नेल्सन मन्डेलाका १० विश्वप्रसिद्ध भनाईहरु

141 0

म महान कहिल्यै छैन, जबसम्म तिमी सोच्दैनौ सबै महान व्यक्ति भनेको सानै हुन्छ र सिकारु हुन्छ ।

नेल्सन मण्डेला दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति हुन् । उनको जन्म १८ जुलाई १९१८ मा भएको थियो । उनको राजनैतिक यात्रा भने सन् १९४८ बाट सुरु भयो । प्रथम अश्वेत राष्ट्रपतिका रुपमा उनी सन् १९९४ देखि १९९९ सम्म रहे ।

उनले आफ्नो जीवनको १८ वर्ष जेलमा बिताए । २७ वर्षको उमेरदेखि ४५ वर्षको उमेरसम्म उनी जेलमा बसे । जेलमै रहँदा मण्डेलाले लण्डन विश्वविद्यालयको बाह्य कार्यक्रम अन्तर्गत भर्ना भई कानुन विषयमा स्नातक सम्मको अध्ययन पनि पुरा गरे । मण्डेलालाई स्वतन्त्र गराउन स्थानीय तथा अन्तराष्ट्रिय दवाबहरु बढ्न थालेपछि उनी १९९० को फेब्रुअरी जेलबाट छुटे ।

मण्डेला आफु जेलमुक्त हुनासाथ एएनसीको नेतृत्व साम्हाले र सन् १९९० देखि १९९४ को अवधिमा बहुदलीयतामा सम्झौता गर्दै देशमा पहिलो बहुजातीय चुनाव सम्पन्न गराए । सन् १९९३ मा नोबेल शान्ति पुरस्कार समेत पाए । ति महान व्यक्तिको निधन डिसेम्बर ५, २०१३ मा ९७ वर्षको उमेरमा भयो । तिनै विश्व प्रसिद्ध व्यक्तिका १० महत्वपूर्ण भनाईहरु यहाँ प्रस्तुत गरेका छौं ।

१.शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमीले संसार बदल्न सक्छौ ।

२.स्वस्थ टाउको र स्वस्थ मुटुको संयोजन जहिले पनि भयानक हुन्छ । जब तिमी त्यसमा अलिकति ज्ञानको वा कलमको स्वाद मिसाउँछौ, त्यसपछि मान तिमीसँग केही विशेष छ ।

३.पछाडि बसेर नेतृत्व गरौं र अरुलाई यो ठान्न दिऔं कि उनीहरु नै अगाडि छन् ।

४.म महान कहिल्यै छैन, जबसम्म तिमी सोच्दैनौ सबै महान व्यक्ति भनेको सानै हुन्छ र सिकारु हुन्छ ।

५.सानो र आशावादी बनेर कसैले पनि जिन्दगी बाँच्ने सोच बनाएर कहिल्यै प्रगति हुँदैन बरु जहिले पनि म जिन्दगी बाँच्नका लागि सक्षम छु भनेर सोच्नु धेरै उत्तम हुन्छ ।

६. कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक – पटक लडेर उठ्नुमा जिन्दगीको धेरै खुशी मिल्छ ।

७. जब कसैले आफुले विश्वास गरेको जिन्दगी बाँच्नको लागि नकार्छ, तब ऊसँग जिन्दगीबाट बाहिर निस्कनु बाहेक अर्को कुनै विकल्प रहँदैन ।“

८. सबैभन्दा पहिले त तिमी आफुसँग इमान्दार बन । आफुमा परिवर्तन नभएसम्म तिमीले कहिल्यै पनि समाजलाई प्रभावित पार्न सक्दैनौ ।

९.तिमी उभिने ठाउँ त तिमी बस्ने ठाउँमै निर्भर हुन्छ ।

१०. मेरो सफलतालाई लिएर कसैले मनि मेरो मुल्याङ्कन नगर, मुल्याङ्कन गर्ने नै हो भने म कतिपटक लड्दै त्यहाँसम्म पुगें त्यसको मुल्याङकन गर ।

यी कुराहरु सहि लागे साथीहरू माझ SHARE गरी बाढ्नुहोस् साथै आफ्नो जीवनमा अपनाउने प्रयत्न गर्नुहोस् ।

प्रतिक्रिया

Related Post

रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

Posted by - March 19, 2018 0
मस्को । रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित भएका छन् । प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा…

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशमै पढेका ४१% फेल

Posted by - January 4, 2018 0
काठमाडौँ — नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा…

‘युवालाई सुम्पिँदैमा कांग्रेस सुध्रिँदैन’

Posted by - January 14, 2018 0
संविधानसभा निर्वाचनमा पराजय भोगेका विश्वप्रकाश शर्माबारे धेरैको टिप्पणी थियो, ‘आउँदो संसद्‍मा उनी छुट्नु हुँदैन।’ तर, यसपटक पनि उनले चुनाव हारे। हारे…

सफल बन्न के गर्नुपर्छ ? जान्नुहोस

Posted by - January 16, 2018 0
जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका…

पोखरा बिश्वबिध्यालयको स्व बि यु निर्बाचनमा बाम बिधयार्थीको पवोर र्संग ट्याकल गर्दै ने,बि संघ का यी हस्तीहरु

Posted by - March 27, 2018 0
येही चैत्रको २१ गते पोखरा बिश्वबिध्यालयमा पहिलो पटक हुन गैरहेको स्वतन्त्र बिधार्थी युनियनको निर्बाचन मा नेपाल बिधार्थी संघको तर्फ बाट…
%d bloggers like this: