काङ्ग्रेस संसदीय दलको नेतामा सर्बसम्मती

646 0

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफूलाई सर्वसम्मत बनाउने प्रयास गरेका छन् । पार्टी पराजित भएको अवस्थामा दलको नेता नबन्न देउवालाई चौतर्फी दबाब छ । ती सबै दबाबलाई बेवास्ता गर्दै देउवाले दलको नेतामा आफै सर्वसम्मत बन्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग संवाद थालेका हुन् ।

कांग्रेस संसदीय दलको नेताका लागि सोमबार निर्वाचन हुँदैछ । उम्मेदवारी मनोनयन भने आइतबार साँझ नै छ । केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ देउवाको सन्देश लिएर शनिबार साँझ बोहराटारस्थित पौडेल निवास पुगेका थिए ।

त्यस अवसरमा श्रेष्ठले संसदीय दलको नेतामा देउवालाई सहयोग गर्ने गरी उपनेता, दलको प्रमुख सचेतक र उपसचेतकमध्ये एक पद र दलको कार्यसमितिमा समेत भागबन्डा मिलाउने देउवाको प्रस्ताव सुनाएका थिए । पौडेलले भने चारपटक प्रधानमन्त्री भइसकेको व्यक्ति फेरि किन संसदीय दलको नेता बन्नुपर्‍यो भन्दै सभापतिले नयाँ ढंगले सोच्नुपर्ने जवाफ दिएका थिए ।

‘उहाँहरू (देउवा पक्षीय नेता) आउनुभएको थियो । मैले सभापतिजीले नयाँ ढंगले सोच्नुपर्छ भनेको छु,’ दुई पक्षीय कुराकानीपछि पौडेलले भने, ‘संवाद हुँदै छ, हेरौं के हुन्छ ।’ देउवानिकट नेता रमेश लेखकले पार्टीभित्र द्वन्द्व बढन नदिनकै लागि सभापति देउवाले सर्वसम्मतको प्रयास थालेको बताए ।

‘चुनाव हारेपछि देशभर कार्यकर्ताको मनोबल खस्केको छ, यस्तो बेलामा चुनाव नहोस्, सर्वसम्मतिबाट दलको नेता होस् भन्ने चाहना सभापतिजीको छ,’ लेखकले भने, ‘दलको नेता सभापतिलाई दिएर अन्य पदमा मिलाउन सकिन्छ ।’ चुनाव हुने अवस्था भयो भने सभापति नै दलको नेताका लागि प्रतिस्पर्धा गर्नु हुन्छ कि हुँदैन भन्ने प्रश्नमा लेखकले थपे, ‘सकभर सर्वसम्मत गर्ने हो । भएन भने चुनाव त छँदै छ, प्रतिस्पर्धा गर्नुहुन्छ ।’

दलको नेताका लागि देउवा र वरिष्ठ नेता पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह अघि बढेका छन् । महामन्त्री शशांक कोइराला सभापति देउवाले आफूलाई सहयोग गरेमा सर्वसम्मत हुने भन्दै दलको नेता बन्ने आकांक्षा देखाइरहेका छन् ।

तर, उनले चुनावी प्रतिस्पर्धामा भने नउत्रने बताए । गत बुधबार आफ्नै निवासमा आयोजना गरिएको दिवा भोजमा महामन्त्री कोइरालाले आफूलाई दलको नेताका लागि सर्वसम्मत बनाउन सभापति देउवालाई आग्रह गरेको तर उनले आफैं अघि बढ्ने भन्दै सहयोग मागेपछि प्रतिक्रियाविहीन भएको जानकारी गराएका थिए ।

यस्तो छ देउवा प्रस्ताव:

देउवाले आगामी दिनमा पार्टीलाई बलियो र एकतावद्ध बनाउन आफू प्रतिवद्ध रहेको सन्देशसहित उपनेता पौडलले भनेकै सासंदलाई बनाउने गरी आफूलाई दलको नेतामा सहयोग गर्न आग्रह गरेका हुन् ।

सभापति देउवाले सासंदहरुबाट नै बनाईने मुख्य सचेतक, सचेतक लगायतका पदहरुमा पनि पौडेलसँग सहकार्य गर्ने प्रस्तावमा उल्लेख गरेका छन् । प्रस्ताव हेरेपछि पौडेलले छलफल गरेर निर्णय गर्ने जवाफ श्रेष्ठलाई दिएको ति नेताले बताए।

भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधीसभाको चुनावमा कांग्रेसले लज्जास्पद हार बेहोरेपछि नेतृत्व परिवर्तनको आवाज उठाउँदै देउवालाई दबाब दिइरहेका बेला देउवाले पार्टीभित्रका प्रमुख प्रतिस्पर्धी पौडेललाई फकाउने प्रयास गरेका हुन्

प्रतिक्रिया

Related Post

बुढीगण्डकीबारे मन्त्रिपरिषद्‍मा चर्काचर्की

Posted by - November 14, 2017 0
काठमाडौं- – अनियमित र हचुवा ढंगले गेजुवासँग गरिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता संसदीय समितिहरुको निर्देशनबमोजिम आज बसेको मन्त्रिपरिषद् बैठकले खारेज…

सोलुखुम्बुमा शान्तिपूर्ण मतदान, तिङ्लाका मतदाता भोट हाल्न गएनन्

Posted by - November 26, 2017 0
१० मंसिर, सोलुखुम्बु । सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । तिङ्लाका मतदाताले भने मतदान…

एमाले नेता शेरधन राईको गाडीमा बम प्रहार, सुरक्षागार्ड घाइते

Posted by - November 14, 2017 0
चुनावी सभामा जाँदै गर्दा ट्याम्के मैयुङ गाउँपालिका– ६ स्थित गुम्बामा बिहान १० बजे अपरिचित समूहले बम हानेको राईका सञ्चार संयोजक…

निर्वाचन परिणामबारे कांग्रेसले सातै प्रदेशमा रणनीतिक भेला गर्ने

Posted by - December 21, 2017 0
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको पक्षमा आएको परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने भएको…

कांग्रेससँग सति जान नसक्ने भन्दै केन्द्रको निर्देशन मानेन कास्की राप्रपाले

Posted by - November 10, 2017 0
पार्टी केन्द्रको निर्देशन विपरित राष्टिय प्रजातन्त्र पाटी कास्कीले आगामी मंसिर २१ गते हुने केन्द्र तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो उम्मेदवारी कायम…
%d bloggers like this: