किन गल्ती गर्छन् डाक्टर

149 0

काठमाडौं –  २०६८ साउनमा थाइराइड क्यान्सरको शल्यक्रिया (अप्रेसन) गर्न अस्पताल भर्ना भएकी रुपन्देही शंकरनगर–३ की छमकुमारी बोहराको भरतपुर क्यान्सर अस्पतालमा पाठेघरको शल्यक्रिया भयो । स्त्रीरोग विशेषज्ञ डा. जितेन्द्र परियार नेतृत्वको टोलीले एउटा रोगको उपचार गर्नुपर्ने बिरामीलाई अर्कै उपचार गर्‍यो । नेपाल मेडिकल काउन्सिलले परियारको चिकित्सक लाइसेन्स ६ महिनाका लागि रद्द गर्‍यो।

 गत फागुन ११ गते थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा बायाँ घुँडाको लिगामेन्टको उपचारका लागि भर्ना भएकी चितवनकी विन्दु पौडेलको दायाँ घुँडाको शल्यक्रिया भयो । अस्पतालका शल्यचिकित्सक डा. प्रविन नेपाल नेतृत्वको टोलीले गरेको शल्यक्रियामा अस्पताल प्रशासनले गल्ती स्वीकारेर बिरामी पक्षसँग सम्झौता गरिसकेको छ । यो घटनामा पनि काउन्सिलले थप अनुसन्धान जारी राखेको छ।

‘महत्त्वपूर्ण कुरा त बिरामीसँग डाक्टर वा अन्य स्वास्थ्यकर्मीको संवाद हुनुपर्छ, भरोसा जाग्नुपर्छ । अहिले चिकित्सा सेवामा आचारसंहिता र मानवीय पक्ष हराउँदै गएको छ।’

एकातिर उपचारका क्रममा ‘लापरबाही’ भएको भन्दै चिकित्सकमाथि आक्रमणका घटना बढिरहेका छन् भने अर्कोतिर उपचारका क्रममा हुने असावधानी र समन्वय अभावमा चिकित्सकीय त्रुटि (मेडिकल एरर) का घटना बढिरहेका छन् ।

डाक्टरले जान्दाजान्दै आर्थिक प्रलोभन वा दबाबमा परेर आँखा नदेख्ने र खुट्टा सुकेका बिरामीलाई समेत निरोगिताको प्रमाणपत्र दिलाएका, छोरा जन्माइदिने भन्दै बिरामीको भावनामा खेलबाड गर्दै अनावश्यक औषधि र जाँच थोपरेर आर्थिक शोषण गरेका, बिरामी नहेरीकनै मानसिक समस्या भएको भन्दै गलत रिपोर्ट दिने गरेका तथ्यका आधारमा काउन्सिलले धेरै चिकित्सकमाथि कारबाही गरिसकेको छ ।

स्वास्थ्य क्षेत्रमा भएको प्रविधिको विकास, विशेषज्ञ जनशक्तिको पर्याप्तता र स्वास्थ्य संस्थाको उचित व्यवस्थापनसँगै उपचारमा डाक्टरले गर्ने गल्ची घट्नुपर्ने हो । चिकित्सा क्षेत्रका विज्ञका भनाइमा गलत ठाउँमा शल्यक्रियाका यी दुई घटनाबाहेक अन्य धेरै घटना सार्वजनिक भएका छैनन् । यस्ता घटनाले बिरामीको चिकित्सकप्रति विश्वास घटेको छ । साथै स्वास्थ्य संस्था र डाक्टरमाथिका आक्रमणका घटना बढेका छन् ।  किन हुन्छ त डाक्टरबाट यस्ता गम्भीर त्रुटि ?

चिकित्साशिक्षाविद् डा. जगदीशप्रसाद अग्रवाल अनुसार विकसित भनिएका अमेरिका, बेलायतजस्ता देशमा पनि बर्सेनि मेडिकल एररका घटना हुने गरेका छन् । ‘मूल कुरा यस्ता त्रुटि हुँदा अस्पतालकै सिस्टमले पनि पहिल्याउने र समीक्षा गर्छ त ?’ डा.अग्रवाल थप्छन्, ‘हाम्रो कति अस्पतालमा यस्ता त्रुटि जाँच गर्ने प्रणाली लागू भएको छ त ?’ धेरै स्वास्थ्य संस्था र चिकित्सकले यस्ता कुरामा ध्यान नदिएका कारण गल्ती घटना न्यून हुने आधार नरहेको उनी बताउँछन् ।

विज्ञहरुका अनुसार चिकित्सकले दबाब वा प्रभावमा परेर जानाजान गलत गलत उपचार गरेका हुन सक्छन् । त्यसैले यस्ता घटना कम गर्न गल्ती गर्ने चिकित्सकहरुमाथि नियमन र कारबाही बढाउनुपर्छ । गम्भीर चिकित्सकीय त्रुटि निश्चित प्रोटोकलहरुको समुचित प्रयोग, बिरामी पक्षका चिकित्सकसँग समन्वय, उपचारमा संलग्न समूहबीच छलफल आदि कार्यले त्रुटि घटाउन सकिने विज्ञहरुको भनाइ छ ।

नेपाल मेडिकल काउन्सिलका इथिकल कमिटीका सदस्य डा. ढुण्डी पौडेलका अनुसार बिरामी पक्ष सचेत भएका वा बाहिरैबाट देख्न सकिने (घुँडाजस्तो) शल्यक्रियामा भएका त्रुटिमात्रै सार्वजनिक हुने गरेका छन् । तर बिरामीको अज्ञानताको फाइदा उठाएर यस्तै थुपै त्रुटि गुपचुपमै राखिएको हुनसक्ने पौडेल बताउँछन् । ‘बिरामी पक्ष पनि क्षतिपूर्ति लिने र कानुनी प्रक्रियामा नजाने प्रवृत्तिले यस्ता घटना हामीसम्म नआइनपुग्ने अवस्था छ,’ उनले भने । पौडेलका अनुसार नर्भिकको घटनामा पनि पहिलोपटक काउन्सिलले बिरामी पक्षको उजुरीबिना नै चिकित्सकसँग जबाफ लिएर छानबिन जारी राखेको छ ।

अहिले आममानिसमा डाक्टर वा स्वास्थ्य संस्थाले बिरामीको रोग ठीक पारिदिए भइहाल्यो नि, किताब हेरर औषधि दिए पनि हुन्छ भन्ने सोच विकास भएको छ । ‘महŒवपूर्ण कुरा त बिरामीसँग डाक्टर वा अन्य स्वास्थ्यकर्मीको संवाद हुनुपर्छ, भरोसा जाग्नुपर्छ,’ डा. पौडेल भन्छन्, ‘अहिले चिकित्सा सेवामा आचारसंहिता र मानवीय पक्ष हराउँदै गएको छ।’

स्वास्थ्य क्षेत्रमा बढ्दो निजीकरण र व्यापारीकरणले पनि उपचारमा गम्भीर त्रुटि निम्तिएको चिकित्सकहरु बताउँछन् । ‘निजीमा काम गर्ने डाक्टरले जति बिरामीलाई धुत्न र लुट्न सक्छ त्यति नै ऊ प्रशासनको आँखामा राम्रो हुन्छ, अन्यथा सेवाबाटै निष्कासित हुनुपर्छ,’ डा. पौडेल भन्छन्।

बिरामी उपचारका क्रममा चिकित्सकीय त्रुटिका घटना संसारभर नै हुने गरेको अग्रवाल बताउँछन् । चिकित्सकीय त्रुटिभित्र गलत औषधि, गलत जाँच, गलत रिपोर्टिङ, रोगको गलत ठम्याइदेखि शल्यक्रिया वा अन्य उपचार हुन सक्छन् ।  ‘सन् २०१६ मा अमेरिकामा २ लाख ५१ हजार ४ सय ५४ मेडिकल एररका घटना भए । बेलायतमा प्रति ११ सेकेन्डमा एउटा मेडिकल एररका घटना हुन्छ,’ डा.अग्रवालले भने, ‘तर हाम्रोमा गम्भीर भएर सार्वजनिक भएकाबाहेक कति अस्पतालले यस्ता एररका घटना बाहिर ल्याउँछन् र सुधार्न योयो ग¥यौं भन्छन् ?’

किन हुन्छन् गल्ती ?

विज्ञहरुका अनुसार उपचारका क्रममा हुने यस्ता त्रुटि घटाउन बिरामी, उनीहरुका आफन्त र उपचारमा संलग्न समूहबीच अन्तरसंवाद हुनुपर्छ । धेरै डाक्टरहरु जुनियर टिम वा अन्य जनशक्तिले बिरामीलाई लठ्याएपछि शल्यक्रिया थालिहाल्छन् । बिरामीसँग शल्यकक्षमा पुगेपछि पनि रोग वा समस्याबारे राम्ररी कुरा गर्दैनन् । घाँटीको शल्यक्रिया गर्नुपर्ने बिरामीको पाठेघरको शल्यक्रिया गर्नु भनेको डाक्टरले आफ्नो बिरामी नै नचिनेको अवस्था हो । चिकित्सकहरुका अनुसार चिकित्सक वा स्वास्थ्य जनशक्ति धेरै थकान र तनावमा छ भने पनि यस्ता त्रुटि हुन सक्छन् । ‘एउटा डाक्टरले पाँचवटा अस्पतालमा पुगेर शल्यक्रिया गर्छ भने उसले शल्यक्रिया गर्नुपर्ने बिरामी राम्ररी चिनेकै हुँदैन,’ डा.अग्रवाल भन्छन्, ‘अनफेमेलिअर सेटिङ, बिरामी जाँच गर्ने वा शल्यकक्षसम्म जानुअघिका सबै प्रक्रिया पूरा नगरिने संस्थामा पनि यस्ता समस्या आउन सक्छ ।’

चिकित्सकका अनुसार बिरामी रेफर गर्दा, रेडियोलोजीले गलत मार्किङ गर्दा, प्रयोगशालाको रिपोर्टमा हुने त्रुटिले पनि उपचारमा समस्या देखिन सक्छ ।

कसरी घटाउने त्रुटि ?

शल्यक्रिया वा उपचारका क्रममा यस्ता समस्या नआओस् भनेर धेरै अस्पतालका शल्यकक्ष, आइसियूजस्ता संवेदनशील ठाउँमा बेग्लाबेग्लै ‘प्रोटोकल’ बनाएर लागू गरिएको हुन्छ । विकसित देशमा चिकित्सकीय त्रुटि, स्वास्थ्य संस्थाभित्रै हुने संक्रमणजस्ता कुरा पनि छानबिन गरेर बिरामी पक्षलाई जानकारी गराइन्छ । यस्तै अस्पतालका प्रत्येक विभाग वा वार्डमा उपचारमा संलग्न चिकित्सक, नर्स वा अन्य आवश्यक पारामेडिक्सको टिम बसेर बिरामीबारे कुरा गर्ने, प्रत्येक बिरामीको अवस्थाको समीक्षा गर्ने र सामूहिक निर्णय लिने प्रचलनसमेत कतिपय देशमा छ।

यस्ता शल्यक्रियामा सामूहिक कार्य महत्त्वपूर्ण हुने भए पनि नेतृत्वकर्ता चिकित्सक बढी जिम्मेवार हुन्छन् । त्यसैले सम्बन्धित चिकित्सकले बिरामी पक्ष वा बिरामीसँग अन्तरसंवाद गर्ने, रोग, आउन सक्ने जोखिम, अपनाइएको उपचार पद्धति, उपचारका अन्य विकल्पबारे स्पष्ट बताइदिने हो भने यस्ता त्रुटि न्यून हुन सक्छ । यसले चिकित्सक, अस्पताल र बिरामीबीच हुने असन्तुष्टि घटाउन सकिन्छ । डा.अग्रवालका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शल्यक्रियामा हुने त्रुटि घटाउन ‘सर्जिकल सेफ्टी चेक लिस्ट’ बनाएको छ।

निश्चित रोगको उपचारका लागि आवश्यक ज्ञान र सीप अभावमा पनि डाक्टरले त्रुटि गर्ने गरेका छन् । ‘हामी अहिलेसम्म डाक्टरको ज्ञानमात्रै जाँच्छांै, सीप जाँच्ने, एकपटक लाइसेन्स लिएकालाई सोही आधारमा आजीवन प्राक्टिस गर्न नदिएर निश्चित अवधिमा पुनर्परीक्षण गर्नुपर्छ ।

प्रतिक्रिया

Related Post

पृथ्वीनारायणको कृतिको पुनर्निर्माण

Posted by - January 12, 2018 0
प्रा.डा. वीणा पौड्याल शुक्रवार, पुस २८, २०७४   दुई वर्षअघि वैशाखमा आएको भूकम्पले काठमाडौं उपत्यकाका वास्तुकला र कलालाई नराम्रो क्षति पुर्याजयो।…

कर तिर्ने किन…? सवाल यो सबै सिद्धान्तलाई हो !

Posted by - March 16, 2018 0
कर तिर्ने किन…? सवाल यो सबै सिद्धान्तलाई हो, आफ्नो सन्तान जन्माउँदै मार्ने या भनौं बलात्कार गर्न दिनलाई हुर्काउने ….. – प्रशान्त…

घोषणापत्रमा कृषि विकासको रंगीन सपना – कृष्णप्रसाद पौडेल

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-पार्टीहरूका घोषणापत्रमा लेखिएका कृषि विकासका रणनीति, योजना र कार्यक्रम पढिसक्दा लाग्यो, दलबदल, साँठगाँठ र तालमेलको नयाँ सिद्धान्त बनाएका…

संघीयता र अर्थतन्त्र

Posted by - February 4, 2018 0
केशव आचार्य संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। प्रादेशिक संसद् गठन भइसकेको छ। प्रश्न उठ्न थालेको छ– प्रादेशिक संरचना राज्यले…
%d bloggers like this: