुसन्धान ब्यूरो र रुपन्देही प्रहरीको टोलीले सम्भावित क्षेत्रमा पुनको खोजी गरिरहेका बेला राती ३ः३० बजे रुपन्देहीको  देवदह, ४ को भवानीपुरमा पुनसहित उनका सहयोगीले प्रहरीलाई लक्षित गरी फायर खोलेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो ।

त्यस क्रममा दुई जना घाइते भएको र उनीहरुलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा पुर्याइएकोमा अस्पतालले दुवै जनालाई मृतक घोषित गरेको एसपी ज्ञवालीले जानकारी दिए । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या तथा केही समय अघि रुपन्देहीकै व्यवसायी बसन्त पौडेलको हत्यामा पुनको संलग्नता पाइएपछि प्रहरीले उनको व्यापक खोजी गरिरहेको थियो

प्रतिक्रिया

Related Post

‘युवालाई सुम्पिँदैमा कांग्रेस सुध्रिँदैन’

Posted by - January 14, 2018 0
संविधानसभा निर्वाचनमा पराजय भोगेका विश्वप्रकाश शर्माबारे धेरैको टिप्पणी थियो, ‘आउँदो संसद्‍मा उनी छुट्नु हुँदैन।’ तर, यसपटक पनि उनले चुनाव हारे। हारे…

भ्रष्टाचारको पैसा वैधानिक बनाउने ओलीको चाहना, स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने

Posted by - January 29, 2018 0
१५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने संकेत गरेका छन् ।…

युट्युवमा छाडा भिडियो बनाउनेहरुलाई सिधा कुरा । नेपाली क्रिकेटलाई आईसीसीले प्रतिवन्ध लगाउन सक्ने

Posted by - January 5, 2018 0
हिजो आज युट्युब हेरीनसक्नु भएको छ । आ-आफ्ना सामाग्रीको भ्यु बढाउन, सबस्क्राइब बढाउन मानिसहरु गति छाडेर लागि परेका छन् ।…
%d bloggers like this: