काँग्रेस संगठित हुनुको विकल्प छैनः महामन्त्री कोइराला

363 0

बेसीशहर । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । लमजुङको उदिपुरमा  आयोजित एक कार्यक्रममा बोल्दै डा कोइरालाले नेपाली काँग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चासो काँग्रेसको सुदृढीकरणको लागि भएको दाबी गरे ।

प्रजातन्त्र सेनानी एवं उदिपुरस्थित जनकल्याण माविका संस्थापक स्वर्गीय रोहिणीराज त्रिपाठीको शालिक अनावरण गर्न लमजुङ पुगेका नेता कोइरालाले काँग्रेसलाई फर्केर हेर्दा धेरै योद्धा रहेको भन्दै संगठनलाई पुनःजागरण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

समानुपातिकको मतको आधारमा पनि काँग्रेसलाई विश्लेषण गर्नुपर्ने भन्दै उनले गिरिजाबाबुले भनेजस्तै काँग्रेसलाई संगठित र पुरानै स्तरमा पुर्याउने दाबीसमेत गरे । ‘काँग्रेसलाई जनमत पटक्कै नभएको हैन’, कोइरालाले भने, ‘जनताको चाहना काँग्रेसभित्रको सुदृढीकरण हो, अब नेतृत्वले यसलाई मनन गर्नुपर्छ ।’

स्वर्गीय त्रिपाठीको पहलमा प्राविबाट स्थापना भएको उक्त विद्यालयमा अहिले कक्षा ११ सम्म पठनपाठन हुन्छ । विद्यालयमा व्यावसायिक र प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

Related Post

पुष्प कमल दाहाल प्रचण्डको अबको भविष्य कस्तो ? यस्तो छ ज्योतिषको भविष्यवाणी

Posted by - December 3, 2017 0
ज्योतिष विज्ञानको अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेपाली राजनितिमा २० वर्ष हावी हुने पक्का जस्तै देखिन्छ ।…

समानुपातिकले उक्सियो कांग्रेस

Posted by - December 18, 2017 0
काठमाडौं : गत १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक…

चुनावी घोषणापत्रमा विदेश नीति

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरूले मुलुकको परिस्थितिलाई अन्तर्राष्ट्रिय सम्बन्धसँग दाँज्दै कूटनीति सञ्चालनमा आफूअनुकूल व्याख्या गरेका…

कहाँ पुगेर अड्कियो एमाले-माओवादी एकता ?

Posted by - January 28, 2018 0
ओली–दाहालबीच अझै जुटेन सहमति काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘वान…

राष्ट्रपति भण्डारी ताप्लेजुङ जाने

Posted by - October 27, 2017 0
नागरिक अभिभन्दन कार्यक्रममा सहभागीहुन आउने उनले विहान पाथीभरा दर्शन गर्ने कार्यक्रम रहेको छ ।  त्यसपछि सदरमुकाम फुङलिङमा कञ्चनजंघा संरक्षण क्षेत्रका…
%d bloggers like this: