यसो भन्छन्, विमानस्थलभित्र गाडी चलाउने सिजन बयम्बु

419 0

सिजन बयम्बु, प्रत्यक्षदर्शी
म विमानस्थलमा ‘लाइट’ गाडी चलाउँछु । सोमबार दिनको २ बजेतिर डोमेस्टिक एभियसनतर्फको मूलगेटमै थिएँ । माथिबाट चट्याङ परेजस्तो अवाज आयो । आवाज डरलाग्दो थियो । माथि हेरेँ, ठूलो जहाज रूखै छोला–छोलाजस्तो गरी बत्तिदै गरेको देखेँ । सारै डर लाग्यो । भागौँ झैँ लाग्यो । तर, भाग्न सकिनँ, हेरेर बसेँ ।

जहाज डोमेस्टिक एभियसनतर्फ रहेको सेनाको ब्यारेकमाथिबाट आउँदै थियो । जहाजले ब्यारेकको मूलगेटनजिकै रोपिएको धुपीको रूख झन्डै छोयो । बत्तिँदै डोमेस्टिक एभियसनको छानातर्फ अघि बढ्यो । छाना नै छोला–छोलाझैँ देखियो । तर, छोएन । जहाज अघि बढ्यो । आजको नयाँ पत्रिकामा खबर छ ।

छानाभन्दा ठीक अघि बत्तीका ठूला–ठूला पोल छन् । जहाज त्यही पोलमा ठोकिएलाझैँ भयोे । तर, पोललाई छोएन । जहाज रनवेतर्फ अघि बढ्यो । रनवेमा ल्यान्ड गर्नासाथ ठूलो आवाज निस्कियो । त्यहीवेला कालो धुवाँ पनि सँगै आयो । एकछिनपछि आगो बलेको देखियो, जहाज अघि बढ्यो, तर धुवाँ र आगो आउन रोकिएन ।

त्यसपछि जहाज दक्षिण–पूर्वतर्फ हुत्तिँदै गयो । केही पर पुगेर रोकिएको देखियो । जहाजबाट अब अवाज आउन बन्द भयो । तर, धुवाँको मुस्लो देखियो । केहीबेर त धुवाँको मुस्लोले आकाश नै ढाक्यो । करिब २० मिनेटसम्म आकाश धुवाँले ढाकेको थियो

प्रतिक्रिया

Related Post

रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

Posted by - March 19, 2018 0
मस्को । रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित भएका छन् । प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा…

घाचोकमा हुने धनधान्यान्चल महायज्ञको तयारी अन्तिम चरणमा

Posted by - April 20, 2018 0
पोखरा, ७ वैशाख कास्कीको माछापच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा वैशाख ११ गतेदेखी १८ गतेसम्म हुन गईरहेको विराट शैक्षिक श्रीमद्भागवत…

बल्ल आयो बास्तबिकता किन नहोस त दुर्घटना ! दूर्घटनाग्रस्त हुनु भन्दा केहि मिनेट अगाडि यु एस बंगलाकाे बिमान यसरि उडिरहेकाे थियाे (हेर्नुहोस भिडियो) (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

Posted by - March 16, 2018 0
बल्ल आयो बास्तबिकता किन नहोस त दुर्घटना ! दूर्घटनाग्रस्त हुनु भन्दा केहि मिनेट अगाडि यु एस बंगलाकाे बिमान यसरि उडिरहेकाे…

सफल बन्न के गर्नुपर्छ ? जान्नुहोस

Posted by - January 16, 2018 0
जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका…

लोक सेवाको तयारी गर्दै हुनुहुन्छ ? पढ्नुस् उपसचिव भण्डारीका टिप्स्

Posted by - March 19, 2018 0
अर्जुन भण्डारी : उपसचिव, नेपाल सरकार लोक सेवा पढ्ने मन्त्र : सफल हुनलाई सधै मनन गर्नुहोस । लोक सेवा पढ्ने…
%d bloggers like this: