मन्त्रीमण्डल बिस्तारको तयारीमा ओली, को को बन्दैछन् मन्त्री ?

127 0

काठमाडौं । एमाले माओवादीको सहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेका छन् । मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न आज प्रधानन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ ।

३ सदस्यीय मात्रै रहेको मन्त्रीमण्डल आजै  बिस्तार गर्ने तयारी प्रधानमन्त्री ओलीले गरेको उनको सचिवालयले जनाएको छ । संविधान अनुसार मन्त्रीको सङख्या २५ भन्दा बढाउन पाईने छैन ।

प्रशासन सुधार सुझाव आयोगले भने १५ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाब सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । यदि आफु नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन अनुसार मन्त्रीपरिषदले निर्णय गरे अब संघमा १५ वटा मात्रै मन्त्रालय हुने काशिराज दाहालले

जानकारी दिए । ओलीले १८ मन्त्रालय राख्ने तयारी गरेका छन् । आज बस्ने मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या र नाम अनुमोदन गर्नेछ ।

मन्त्रीमा कसको चर्चा ?
मन्त्री बन्नको लागि एमाले र माओवादी दुवै पार्टीका नेताहरु दौडधुपमा लागेका छन् । एमालेबाट ईश्वर पोखरेल, भीम रावल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण अर्याल, रवीन्द्र अधिकारी, कृष्णगोपाल श्रेष्ठ लगायतको नाम चर्चामा छ ।

यस्तै माओवादीबाट रामबहादुर थापा बादल, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, मातृका यादव, पम्फा भुसाल लगायत मन्त्री बन्ने सम्भावना छ ।

प्रतिक्रिया

Related Post

नेपाल बन्दकाे अाव्हान नगरिएकाे विप्लवकाे प्रष्टीकरण

Posted by - November 23, 2017 0
काठमाडौं, मंसिर ७ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंसीर ८ गते नेपाल बन्द आयोजना नगरीएको स्पष्ट पारेको छ ।…

वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि तर्साउनेसम्म

Posted by - January 2, 2018 0
काठमाडौं : कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ । एमाले-माओवादीबीच पार्टी एकता हुन…

सभापति चलाउन सक्छु : शेखर काेइराला

Posted by - January 3, 2018 0
विराटनगर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफू पार्टीको नेतृत्व चलाउन लायक भइसकेको बताएका छन्। चुनावमा नेपाली काँग्रेसको पराजय,…

बामदेवलाई केपीले, नारायणकाजीलाई प्रचण्डले, अनिल शर्मालार्इ माधव नेपाल र कांग्रेसलार्इ देउवाले हराएको दावी

Posted by - December 11, 2017 0
काठमाडौं, २४ मंसिर । प्रतिनिधि र प्रदेश सभाको जारी मत गणनाको परिणाम अाइरहेको छ । परिणामले नेकपा एमाले र माओवादी…
%d bloggers like this: